Advertisement
SKIP THIS

हुन्डाई कम्पनीका मजदुरले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारमा


सोल, विश्वको पाँचौ ठुलो कार निर्माता हुन्डाई कम्पनीका मजदुरहरुले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारहरुमा पनि परेको छ । तलव वृद्धिको माग राखि आन्दोलनमा रहेका मजदुरले काम रोकेपछि कार उत्पादनमा सुस्तता आएको छ ।
हुन्डाईद्वारा उत्पादित कारहरुका लागि पार्ट्सहरुको आपूर्ति गर्दै आएका साना तथा मझौला कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुको ज्यालामा उल्लेख्य कमि आएको छ । हुन्डाईमा सेप्टेम्बर २६ देखि सुरु गरिएको आन्दोलनका कारण साना तथा मझौला कम्पनीहरुमा माग घटेपश्चात कामदारहरुको दैनिक कार्यअवधि पनि घटेको छ । मजदुरहरुले व्यवस्थापनसामु तलब वृद्धिको माग राखि काम रोकेका छन । मजदुरहरुले पहिलो दिन १२ घण्टा काम रोकेका थिए भने त्यसपछिका दिनहरुमा आंशिक काम गर्दै आएका छन । मजदुरहरुले दैनिक छ घण्टा मात्रै काम गर्दा हुन्डाईका उत्पादन घटेको छ ।
यस बर्ष हुन्डाई कम्पनीमा तलब वृद्धिको माग राखि २१ पटक बन्द गरिएको थियो भने २७ पटक मजदुर र व्यवस्थापन बीच सम्झौता गरिएको थियो । हुन्डाईमा मजदुर आन्दोलनका कारण पुरा दिन काम रोकिएको बिगत १२ बर्षमा पहिलो पटक हो । मजदुरहरुले सेप्टेम्बर २६ मा पुरा दिन टुल्स डाउन गरेका थिए । मजदुर आन्दोलनका कारण यसबर्ष एक लाख २६ हजार कारहरुको उत्पादनमा कमि आई २.५ बिलियन डलर कम्पनीलाई घाटा पुगेको संचार माध्यमहरुले उल्लेख गरेका छन ।
हुन्डाई कम्पनीमा आश्रित साना कम्पनीहरु पनि मजदुर आन्दोलनको मारमा परेका छन । हुन्डाई मार्फत मागमा कमि आएका कारण साना कम्पनीहरुले कामदारहरुको दैनिक कार्यअवधिमा कटौति गरेका छन । नो वर्क नो पे प्राबधानका कारण कामदारहरुको मासिक तलव स्वत घट्ने भएको छ । कार निर्यातमा अग्रणी हुन्डाई कम्पनीमा भएको आन्दोलन तुरुन्त रोक्न श्रममन्त्री लि कि क्वानले मजदुरपक्षलाई दबाब दिएका छन भने मजदुर युनियन हुन्डाई शाखाका अध्यक्ष पार्क यू किले जुनसुकै मुल्य चुकाएर पनि तलबवृद्धिको माग पुरा गराउने बताएका छन ।
हुन्डाई कार उत्पादन हुने मुख्य केन्द्र उल्सान सहित आसान र छन्जुमा करिब ५० हजार मजदुरहरु तलबवृद्धिको माग राखि आन्दोलनमा छन । उल्सानस्थित सानअब कम्पनीमा कार्यरत गुल्मीका सन्तोष पौड्यालले भने हुन्डाई मार्फत मागमा कमी आएकोले बिगत एकसाता देखि कार्य अवरुद्ध छ । पौड्यालका अनुसार उनि कार्यरत कम्पनीले हुन्डाईका लागि पोर्टर भ्यानको बडी, कारको चेसिस ,ढोकामा लाग्ने पार्ट्सहरु उपलब्ध गराउदै आएको थियो । हुन्डाई एभान्टि कारका पार्ट्सहरु आपूर्ति गर्दै आएको देशिन कम्पनीमा कार्यरत संखुवासभाका अशोक कोइरालाले गत साता मात्र दिन काम गरेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...