अग्रजी सिकाई


दस कक्षासम्म पढ्ने स्कुल तामाङ गाउँ थियो । कक्षा भरिको तामाङ बिद्यार्थी म एक्लै । त्यो तामाङ गाउँ अर्थात फस्कूको ठूलो स्कुल पुग्न दुई घण्टा सरासर हिड्नुपथ्र्यो । घरबाट आधा घन्टा सिधै ओरालो अनि बाँकी बाटो उकालो र तेर्सो । यति लामो हिडेर स्कुल जाने खासै ईच्छा थिएन तर बाका अधि जाबो मेरो ईच्छा ! उनलाई मैले खुब पढोस भन्ने लाग्दो रहेछ । तिनी भन्थे ‘तैले स्कुल जसरी भएपनि जानै पर्छ ।’

म बाको कुरालाई नाई किन भन्न सक्थें र ? हुन त तिनले मलाई एक थप्पर पनि लगाएनन् तर पनि बा भने पछि त्यस्सै थरर । हो तिनै बाले गर्दा म दुई घण्टालामो बाटो हिड्नु पर्ने भो  ?

दोस्रो पटक पाँच कक्षाको जिल्ला स्तरीय परिक्षा पास भएँ । बाको भने नाक घिरौला जत्रो । खुसीले दङदास । त्यसको भोली पल्टै मैले दुई घन्टा हिड्न पर्ने फस्कु स्कुलमा जान पर्ने भो । स्कुल जाने बिहानै बाले मलाई दसैमा सिलाएको नयाँ कमिज लाउन लाए । बाले पनि हरियो खालको चाइनिज आर्मी जुता लाए । त्यो जुता मेरा बा कतै ठूलै काम गर्न निस्किने बेलामा मात्र त्यसरी लाउथे । बाले चाइनिज आर्मी जुता नलाएको धेरै समय भएको थियो ।
बासँगै स्कुल पुगे पछि मेरो ल्याकत नाप्ने कुरा भो । मास्टर साहेबहरुको खाउला झै मलाई हेरेर बसेका छन् । कस्ले के भन्ने के सोच्ने फुर्सत थिएन क्यारे । बालाई पुलुक्क हेरेँ । चिनेजानेको भनेकै त्यही मेरा बा एक्ला ।

‘यसले पास गरेरै त आएको हो ?’ मोटे ज्यान भएको मास्टरले कुरा सुरु गर्यो ।
‘हो यसको यो सर्टिफिकेट पनि छ ।’
‘यो त फुच्चे पो छ त?‘
‘होइन सर यो पढाईमा जिरे छ । यो भन्दा ठुली दिदी दाइ थिए तिनले यसलाई स्कुल लैजान्थे । यो पास हुदै गयो तिनलाई जित्दियो । उमेरले नहुने रैछ । यसको दिदी अहिले ५ मा पड्दै छे सर ।’बाले एकै सासमा बोले ।

सरहरुले मलाई देखेर शायद सोचेका होलान् । त्यति लेकको तामाङको छोरोले कसरी पढ्दो हो सानै उमेरमा । म ६ कक्षामा पुग्दा फुच्चे नै थिएँ ११ बर्षको ।
बाले झोलाबाट जिल्ला स्तरिय परिक्षामा पास गरेको सर्टिपिकेट देखाइदिए । तिनले मेरो सर्टिफिकेट हेरे । अनि भर्ना गरे । बाले कति पैसामा दिए कुन्नी मैले खल्तिमा हात हालेको मात्रै देखेँ । लौ जा हेर्दा हेर्दै म ६ कक्षाकौ विद्यार्थी ।
लामो कोठा छ । बिद्यार्थी टनाटन छन् । यति धेरै बिद्यार्थी एउटै कोठामा होलान् भनेर त कहिल्यै सोचेकै थिइन । पछि थाभो कक्षा भरी १५० बिद्यार्थी थिए । कक्षामा पस्दा असजिलो भो । कोसँग बस्ने के भन्ने ? कता बस्ने ? कक्षामा नयाँ बिद्यार्थी भएकोले सबैले मै तिर हेरेका । कम्ति डर त भएन ।

