आत्माहत्याको बाटो किन रोज्छन् मान्छे ?


त्यो रात जिन्दगीमा कहिल्यै नदेखेको सपना देखें।उसो त सपनाको पछि लागेर आफ्नो दिन न्यास्रो पार्ने खालको मान्छे म हुँदै होइन तर किन- किन यो सपनाले भने दिनै भरी बिचल्लित बनाई रह्यो।हुन त यो प्रदेशको ठाउँ हो।सुनसानमा एउटा सुकेको पात मात्र सर्लक्क झर्यो भने मन आत्तिन्छ।के भयो ? कसो भयो ?यस्तै यस्तै अनेकानेक कुराहरु खेल्छन।

सपना निकै कहालीलाग्दो थियो।आकाशमा उड्दै गरेको बडेमानको जेट आँखै अगाडि स्वाट्टै खस्यो।म आत्तिएर त्यसमा यात्रारत घाइते यात्रुहरुलाई बचाउन दौडदै थिएँ तर मलाई त्यो विमान नजिक जान दिएनन प्रहरीको गस्ती टोलिले।मेरो एउटा घोडा थिएछ।त्यस्ले पो घाइते यात्रुहरुलाई ओसार्दै जल्दै गरेको विमान बाहिर निकाल्दै रैछ।
झल्यास्स बिउझें।मनमा ठूलो हावा हुण्डरी चल्न थाल्यो।वरपर आफन्त सबैलाई सम्झिएँ।मनमनै बिश्वास उठिसकेको भगवानलाई प्रार्थना गरें।

ए!कृष्ण कुनै अप्रिय घट्ना सुन्न नपरोस।
सपना देखेको भोलि पल्ट अर्थात आजको अघिल्लो हप्ता कोरियामा नेपाली होटल ब्यवसायी/अनेसास कोरिया च्याप्टरका अध्यक्ष/ समाजसेवी मनोज कुमार डांगी जि को आत्महत्याको खबर एकाएक सुन्न पर्यो।यो संयोग चाहेरै भुल्न नसक्ने अवस्थाबाट गुज्रीरहेकी छु।यहि अप्रिय घट्नाले कोरियाबासी सम्पूर्ण नेपाnLहरु स्तब्ध र दुखित छन।स्व.मनोज कुमार डांगी जिलाई चिन्ने प्रत्येक ब्यक्तिहरु एउटै प्रश्न र कौतुहलताले जरा गाडेको छ।
हैन कसरी मनोज जिले आत्महत्या गर्न सक्छन?
म पनि यहि यक्ष प्रश्नमा रुमलीरहेकी छु।
मनोज जि संग मेरो परिचय चार बर्ष अघि भएको हो।उहाँ संग परिचय हुने कारण एउटा अभियान थियो।चार बर्ष अघि दुबईमा,दुबई सरकारले एक नेपाnLलाई पाकिस्तानीको हत्या काण्डमा सामेल भएको प्रमाणित गरेर मृत्युदण्ड सुनाएको थियो।उक्त मृत्युदण्ड रोक्न सक्ने अप्सन दुबई सरकारले गरेको हुनाले ब्लड मनिको रकम जोहो गर्नु पर्ने भएको थियो।
यो खबर ईन्टरनेट बाट सर्वत्र फैलिए पछि मनोज जि भित्रको मानबता र समाजसेवाको भावनाले हातमा हात राखेर बस्न दिएन छ।अन्तत लागि पर्नु भयो सम्पुर्ण कोरियावासी नेपालिहरुलाई सहयोगको याचना गर्न।सुरु भयो”अनिस खालिङ बचाउ अभियान”
त्यो बेला सेवक नेपालले पनि”अनिस खालिङ बचाउ अभियान” चलाएको थियो।म पनि त्यस अभियानको एक अभियान्ता भएको नाताले कोरिया बाटै अर्को अभियान्तालाई चिन्नु मुस्किल परेन।त्यही बेला बाट मनोज जिलाई समाजसेवीको रुपमा चिनेको हो।सेवक नेपालले “अनिस बचाउ अभियान”मा उठाएको लगभग५५ लाख कोरियन वोन मनोज जिकै मार्फत नेपालमा अनिसको परिवारलाई बुझाएका थियौ।
आज सोच्ने गर्छु।एक सर्वसाधारण नेपाnLलाई बचाउन होम्मिने मनोज जि ले कसरी गर्न सक्नु भयो आफ्नै हत्या?
