माहुरी जिन्दगी
नेपाली राजदूतावास, दक्षिण कोरियाले गत आइतबार आयोजना गरेको कविता प्रतियोगितामा कवि जीवन खत्रीको प्रथम भएको कविता
माहुरी जिन्दगी
घारको चाका रित्तो देखेको दिन
आफ्नै मुटुको रङ निचोरेर मुछेको हुँ, आँशुमा अक्षता
र निधारमा लगाएर आफ्नै
माटोको टिका उडेको हुँ, फूलबारी खोज्दै।
सोचेथेँ,
बगाउनेछु, रगतझैँ पसिनाको नदी
जमाउनेछु, थोपा थोपा फूलको रस
र भर्नेछु, घरको घारभरि महको उज्यालोले
जब ओर्लिएँ यहाँ, मलाई ल्याउने हावाको बिमानबाट
तब देखेँ, नुनिलो आँशुनै आँशुको सागर
रोबटको जाँघेमुनिबाट उदाउदैँ गरेको घाम
अत्तर छर्केर फुलिरहेका कागजका फूलहरू
मेशिनको मुटु लिएर बाँचिरहेका मानवहरू
हो त्यही समय हो,
आकाशबाट एउटा चम्किलो तारा खसेको।
सपनाको चङ्गा हातबाट फुुस्किएको।
हेर्छु हृदयको आँखाले, केही देख्दिन्,
खैरु गुम्बाको शान्ति बोकेर ओछ्यानमै भेट्न आउने घामरु
खैरु मन्दिरको आरती झुल्काएर हाँस्दै हिँड्ने जूनरु
क्षयरोगले समेत क्षय गर्न नसकेको
बा(आमाको मुस्कान, खैरु खैरु
आफैँ गुच्चा भईदिने भञ्ज्याङको सिमली भुवाझैँ साथी(संगीरु
कुवाको पानीझैँ गाउँलेहरूको सङ्लो हृदय, खैरु
बिपनामै पनि जब ब्यूँझन्छु, आँखैभरि देख्छु,
बालुवामा धसिदैँ, रगत चुहिँदै गरेका मुटुहरू
सपनाको वतन हराएर अल्मल्लिरहेका पागल बाटाहरू
हृदय भत्केर अग्लिएका अग्ला महलहरू
अक्सिजन च्यापिएर उदाउँदै गरेका च्याम्बरहरू
मृत्युको साईरन बजाउँदै गरेका मेशिनहरू
काठको बाकस बनाउँदै गरेका कारखानाहरू
अहो,
कसरी बेच्नु यहाँ, सगरमाथाको स्वाभिमानरु
र हामफाल्नु घामसँगै अस्ताउने सुर्यमुखि फूलमा।
भैगो, फर्किन्छु आफ्नै आमाको काँख,
अनेकौँ धून टिपेर फूलको
फुलाउँछु, करेसाबारीमै ढकमक्क पसिना।
जमाउँछु, घैलाभरि विश्वासको रस। र भर्छु,
देशकै घारको चाकाभरि सपनाको मह।
हो त्यो समय
म भन्दा धेरै रमाउने कोही हुनेछ भने
त्यो आमाको चम्किलो ओठ
या आफ्नै माटोको अनुहार हुनेछ।
रामेछाप, माकादुम, ५ खत्रीगाउँ
हाल दक्षिण कोरिया