पहिलो दिनको पहिलो पढाई अग्रेजीको भयो । हामीले कक्षा चार देखि एबिसिडि सिक्नु पथ्र्यो । राम्रो अग्रजी आउने कुरै भएन । तैपनि सुने । मैले पहिला पढेको स्कुलमा अग्रजी पढाउने सरले यामआर मर मर माने मिस्टर भनेर पढाउथे । जब ठूलो स्कुल गइयो पहिलेका सरले झै यामआर मर मर माने मिस्टर भनेर भनिएन । सिधै मिस्टर भनियो मलाई चित्त दुख्नु दुख्यो । आफुले एक एक बर्ष लगाएर पढेको मर एकै पटकमा मिस्टर भएकोमा ।

ती अग्रेजी सरले भोली पढेर आउनु हाईन भने भन्दै चारपाटे घरैबाट ल्याएका लौरो देखाए । लौ अग्रेजी गुरुले मार्ने भए । डरले म थुरुरु । हेर्छु त बा मेरो कक्षाको झ्यालमा बसेर हेरिराका रहेछन् । तिनलाई लागेको हुँदो हो छोरोले अग्रजी पढेर गतिलै मान्छे बन्छ कि क्याहो ?

त्यस दिनको पढाइ सकियो । बेलुका बा र म संगै घर फर्कियौ । बा मख्ख थिए । छोरा ६ कक्षा पढ्ने भएकोमा । तिनी बाटोमा हिड्ने चिने जति सबैलाई भन्थे यो माइलोले जिल्ला स्तरीय जाँच पास ग¥यो । भर्ना गरेर ल्याको । यो पढाईमा त चर्को पो छ हो । बुढाले यसरी प्रचार गरेको देख्दा मनमा आनन्द आउँथ्यो । यति लामो बाटो नभाका भए यी बाले मलाई पर्खिदैनथे । यिनले नपर्खेको भए मेरो बारेमा यसरी चिन्ने सबैलाई भन्दा पनि भन्दैनथे । म बाको पछि पछि हिड्दै सोचेँ पढेर पनि राम्रै काम गरिएछ कि के हो ?

भालि पल्ट पनि बा तल सम्म पु¥याउन आए । शायद त्यो भेगको एक्लो बिद्यार्थी भएकोले बालाई चिन्ता लागेर हो कि आमाको करकरले हो जेहोस पु¥याउन आए । कक्षामा पहिलो पिरियडमा ती अग्रजी सर आए । गोलो चस्मा लाएका कपाल ठाडा पारेका हेर्दै डर लाग्दा थिए । आँखा राता राता  । रिसाहा जस्ता देखिन्थे । तिनलाई सबैले एकै पटक उठेर गुड मर्निङ भने । पहिलेको स्कुलमा यस्तो पनि थिएन सर छिर्दा गुड मर्निङ भन्नु पर्ने । एकै पटक गुड मर्निङ नभने पनि उठ्न भने उठियो ।

हिजो पढेर आउनु भनेको उर्दी सम्झिएँ । सरले बिर्से हुने । मनमा लाग्यो ।  अनि हिजो पढाका कुरा  नसोधि भटाभट नयाँ पाठ भट्याइ दिए हुन्थ्यो भन्ने लाग्यो । तर कहाँ आफुले सोचेजस्तो हुन्थ्यो र ? तीनले सोध्न थाले । फुट्टो अक्षर पढेको थिइन । आए पो पढ्नु । कसरी अग्रेजी पढ्ने ? घरमा सिकाउने कोही थिएन । प¥यो फसाद । रोल नंम्बरको आधारमा सोध्दै थिए । मलाई दिएको नम्बर थियो १५० । एक्कासी त्यही नम्बर भने । आफुलाई रिङाटा लाग्ला झै भयो । उभिएँ मुर्ति झै । तिनले अग्रजी मै भने मैले बुझ्ने कुरै थिएन ।

‘आइ केटा बोली आउदैन ?’ ती सरले नेपालीमै भने । फेरी थपे ‘मुर्ति होस ?’

