किन बन्दैछ कोरिया आत्महत्याको गन्तब्य


एक पछी अर्को गर्दै आत्महत्याको डढेलोको लप्को अ ने सा स कोरिया च्याप्टरका अध्यक्ष एबम कोरियाका सफल ब्यबसायी अनी समाजसेबी मनोज कुमार डाँगी सम्म आइपुगेको छ ।

किन हुन्छ एक पछी अर्को यस्तो अत्यास लाग्दो घटना सोचनिय बिषय छ ।एउटै सङ्गठनमा धेरै काम गरेकोले पनि अलिक जानकारी थियो उहाँको बारेमा मलाई । घटना घट्नु अघिल्लो दिन सम्म अरुलाई सम्झाउने कहिल्यै नकरात्मक नसोच्ने जो कोही मृत्‍युको मुख्मा पुगेकालाई आफ्नै पहलमा सहयोग उठाएरै भए पनि जिबनको बाटोमा डोर्याउन लागि पर्ने ब्यक्ती आज आँफै आत्मा हत्याको बाटो रोज्नु भयो।

कुरो उहा लगायत सबै को बारेमा हो जो अजसम्म त्यो बाटो अङ्गाली सक्नु भएको छ । सरदर औसत रुपमा महिनाको एकजना किन गर्छन् आत्महत्या ? के अब हामीले मृतकको एउटा फोटो ठुलो बनाएर फेसबूकमा श्रदान्जली भन्दै पोस्ट गर्ने अनी रिप लेख्दै कमेन्ट गरी रहनेकि ? किन यस्तो हुन्छ यस्बारेमा गहिरो अध्ययन पनि गर्ने?

सरकार त फगत रेमिट्यान्सको पर्खेर र्याल काडेर मात्रै बस्छ। जस्लाई नागरिकको कुनै जिम्मेवारी नै छैन। कुन नेतालाई टाउको दुख्छ कुन नेतालाई रुघा लाग्छ प्लेन चार्टर गरेर बसेको छ।के यही हो सरकारको जनता प्रतिको जिम्मेवारी?कसरी माछे आत्महत्या नै रोज्ने गरी किन यहाँ मान्छे यस्तो गम्भिर डिप्रेसनमा फस्दै छन् अनुसन्धानको पाटो होकी होइन? खाली सरकार ले कोरियामा यो बर्ष अत्महत्या गर्नेको सङ्ख्या यती पुग्यो भन्दै आँकडा मात्रै बनाउने हो?

आत्महत्या ब्यक्तीको कमजोरी होला त्यस्तो मृत्‍यु निम्ताउने कारण के हुन सक्छ खोजिनु पर्छ। सरकारको पनि कम्जोरी पक्कै छ त्यस्मा कुनै पहल कदमी प्रभाबकारी रुपमा गरेको देखिदैन नेपालमा राम्रो ट्रेनिङ दिनु अति आबस्यक छ दिने गरेको भए अझै प्रभाबकारी बनोस खाली झारा टराइ मात्र हैन ।  खाली लाखको सपना बाँडेर मात्रै पठाउँदाको कारण पनि यस्तो हुन सक्छ। मुलत अदुरदर्सी निती पनि हो । यात्रा घटना घटिसक्दा पनि एउटा राम्रो मनो चिकिस्सक बोलाएर प्रशिक्षाण गराएको छैन । कतै छ भने पनि प्रभाबकारी देखिएको छैन ।

त्यसैले यसबारेमा कदम चाल्नु अनिबार्य देखिन्छ, यो डिप्रेसनमाको केही हिस्सा घर परिवार नाता गोता पनि हुन सक्छन परिवारको एउटा सदस्य कोरिया गएकै भरमा चन्द्रमा छुने सपना देख्नु नानाभाँतिका माग राख्नु राजधानी मै अलिशान महलको कल्पना गर्नु रातो दिन मुल्यबान फोन लत्ता कपडा सुन चाँदी अलाप्दै फोन गर्नु यस्ता कुरा ले पनि दिनभरी कोरियनका किच किचले लखतरान पारेको दिमागमा आघात पुर्याउन सक्छ । त्यसैले परिवारले पनि धेरै ध्यान पुर्‍याउनु पर्छ जस्तो लाग्छ।

कोरियायामा पैसा बोटमा हैन अक्करमा छ।यहाँ त मानिसलाई मेसिन बनाइन्छ सपेराले बाँसुरिमा सर्प नचाए झै नचाइन्छ ।  त्यसैले दोहोरो तनाब भयो भने दिमागले खराब बाटो पनि अङ्गाल्न सक्छ । सबै क्षत्रबाट बेलैमा सचेत हुनु जरुरी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...