तत्पश्चात केही महिना अघि मात्र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरका लागि अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनु भएको थियो।उहाँ कुसल कवि पनि हुनुहुन्थ्यो।बेला बखत साहित्यिक भलाकुसारी हुने गर्थ्यो।गत अगस्त महिनाको २८ तारिखमा नेपाली साहित्य समाज दक्षिण कोरियाले उहाँकै नयाँ रेस्टुरेन्ट “काठ्माण्डौं रेस्टुरेन्ट”मा गीति एल्बम “सहयात्रा” बिमोचन गरेको थियो।
उहाँ संग फोन र ईन्टरनेटको परिचय पुरानो भए पनि पहिलो पटक भेट भने अगस्ट २७ मा भएको थियो।हामी मान्छे भएर होला कोहि कसै संग भेट हुनु अघि कुनै माध्यम द्वारा बोल्यौ भने एक खालको परिकल्पना गर्छौ।”यो मान्छे चाहिँ पक्कै यस्तो हुनु पर्छ,उस्तो हुनु पर्छ।” भन्ने खाल्को।मेरो बिचारमा पनि मनोज जि ब्यवसायी मान्छे अलि ठूलो पल्टिने पो हुनुहुन्छ कि? भन्ने धारणा न आएको होइन।
तर सोचाइको एक्दमै बिपरित पाएँ।नम्र,भलाद्मी,बुझकी,आदर सम्मानले भरिएका शब्दहरु बोल्नु हुने मृदु भाषी हुनुहुदोरहेछ।म आफैलाई सर्मिन्दा बनायो आफ्नै सोचले।
त्यही भेटमा “अनेसास र नेसासले एउटा ऐतिहासिक कार्यक्रम गर्न पर्छ है कल्पना जि”भन्नू भयो।मैले उहाको प्रस्ताबमा स्विकारोक्तीको शिर हल्लाउदै सोधें।
“कार्यक्रम गर्न त गर्न पर्छ तर कस्तो कार्यक्रम गर्ने कुनै योजना पनि सोच्नु भएको छ कि,मनोज जि?”
“हजुर सोचेको छु।नेसास र अनेसास साहित्यिक संस्था भएकोले नेपाल बाट प्रसिद्ध साहित्यकारलाई बोलाउनु पर्छ।पहिला पनि अरु कुनै संस्थाले साहित्यकार सरुभक्तलाई बोलाएर सम्मान गरेको रहेछ।अब हाम्रो उपेन्द्र सुब्बा जस्ता कवि लेखकहरु…बोलाएर कुनै राम्रो कार्यक्रम राख्ने सोच हो।”उहाँले भन्नू भयो।
“अहो!निकै राम्रो सोच्नु भयो।तर हाल्सालै अलिक गाह्रो हुन्छ।अलिक पछि यो बारे छल्फल गरौला नि।”भने
“हुन्छ कल्पना जि तर नबिर्सनु होला है।”भन्न’भयो
मैले हाँस्दै भनेको थिएँ”कहाँ बिर्सन्छु होला र।”
त्यस पछि उहाँ होटलको काममा ब्यस्त हुनु भयो।म कार्यक्रम समापन तिर लागें।यहि दिन पहिलो भेटको अन्तिम संम्बाद पछि बिदाई भयौं।
दोस्रो पटकको भेट राजदुतावासको प्रांगणमा भएको थियो।मनोज जि पनि त्यो कार्यक्रममा हुनुहुन्छ भन्ने मलाई थाहै थिएन।उहाँले नै देख्नु भएछ र… परै बाट “नमस्कार कल्पना जि” भन्दै आउनु भयो।
मैले पनि बिनम्रताको साथ नमस्कार फर्काएँ।
आरामकुसलताको कुराकानी भए।
मनोज जि र म त्यहाँ पुग्नुमा फरक यत्ती थियो।
उहाँ दुतावासले संबिधान दिवसको उपलक्ष्यमा राखेको कविता प्रतियोगिताको एक प्रतियोगी सहभागी हुनुहुदों रहेछ । म निर्णायक मण्डलको एक सहभागी ।
उहाँले देश प्रेमको निकै मीठो कविता सुनाउनु भयो।उहाँको कविता श्रवण गर्ने त्यही अन्तिम दिन रहेछ।कार्यक्रम सकियो।म फर्किएँ।
फर्किएको तीन दिन पछि फेसबुकको भित्ता भरी देख्छु अकाल्पनिक समाचार र स्टाटसहरु…
“हार्दिक श्रद्धाञ्जली मनोज कुमार डांगी जि।”
आपत बिपतमा परेका अनगिन्ती मान्छेहरुलाई सम्झाउने।सहयोग गर्ने।एउटा नेपाली समाजको होनहार ब्यक्तित्व कसरी यस्तो भयो? सुन्ने बितिकै पत्याउन सकिन।उहाँको निकटको साथिभाईहरुलाई कल गरें।सत्य साबित भयो।शिर माथिको आकाश च्यातियो।खुट्टा मुनिको भुई भासियो।आज पृथ्वी मात्र घुमेन पृथ्वीको प्रत्येक कणहरु बेहिसाब घुम्न थाल्यो।मैले यो घुमाई थाम्न सकिन।आफ्नै टाउको समातेर थ्याच्छ बसेंछु।मनले सोध्न थाल्यो अनेक प्रश्न..
