अहो!! कति निश्चल मित्रता!
कविता
रविको लाली किरण सगैं
डोको,नाम्लो र हंसिया बोकेर
टुप्लुक्क आइपुगिन् चमेली मेरो घर्को आँगनिमा!
भर्खर निन्द्रा देबिको काखबाट फुत्किएको म
लोलाएका आँखा मिच्दै गर्दा
हकार्दै भन्छिन् उनी
ओइ अल्छी!! आझै सम्म मुख धोएको पनि छैनस्?
आज घाँस काट्न जान्नस्?
घाम चर्किसक्यो,छिटो हिड्,फेरि घामले पोल्छ
खाजा मैले ल्याको छु,यहि बाँडेर खाम्ला,
अहो!!कति आत्मिय मित्रता !
हतार हतार डोको,नाम्लो हंसिया बोकेर
पछि लागेँ म,सोधेँ , ऐ आज कतातिर जाने ?
उस्को जवाफ,आज त खड्करे पाखामा जानू पर्छ,
तेता कोइ गको छैनन् आज भोलि
घाँस पनि धेरै सप्र्या छ,
गन्तब्यमा पुग्ने बित्तिकै,
डोको नाम्लो भुइँमा राखी हँसिया बोकेर
म तल्लो डिलमा झरें उनी माख्लो काँल्लामा
भ्याएसम्म छिटो गरि मैले आधा डोको काट्दा
उस्को भारी पुगिसक्यो,
टन्टलापुर घामले असिन पसिन
अनि प्यासले घाँटी सुख्खा पनि
रातो रातो अनुहारबाट तप्तप पसिना चुदै
माख्लो काँल्लाबाट आवाज सुनियो
ओइ!तलाइ गर्मी भको छैन?तिर्खा लाको छैन?
हिँड् मोतिनी खोल्सोमा पानी खान जाम्!
गर्मीको धुप अनि पहाडको खोल्सामा
छङ्छङ गर्दै बेसितिर झरेको मुलको चिसो पानी
अञ्जुलीले उबाउँदै घट्घट पिउँदा
आभास अमृत पिए झैँ !
एक्छिन जिस्किदै पानी छ्यापाछ्याप पनि
अहो!!कति रमाइलो मित्रता !
मेरो डोको आधामात्र तर उस्को भने भरि
तल्लो डिलमा झरेर फेरि घाँस काट्न सुरु गरे
ओइ!कति चाँडै गै सकेछ बाइ यो त घाँस काट्न
अलि वरको सालको रुख्को छहारिमा बसेर
पोल्टा बाट आमाले पोको पारेर हालिदिएको
भुटेको मकै निकाल्दै ,आइजो मकै खाम्!
आफ्नु भारी पुगेको छैन
म त भारी पुर्याएर मात्र बस्छु ,तँ बस्दै गर्न,
नाइँ नाइँ हुदैन भन्दै दौडिदै हात समातेर तान्न आइपुगी
सितालमा बसेर मकै खाम् पैला
मैले त घर्मै पनि बेलुकिको एउटा रोटि खाको
तैले त तातो पानी पनि खाको छैन
भोग लागेन तलाइ?
म काट्दिम्ला तेरो भारी पुर्याउन घाँस
घर सगै फर्किने त हो आखिर
एक्छिन सितलमा बसौं मकै चपाउदै
अहो!! कति निश्चल मित्रता!
सालको रुखको छहारी लिदै,
घाँगरको फेरमा मकैभटमास,
बच्पनमा खोलाखेत् को उखुले
धोस्त पारेको मेरो दाँत,ठेस्ना मकै चपाउन अलि कठिन,
ओइ!!कस्तो सारो रछ मकै,मेरो त दाँतै दुख्यो,
मुसुमुसु हाँस्दै
म चपाएर दिम् त?
एक्छिन् हाँसोको फोहोरा छुट्यो
म पनि जिस्किदै
तेस्तो उकेलेको त कसरी खानु छि छि
उ पनि के कम
हैन हैन उकेलेर हैन क्या
चराले बचेरालाइ चारा खुवाएको देखेको छस् नि?
हो तेसै गरि क्या लाटा
हाँसोले एक्छिन बनै गुन्जायमान,
अब मलाइ अरु के निहुँ चाहियो र?
मन्को कुरा भन्छु अब
ओइ तँ मलाइ कति माया गर्छेस्?
छि कस्तो लाज नभको बाइ यो त,
प्याट्ट गालामा हिर्काइ,तर दुखाइ कत्ती पनि छैन
सायद स्नेहको झापड भएर पो हो कि!
मन्द मुस्कान छर्दै शिर निहुराइ पनि,
क्षणमै परिवर्तित भयो मुहार
राताम्मे भएको चेहरामा
चम्किएका लाजका गहाना तुल्य रोसनी
छरपस्ट छरिएका छन्,
र पनि समय भने अजिव
बेवहारमा छताछुल्ल पोखिएको मायाका घडाहरु
शब्दमा बेक्त गर्न भने शर्माउदै शिर निहुर्याउने समय
त्यो पुरानो समय र यो आधुनिक समय ,
फरक जमिन र आसमानको
अहो!!कति लजालु समय!
