फस्र्ट राईजिइ० नेपाल कपका विजेता भूषाण एभरेष्ट एफसी बने
फोनिजकोरिया संवाददाता
सउल
उल्सानमा आइतबार सम्पन्न फष्र्ट राईजिइ० नेपाल कप भूषाण एभरेष्ट एफसीको पोल्टामा परेको छ । उल्सान एकता समाज र राईजिइ० नेपाल एफसीले संयुक्तरुपमा आयोजना गरेको एक दिने फुटबल टुर्नामेन्टका विजेता टिमले १६ लाख वन पुरस्कार, कप र मेडल थापेको थिए । २ र १ गोलको अन्तरमा उपविजोता बनेका एन.पी.एफ.सी थुगेले भने ८ लाख वन पुरस्कार मेडल थापेका थिए ।
टुर्नामेन्टमा भूषाण एभेष्ट एफसीका विनोद राई सर्बोत्कृष्ठ खेलाडी घोषित भए भने एन.पी.एस.एफ.सी. का अँकित तिवारी सर्बोत्कृष्ठा गोलकिपर बनेका थिए । नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ढा गुरुइ० (ब्रो)ले विजेताहरुलाई पुरस्तार मेडल र प्रमाणपत्र वितारण गरेका थिए ।
१२ टिमको सहमागिता रको टुर्नामेन्टमा उल्सानका विदेशी मजदुर हेर्ने संस्था युआइभिसीले खानपान र प्राविधिक व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक फिलिप गुरुइ०ले बताए । प्रतियोगितामा प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको पनि विषेश आतिथ्य रहेको थियो ।
आगमी अक्टोबर ३० तारिख भूषाणको किम्हेमा ८ औ माइग्रेन्ड फुटबल च्याम्पीयनशिप हने भएको छ । २२ अक्टोबरसम्म टिम दर्ता गर्नुपर्ने र १४ तारिख खेल तालिका सार्वजनिक गरिने आयोजक किम्हे माइग्रेन्ट स्पोर्टस क्लबले जनाएको छ । यस प्रतियोगिताका प्रथा र दितिय पुरस्कारहरु क्रमशः १५ र १० लाख वन रहेको छन् ।
त्यसैगरी अक्टोबर २३ मा नेपाली राजदूताबसले एनआरएन कोरियाको सहयोगमा राजदूत मैत्रिपूर्ण रनिइ०कप आयोजना गर्ने भएका छन् । प्रथम पुरस्कार २५ लाख र दोस्रो पुरस्कार १० लाख वन राखिएको छ । एक दिने टुर्नामेन्ट सउलमा हुनेछ । यसको टिम दर्ता गर्नुपर्ने अन्तिम मिति अक्टोबर ७ रारिख रहेको छ ।