मेरो मुखबाट एक शब्द झरेन ।
‘के मान्छे रैछ बोली आउँदैन ?’ तीनले चारपाटे लौरो मेरै टाउको माथि ल्याए ।
यसै चारपाटे लौरो त्यसै चारपाटे लौरो । मेरो पालो भनिदिएँ । ‘बोली होइन पढ्न आउदैन ।’
सबै बिद्यार्थी गलल हाँसे । आफ्नो टाउको माथि चारपाटेलौरो छ यी हास्छन् । अनि ती सबै मै तिर हेर्न थाले । ती गुरुका अगि कोही केही बोल्दैन रैछन् । म बोले । ती सरले पनि लौरो घुमाउदै भने
‘तँ कहिले देखि आको ?’
‘हिजो देखि ।’
‘मैले पढाको बेला थिइनस ?’
‘थिएँ ।’
‘किन आउँदैन त ?’
‘मलाई अग्रेजी गा¥हो लाग्छ । घरमा सिकाइ माग्न जान पनि कोही छैन । त्यसैले मलाई गा¥हो लागेको ।’
‘ए त्यसो भए बस् ।’

कक्षाका सबै ट्वा परे । म बसेँ । ती गुरुले फेरी एक दुई जनालाई चार पाँच लौरो हाने पछि खुरु खुरु पाठ बढाए । जाने बेलामा मलाई भने भरे हाफ छुट्टिमा तँ मलाई भेट । पढाएर निस्किने बितिकै केटाहरुले घेरे र भने तेरो अघि नै रामधुलाई हुन पर्ने अब अफिसमा हुने भो । अघि मैले ती गुरुसँग बोल्दा सबैले किन मलाई हेरेका भनेको त रामधुलाइ खाने बेला भनेर पो । पश्चाताप भो बोलेकोमा ।

यसो एक मनले त हाफ छुट्टि अगाडि नै टाप कसौ जस्तो लाग्यो । फेरी बाले त्यत्रौ प्रचार गरेका छन् मेरो । जिल्ला स्तरीयमा पास भयो भनेर । यहाँबाट टाप ठोकेमा बाले फेरी दन्काएर दिन्छन् । जसरी पनि गोदाइ त हो ।  मलाई त्यो बेला आमाको खुब याद आयो । आमालाई त जे भने पनि हुने जसरी भने पनि हुने बा जस्ता होइनन् । बिगारै काम भए पनि सजिलै छलछाम चलिहाल्ने । तर बा कताको त्यस्तो हुनु ? तिनले हकारे भने नि आमाले दुई थप्पर हाने भन्दा बढ्ता हुन्थ्यो । झन तिनले भकुरे भने त बितियो । त्यो भन्दा त यी गुरुको चारपाटे खान नै ठीक ।

चारौ पिरियड पछि हाफ छुट्टि भयो । मेरा साथी कोही बनेकै थिएनन् । त्यसैले केही खेल्ने कुरा पनि आएन । म डराउदै डराउदै गएँ ती गुरु खोज्न । म यसो गुरुहरु बस्ने ठाँउँ तिर जाँदै थिएँ । एउटा स्वरले बोलायो आई केटा ।
यसो पछि फर्केर हेर्छु ती नै सर थिए । हातमा बिहानको चारपाटे बोकेका बोकै छन् परेन फसाद । कुन दसाले यताको स्कुल आइयो । यी बा पनि अचम्मका छन् । सबै सदरमुकाम चरिकोट बसेर पढेका पढ्यै छन् मलाई चाहि यस्तो कालको मुखमा धकेलेर राख्ने । बरु नपढ भन्नु गोठाला नै बरु आनन्दकोथ्यो ।

‘यहाँ आइज ।’ मेरो नौनारी गलेर आयो । छेउमा पुगे पछि घाम आउने चौर तिर देखाउदै भने ‘बस ।’
‘सुन केटा मलाई अहिले सम्म यो स्कुलमा कुनै बिद्यार्थीले पनि आफुलाई पढ्न नआएको कुरा भन्दैनन् । अनि पढेर पनि आउँदैनन् । तँले आफ्नो कुरा भनिस । आज देखि सधै हाफ छुट्टिमा आएर मसँग भेट । तँलाई अगे्रजी सिकाउछु ।’
मेरो सिकाई सुरु भो । त्यो त्यस्तै चल्यो होला डेढ महिना जति । ती सर पछि सरुवा भएर खै झ्याकु होकि कता गए रे । जाने बेलामा बोलाएर भने ‘सुन केटा म भएपनि नभए पनि तँले पढ्न नछोड ।’

