कोरियामा अचानक मृत्यु भएका दूधरामको श्रद्धाञ्जलीसभा गरिने
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा गत सेप्टेम्बर १८ तारिख अचानक मृत्यु भएका दूधराम लिम्बुको भोली आइतबार श्रद्धाञ्जलीसभा गरिने भएको छ । कोरियामा रहेका दुई संस्थाले संयुक्तरुपमा श्रद्धाञ्जलीसभा गरिन लागेको हो । मृतकका जिल्लाबासी ग्लोबल तेह्रथुम सेवा समाज र लिम्बु समुदायको जातिय संस्था किराँत याक्थुइ० चुम्लुइ०ले संगै गर्न लागेको हो ।
कोरिया आएको तीन महिनामात्रै पुगेका लिम्बुको आफ्नै काम गर्ने कम्पनीको कोठामा राती सुतेको बेला अचानक मृत्यु भएको थियो । मृतक लिम्बु तेह्रथुम जिल्ला फाक्चामारा गाविस ३ सल्लेरीका बासिन्दा थिए । कोरिया आएको छोटो अवधीमा र कुनै कारण नै नखुली मृत्यु भएको यो घट्नाले कोरियावासी नेपाली समुदायलाई आश्चर्यापुर्ण दुखी बनाएको छ । उनको शब नेपाल पठाइसकेको छ ।
कोरिया आएको छोटो अवधीमै असायमिक मृत्यु भएका लिम्बुको नवबालक शन्तानको शिक्षाको लागि उनका जिल्लाबासी र समुदायले आर्थिक सहयोग पनि संकलन गरिरहेका छन् ।
केही दिन अघि आत्माहत्या गरेका व्यवसायी, समाजसेवी र साहित्यकर्मी मनोज डाँगीको संखुवासभा समाज र अन्तराष्ट्र्रिय नेपाली साहित्य समाजले दूधराम लिम्बुसंगै श्रद्धाञ्जली गरिने समाचार प्रकाशित भएपनि हाल दूधरामको मात्रै श्रद्धाञ्जली गरिन लागेको ग्लोबल तेह्रथुम सेवा समाजका अध्यक्ष गणेश कालिकोटेले बताए ।