मनोज जि यो के गर्नु भयो?
किन र कुन तत्वले यस्तो दुस्कर्म गर्न प्रेरित गर्यो?
बिचरा भाउजू कसरी बाँच्नु होला?
परिवारले समाजमा कति कुराहरुको उत्तर दिएर बाँचोस?
…….क्रमशः
भोलि पल्ट दुई दिन भएछ।आफ्नै बसमा नभएको मनलाई आफैले सान्त्वनाको रुमाल बुन्दै ओढाई रहें यसै गरि….
मृत्यु अघिको तितामिठा अनुभुतीहरुको सांलो हो जीवन।यही जिबनलाई फर्की नआउने खोला सम्झेर सर्लक्क पिउन सक्यो भने तृप्त होइन्छ र पिउन सकिएन भनेर फुत्केर जान्छ आफ्नै हत्केलामा भएको समयको चंगा।
बुझेर बाँच्न जानियो भने सहज छ यो संसारको क्षणिक बसाइँ।कसै संग केही लिनुदिनुको अपेक्षा नराखी एक पेट खाएर एक मीठो निन्द्रा निदाउनु जीवन चक्रको पहिलो आधारभुत आवस्यकता भन्ने बुझियो भने सम्भवत त्यसै त्यसै सरल बनिदिन्छ जीवन शैली र तनाब मुक्त हुन्छ समयका एक-एक धर्साहरु।
यो धरतिको छातिमा पहिलो पटक अवतरण गर्दा प्राकृतिक(नांगै) आइन्छ र अन्तिम बिदाई मृत्यु पश्चात पनि नांगै गईन्छ।यति ध्रुव सत्य कुरा जान्दा जान्दै पनि भौतिकवाद भई दिन्छौ र आफैलाई दुख्ने,आफ्नो आत्मालाई दुखाउने काम पटक-पटक गरिरहन्छौ।
फलानाको महंगो ठाँउमा फराकिलो जग्गा छ।
-फलानाको आलिसान महल छ।
-चिल्लो कार चढेर हुइकिन्छ।
-फलानाले महंगो गरगहना र लुगा लगाउछ।
-बर्षौं प्रेममा बसेको प्रेमी/प्रेमिकाले छोडेर अन्तै लाग्यो।
-म केही गर्न सक्दिन पारिवारिक माग दिनकै बढी रहन्छ।
-कमाई भन्दा बढी ऋणको चपेटामा परेको छु।
-आफ्नो आत्माले स्विकार गरेको काम गर्न दुनियाले के सोच्लान के भन्लान।
-अहो!मलाई निको नहुने रोग लाग्यो।
-कति कुराहरु सुनेको भरमा पछि दौडिने।सत्यतथ्यको सामना गर्नु अघि नसर्ने।
-समस्याहरु संग डराउने।
आदि- इत्यादी कुराहरुले मष्तिस्कमा सोचाइको पिरामिड ठड्याएर घोत्ली रहन्छौ।प्रत्येक दिनको घोत्लाईले आफैलाई तनाबयुक्त डिप्रेसनको रोगी घोषित गर्छौ।
आखिरमा हुने केही होइन।उखान छ नि”बनको बाघले खाओस,न खाओस मनको बाघले अघि खाइ सक्छ।”यो भनाई सत्य हो जस्ले आफुलाई र आफ्नो जिबनलाई बुझ्न सकेको हुँदैन।उनिहरुमा यो उखान मज्जाले लागू हुन्छ।अन्तत यी यस्तै कुराहरुले आफुलाई संसारकै पिरको पहाड बोकेर हिँडेको सम्झेर आफुलाई रोगी मात्र बनाउदैनन कि आवेग र बिचारशुन्य बनाएर गलत बाटो अपनाइ दिन्छन।यहाँ सम्म कि आत्महत्या नै गरिदिन्छन।