पारी पाखाको बाटोमा दुधको क्यान बोकेर फर्किनेहरु
अनि डडुवाको बनबाट कुस्तै दाउराको भारी
बोकेर फर्किनेहरुको लर्को,
ठ्याक्कै कति बज्यो भेउ पाउन कठिन
न उस्को हात्मा न मेरो हात्मा घडी ,
ओइ हेर्त मान्छेहरु घर फर्किन थाली सके
ढिला भै सक्यो जस्तो छ,
घर्मा हजुरामा ढिडो कुर्दै होलिन्
सेलाएर सिङ भै सको होला,
मेरो त घाँसको भारी पनि पुगेको छैन!
चमेली झट्पट झस्किदै उठि,
ल ल हिड् लोसे म पनि काट्दिन्छु
चमेलिको घाँस कटाइ न पर्यो
एकै छिन्मा डोको चुलीयो!
नाम्लोको लम्बाइ मिलेनछ,मुन्टो बटारिएछ हल्का,
म भारी बोक्नेलाइ भन्दा पनि अझ बढी
प्रेमिल उस्को नजरलाइ असजिलो महसुस ,
ओइ!!कस्तो अप्ठेरो गरि बोक्या तैले
खै यहाँ ठूलो ढुङ्गामा अडेस लाएर बिसा त
नाम्लो छोटो भो तेरो ,म लम्ब्याइ दिन्चु
यति पनि ढंग छैन बुद्धूको!
अहो!कति मीठो मित्रता!
घर नजिकिदै गर्दा,बाटो छुटिनै लाग्दा
दिउसोको कामको निम्तो पनि दिन भ्याइ सकि,
ओइ दिउँसो बाख्रा बस्तु चराउन चै छिट्टै आइज है,
2 बजे सिसाढाँड्मा पुग्ने गरि,म बोलाउन आउदिन नि
खरको छानु ,रात्माटोले लिपेको भित्ता,
लप्टन काकाले दिएको भित्ते घडि,
टिक् टिक् गर्दै आफ्नै गतिमा घुमिरहेको!
बिहानको थकाइ अनि 2 थाल हजुरामाको हात्को ढिंडो
सिस्नाको तर्कारी संग टन्न हसुरेर सुतेको,
ढिंडे निन्द्राबाट झसङ्ग बिउँझिएर हेर्दा
2 त बजि पो सकेछ,चमेली रिसाइ होलि,
झट्पट बाख्रा बस्तु फुकाउदै
एउटा हात्मा पैयूँको लौरो,अर्को हात्मा कालो झोला
अनि खल्तिमा एक घोका मकै
ला ला र ह ह भन्दै सिसाढाँड् पुगे मात्र के थिएँ
लोसे बल्ल आइपुग्यो,मैले बिहान भनेको सुनेथिनस्?
अहिले कति बज्यो लोसे?बोल्दिन जा~~~
हल्का घुर्क्याइ अनि झर्काइ मिश्रित मायालु बोलि!
ऐ!! नरिसान के ,भोलि तँ भन्दा चाडो आउछु!
हेर्त यता मैले के ल्याको छु ,
कालो प्लास्टिकको झोला नियालेर हेरि,
उत्सुक हुँदै के हो त्यो?डल्लो छ त,नरिवल हो?
हैन हैन नरिवल त मलाइ मन पर्ने पो हो,
तर मैले तलाइ मन पर्ने चैँ ल्याको छु के!
प्लास्टिक को झोला सानो प्वाल
एक ढिंडी हरियो जिरे खुर्सानी फुत्तै झरिगो,
उ त अमिलो को किरा नै हो
अन्दाज लगाइ हाली,
दिवाकरको प्रचण्ड घाम, सुन्कोसिको चिसो पानी
अमिलोको किरोलाइ अब के चाहियो र,
जिब्रो पड्काउदै उफृइ,
मैले था पाई हालिँ ,निबुवा र नुन खुर्सानी छ झोलामा,
खुशिले गद् गद् हुँदै,गुन्गुनाउदै,खोस्दै
खै ले म छडाउछु,त नुन खुर्सानी पिध्
अहो!!कस्तो चन्चल मित्रता!!
बगर बिचमा झ्याङ्गिएका
सिमली,पतेरो,पिठौलिका पोथ्राहरु
उफ्रि उफ्रि सिङ जुधाउदै,झुम्मिएका बाख्राहरु
ढुङ्गाको अन्तर छिचोलेर निस्किएका
बन्सो र काँसका बुट्यानका कलिला मुनाहरु
मुख बाट फिंज चुहाउदै चपाउदै छन गाई गोरुहरु!