त्यस पछि ती सरको ठाँउमा अर्का सर आए । ती अचम्मका थिए । ती सरले पहिले छिर्ने बितिकै उल्टो गुड मर्निङ भने । आफ्नो परिचय भन्दै रमाइलो तरिकाले भने । नाम रे गोपाल राई । घर झापा महारानीझोडा । हामी १५० जनाले पनि आआफ्नो नाम भन्यो । त्यो दिनको पढाइ सकियो ।

भोलिपल्ट तिनले हाम्रा अग्रेजी किताबको शम्भु भन्ने मान्छे तुरुन्तै कालोपाटिमा बनाए । लौ कुरा गर्दा गर्दै तिनले फेरी साबित्री बनाए  । त्यति मात्रै हाइन किताबमा भएको चङखे पनि जस्ताको तस्तै बनाए ।  अचम्म म मात्रै होइन  कक्षाका हामी सबै प¥यौ । यस्तो पनि सर । खुब रमाइलो सँग सम्झाए । अग्रजीमा पढाए जस्तो लागेन । तीनको हातमा चारपाटे लौरो पनि थिएन । कक्षाको अन्त्यमा सोधे ‘केही अप्ठ्यारो छ ?’ मैले मात्र होइन कहिल्यै नबोल्ने साथीहरुले पनि भने ‘हामीलाई अग्रेजी खासै आउँदैन । त्यसैले धेरै बुझ्दैनौ ।’

मैले अनुमान लगाएँ चारपाटे लौरो नभएकोले बोलेका हुन कि ? ती सरले भने भाषा जुन सुकै भए पनि त्यसको प्रयोग कति हुन्छ त्यसैको आधारमा आउने नआउने हुन्छ । त्यसैले आउदैन भनेर बस्न भन्दा नआएपनि प्रयास गर्नु राम्रो । उनले अझ थपे तिमीहरु अग्रेजी सिक्ने हो भने अग्रजीमै सम्झने,सपना देख्ने र हास्ने गर्नु ।

कक्षा सकियो । आफ्नो त घर जाने बाटो पनि टाढाको । अग्रजीमा सम्झिदै हिडे । जति सम्झिए पनि नेपालीमै सम्झिएको छ । जति गर्दा पनि अग्रजीमा सकिएन । झन हास्ने कसरी हास्ने होला ? दात देखाएर होला कि दात छोपेरै । ङिच्च होला कि अट्टहासले । कि मिस्क्कि हो कि ? कुन चाहि हासो अग्रेजीमा होला । सपनाको त सजिलै छ भरे सुत्ने बेलामा किताब सिरानी मै हालेर सुत्नु पर्ला । हाँसो कसरी अंग्रजी बनाउने ? हिड्दै गर्दा आइडिया आयो । ऐनामा गएर हास्ने । तैपनि फेरी हास्ने कसरी ? अग्रेज हाँसेको थाहा छैन । तैपनि हाँस्नु त हेर्नु पर्ला ।

अरु दिन भन्दा निक्कै हतारिएर घर पुगियो ऐनामा अनुहार हेर्न । घरमा धेरै ऐना खासै हिरिदैनथ्यो । आमाले कहिले कही कपाल कोर्दा मात्र प्रयोग हुन्थ्यो । घरमा ऐना ल्यायो फुटि हाल्ने । एक हप्ता भन्दा त बढि चलेको रेकर्ड नै भएन । एकदिन बालाई आइडिया आएछ हाम्रा चपालिको सबै भन्दा ठूलो थाममा ऐना खोपेर राख्ने । त्यो बाको आइडियाले काम ग¥यो । बाले आमाको उचाइको साइज नापेर त्यति नै अग्लो ठाँउमा फुटेको ऐनाको टुक्रालाई खोपेर राखे । हो त्यही ऐनामा अग्रेजी हासो सिक्ने भएँ ।