आत्महत्या भन्ने बितिकै मान्छे भित्र चेतनाशुन्य भएपछि आफै माथि गरिने क्रुर ज्यादती हो।आत्महत्या गर्नेले त गरि जान्छन।बाँच्ने परिवारका सदस्यहरुले भोग्नु पर्छ अनेक शंका र उपशंका बिचको अन्यौल ग्रस्त जीवन।
जीवन अजम्बरी भए आत्महत्याको केही अर्थ हुन्थ्यो कि?आज कि भोलिको अनिश्चित समय व्यतीत गर्दै अघि बढिरहेको आफ्नो जिन्दगिलाई आफैले निर्ममता पुर्वक निमोठेर मार्नुले के औचित्य राख्छ र?
बाँचुन्जेल पृथ्वीमा अडिएका भौतिक बस्तुहरु एक अर्कामा मिलेर भोगचलन गर्ने हो तत्पश्चात ती बस्तुहरु यथावत छोडेर धरतिको गर्भमा विलीन हुनु त छदैनै छ।त्यसैले कोहि कसैले आफ्नो कालगतिको मृत्यु भन्दा अघि आत्महत्या गरेर न त समस्या समाधान हुन्छ।न त एक मुठी प्राण रहुन्जेल त्यो पनि मेरो,यो पनि मेरो भन्नुले केही प्राप्ती नै हुन्छ।
मैले पनि जिबनको तितामिठा भाग खाँदै,उकाली ओराली हिड्दै,अँध्यारो उज्यालो छेक्दै,घाम पानी छेल्दै यहि संसारको दुई पाइला भुगोलमा टेकेर जिवित हुनुको प्रमाण ब्रह्माण्डलाई दिई रहेकी छु।केही समय अघि सम्म जीवन निकै कठिन लाग्थ्यो र बाँच्नु मै सबै भन्दा ठूलो चुनौती सोच्थें।
यो सत्य हो।त्यो बेला जीवन निकै भारी लाग्थ्यो।यस्तो लाग्थ्यो पिर,चिन्ता,तनाबको पृथ्वी मेरै थाप्लोमा छ।मलाई जति अरु कसैलाई दुखै छैन।सानो सानो देखि ठूलो ठूलो समस्याले गर्दा म यति बिघ्न कम्जोर भइ सकेछु।जस्तो कि.
पारिवारिक कर्तब्यमा अलिकती चुक्ने बितिकै चिन्ता।
-कसैले केही पैसा,मालसामान माग्ने बितिकै आफुले सर्लक्क दिन नपाउदा चिन्ता।
-अपेक्षित भौतिक बस्तु र सम्बन्धित ब्यक्ती बाट आदर सम्मान नपाउदा चिन्ता।
-आफ्नो सबै भन्दा पृय मान्छेले अरु दिनकै ब्यवहारमा थोरै परिवर्तन गर्दा चिन्ता।
-आउने समयमा फोन मात्रै आइदिएन भने चिन्ता।
-कमाएको पैसा सेभ भएन चिन्ता।
-सबै साथी बिदेश पसेर दुनिया गरे मैले अझै केही गर्न सकिन त्यही चिन्ता।
-मैले मन पराएको मान्छेले मलाई नै हेरेन चिन्ता।
-बिदेश पसेको बर्षौं भए पनि गरिबिको रेखा छिचोल्न नसक्दा चिन्ता।
-बल्ल बल्ल बिदेश भनेर त आएँ तर कम्पनी नै बन्द भयो अब के गर्ने?
-हस्पिटलको बेडमा हुँदा ऋणीले आफुले दिएको ऋण माग्यो झन चिन्ता।

यस्ता पनि चिन्ता गर्ने बिषयहरु हुन?
आज सोच्ने गर्छु मेरो चिन्ताले यी सबै समस्या समाधान भए त?