बगरको सेतो ठूलो ढुङ्गा माथी बसेर
तेइ ढुङ्गालाई नै सिलौटो बनाइ,
हरियो 5 ढिंडि जिरे खुर्सानि सग 4 वटा नुनका ढिकाहरु
पिंध्दै थिएँ म लसलस~~~
छेवैमा चमेली छोडाउदै निबुवा फसफस…..
केस्राहरु छुट्याउदै,ला खा भयो अब
रसिलो निबुवा,प्रचण्ड घाममा,बगरको ढुङ्गामाथी बसेर
हरियो जिरे खुर्सानीको मगमग वास्नादार पिरो नुनमा
चप्प चोपेर मुखमा हाल्दै,चिरिप्प चपाउँदा
आँखा चिम्म गरेर जिब्रो पड्काउदै,भन्छे चमेलि
वा~~~ क्या मीठो बनाएछ बाइ यल्ले नुन,
ओइ तँ पनि खा न,के हेरेर मात्र बसेको नि,
मलाइ भने अमिलो र पिरोले निचरिएको
त्यो बेग्लै सुन्दर मुहार हेर्न मै मज्जा,
म त खान्न सबै तँ खा,म त यस्तो पिरो खान सक्दिन
म चैं भुवा मात्र खान्छु
तलाइ मन पर्छ भनेर पो ल्याइदेको नि
तँ पो अमिलो र पिरोको किरो हो,कि कसो?
च्याँट्ठिदै जवाफ फर्काइ
हो के त.. म अमिलो र पिरोको किरो नै हो,कत्तिन~~
तँ पनि त गुलियो को किरो होनि,
बाले नभेट्ने गरि दलिनमा झुन्ड्याएको चिनिको पोको
चुच्चो लौरोले घोचेर प्वाल बनाइ
सुरुरु झरेको चिनिको ओइरो
दायाँ र बायाँ हात पालैपालो थाप्दै चाड्दै
1 किलो चिनी सिध्याउने तैँ हैनस्?
खित्का छुट्यो हाहाहा~~~~
खा न के तँ पनि
एक केस्रो नुन्मा चोपेर,खै आँ गर त
नाइ नाइ मलाई पिरो हुन्छ,
म नुनमा नचोबी आफै खान्छु ले आधा केस्रा मात्र
थोरै मात्र चोबेको हो के केइ हुदैन,झन मीठो हुन्छ
ठिकै छ म आफै खान्छु नि त ले
जा बोल्दिन छुच्चा, मैले खुवाइदिन नहुने
घुर्की र ठुस्काइ को मिस्रण नुन खुर्सानी भन्दा चर्को
ओइ!! जे कुरामा पनि घुर्की नला न
ल ल नठुस्की ले छिटो आँ~~~
मुसुमुसु हाँस्दै आँखा चिम्लिन लगाएर
घाँटी मै पुग्ने गरि कोची दिइ
ल मज्जाले चबा त क्या मीठो हुन्च
चमेलिले खुवाइदेकि पो त
आँखा चिम्लेर कर्याम कर्याम ………
उफ् .. स्स्स्स्स्स….हा……..
कान्को जरा सम्म रननन,
नाक बाट र्याल सिगान,आँखा बाट आँसु तररर…..
घाँटी किक्लिक किक्लिक…
स्स्स्स्स्स्स्स्स्स……… हा…………
ओइ के भो? यो त रोयो बाइ हिहिही..
पिरो भको देखिनस्?अलि झर्किएरै भन्दिएँ,
आबुइ..यस्लाइ त निबुवा नि पिरो हुदो रैछ बाइ
खुर्सानी चै अमिलो हुन्छ होला है तलाइ?
खित्का छोडेर हास्दै जा जा छिटो कोसिमा गएर पानी खा
मुख कुल्ला गर भन्दै छे दुम्सी भने हासी हासी
यो त अति नै पिरो पो भो त बा….
आधी चपाइ सकेको मुखको निकालेर हेरें
सिङ्गै ढिडी खुर्सानी पनि निबुवाको केस्राको बिचम राखि
मुखमा कोच्देर मोरेकी रैछे
दौडेर नजिकैको सुन्कोसिमा टाउको डुबाउन पुगें
चिसो पानीले कुल्ला गर्दै
टाउको भिजाउदै सितल खोज्दै ,
स्स्स्स्स्स्स….. हा……….उफ्…..पिरो
माथी बाट अट्टाहास हाँसो सहितको आवाज
ओइ बेस्सरी कुल्ला गर है,हा … हा…. हा…..
फर्केर हेरें, ढुङ्गा माथी उभिएर कराउदै रैछे
तलाइ पख् न दुम्सी ऐले हास्दै बस्
त्यहाँ आएसी था पाउलिस् के गर्छु म
उम् हुँ हुँ हुँ…… म त रोइ दिन्छु के
हे भगवान नौटंकी पनि कति जान्दछन्
यी छोरी मान्छेहरु……….
…………………………
हाल, दक्षिण कोरिया