घर पुगेर सधै एकदुई घान मकै भटमास मस्काउने । त्यो दिन झोला फालेर ऐना भएको ठाँउमा गएर हास्ने प्रयास गरेँ । खाजै नमागि कता गएछ भनेर हेरिछन् आमाले । लौ छोरो त एक्लै कसैसँग केही नबोली नै हासेको छ ’हासेको छ । पारेन बित्यास । उनले बालाई खोजेर ल्याएर भनिछन् यत्रो बाटो एक्लै नपठाँउ भन्दा मानेनौ नि अब छोरोको हेर हालत एक्लै हास्ने पो भएछ । शायद वन झाँक्रीले भेट्यो क्यारे ।

‘ओई पाराङ !’ बा मलाई जहिल्यै यसो भन्थे । तामाङ भाषामा माइलो छोरोलाई पाराङ भनिन्छ ।
त्यसो भनेर बा चिच्याए । मैले अग्रेज हासो सिक्ने प्रयास गरेको हेर्ने त हुलै पो भएछन् ।
‘तँलाई के भयो आमाले थपिन ?’
अग्रेजी सिक्या नि ।
‘तेरो कस्तो अग्रेजी हो ए मुले ?’
‘कस्तो कस्तो नि हामीलाई पढाउने सरले अग्रेजीमा हास्नु भन्या छ त्यसैले ।
मेरो काम देखेर नहास्ने कोही भएनन् । म लाजले भुतुक्क भएँ ।
भोली पल्ट बिहान । राति सपना केमा देखे केही सम्झिन्न । बल्ल बल्ल सम्झेको पनि आफ्नै अलि परको भेडिखोरमा तिल्के गोरुको गाठालो गाको पो देखेछु । कताको अग्रेजीमा सपना देख्थे र ? दुःख लाग्यो । तेत्रो किताब सिरानी हालेको आइडियाले फेल खायो ।

स्कुलमा पहिलो कक्षाका सर तिनै थिए अग्रेजीमा हास्न भन्ने । ‘ती सर आए र सोधे कति जानाले हास्न सिक्यो ?
सिकेकोले हात उठाउ ।’
कसैको हात उठेन म ढुक्क भएँ । म जस्तै अरुले पनि नजानेकोमा । अनि सपना देख्ने कोही छ ? ती सरले सोधे । किसोर भन्ने साथीले उठायो । के देख्यौ ? सर मैले बासँग सपनामा बोलेको देखेछु अग्रेजीमा । तिम्रा बालाई अग्रेजी आउछ ? अग्रेजी त मलाई पनि आउँदैन बालाई पनि आउदैन । मैले त्यही भएर बोलेको नी सर ।

सरले नजानेको भने बिषय रैनछ । भाका हालेर गीत सुनाउँछन् । कबिता भन्छन् । चुटकिला त बोल्यो कि त्यही नै भैहाल्छ । अचम्मै रमाइला सर । हामी बिद्यार्थीले त बुझेन भने बुझेन भन्यो । फेरी रमाइलो कथा कबिता र प्रसंग कथ्दै तिनले आधा अग्रेजी आधा नेपालीमै भनि दिन्छन् । पहिले पहिलेको बोझिलो अग्रेजीको कक्षा अब त रमाइलो लाग्ने भयो मलाई मात्र होइन धेरै साथीलाई । तिनै सरले डिक्सनेरी भन्ने किन्न लगाए । टेन्स भन्ने पढाए । पहिलेको त्यो बुझ्दै नबुझ्ने अग्रेजी हल्का बुझिने भयो । केही असजिलो कुरा आयो कि तिनले मिलाएर भन्छन् सजिलो तरिकाले । गीतले भए गीतले, चित्रले भए चित्रले, कथा कबिता प्रसंग जे मिल्छ त्यही मिलाएर तिनले अग्रेजीलाई पढ्न रुचिकर बिषय बनाए । केही नघुस्ने भन्ने दिमागमा केही घुस्ने बनाए । म तीन जानामा तेस्रो हुने १५० जनामा पनि तेस्रो नै भएँ ।

देश अनुसार भाषा छ । कति सिक्नु कता कता सिक्नु । सिकाउने मान्छे पनि गतिला छैनन् । मिस हुन्छ ती अंग्रजी पढाउने सर ।

[email protected]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...