त्यो बेला यस्तै यस्तै नानाथरी कुराले मुटु चर्काउने गर्थ्यो। त्यसमाथी चर्केको मुटुमा कालो मनले बेस्कन खोर्सानी र नुनको मल्हम दल्ने काम गर्थ्यो।भनिन्छ नि मान्छेको आत्मा भित्र दुई सोचहरु हावी हुन्छन भनेर।
हो जब सम्म आफुले आफुलाई सकारात्मक सोच राखेर ब्यवहारमा उतार्न सक्दैनौ त्यो बेला सम्म मान्छेका हरेक काममा कालो मनले आफ्नो कालो जादुको प्रयोग गरिरहन्छ।तसर्थ उल्टो सुन्छौ।उल्टो देख्छौ।उल्टै बोल्छौ।वरपर सबै नराम्रो देख्छौ।र मैले पनि त्यस्तै देख्थें।बोल्थें र त्यस्तै त्यस्तै भई सकेको थिएँ जुन हुन नपर्थ्यो।रोगी अर्थात डिप्रेसनको रोगी।
कसैले उपचार गर्नु पर्छ हस्पिटल जानू पर्छ भन्दा आफै माथी खिल्ली उडाएको जस्तो लाग्ने।रिस उठ्ने।एक्लै धुम्मिएर बस्न मन लाग्ने।आफ्नै मनको कल्पना भित्र अनेकानेक सोचहरुको बबण्डर ल्याएर हुरि भित्र रुमलिन मन लाग्ने।सोच्दा सोच्दै बिशाल भुमरिमा परेको आभास हुन्थ्यो।मन भित्रका अनेक उथल पुथल कसैलाई भनेर आफू हलुङ हुन चाहन्थें तर डर लाग्थ्यो उल्टै बिश्वास घात भयो भने?हो,त्यो बेला कसैले मायालु तरिकाले बोलाइ दिएन भने त्यही मुर्छा पर्दो रहेछु।
बिउँझिदा हस्पिटलको बेडमा लमतन्न हुन्थें।झन रिस उठ्थ्यो।सबै सल्यान पानीको तार चुडाएर डाक्टर र नर्सलाई बाँधिदिएर भागौं जस्तो लाग्थ्यो।मलाई धोच्ने सुई खोसेर मलाई हस्पिटल पुर्याउने साहु र साथिहरुलाई नै घोचिदिउ जस्तो लाग्थ्यो।
यसरी पटक पटक हस्पिटल पुग्दो रहेछु।कमाएको ७०% आफ्नै उपचारमा सकिन्थ्यो।झन ऋण माथी ऋण थपिदै गयो।शरीर कम्जोर हुँदै गयो।बाँच्न नसक्ने स्थितिमा पुगिसकेछु।आशाको किरण कतै देखिदैन थियो।चारैतिर औँशीको रात मात्र देखा पर्थ्यो।संसार सारा बाट आड,भरोसा,बिश्वास उठि सकेको थियो।ती दिनहरुमा कहिले राम्रो निदाएको याद छैन।प्रत्येक साँझ स्लिपिङ ट्याब्लेट लिएर निदाउने कोसिस गर्थें।कोठा नजिकै धानखेत थियो।लहलह धानको बाला लहलाउदै हुन्थ्यो।म त्यही आलिमा गएर घोत्ली रहन्थें।
साथी आत्तिएर घण्टौ खोज्नु हुन्थ्यो।अन्त्यमा मलाई देखे पछि(भेटे पछि) संसारको सबै भन्दा ठूलो सफलता प्राप्ती भएको अनुभूति साथ मलाई मुसार्नु हुन्थ्यो र आफ्नो सन्तानलाई जसरी सम्झाउनु बुझाउनु हुन्थ्यो।म पनि गह्रौ मनले ठूलो चौतारी पाएको प्रतीत गर्दै उहाँकै काखमा शिर राखेर घण्टौ रोएर बस्थें।मेरा ती काला दिनहरुमा मलाई कहिले हकार्नु भएन।गाली गर्नु भएन साथै सम्झाउन पनि कहिले छोड्नु भएन।यो व्यवहार नै मेरो डिप्रेसनको सबै भन्दा अचुक ओखती साबित हुँदै गयो।
मेरो स्वास्थ्य र मानसिक अवस्था दिनप्रतिदिन बिग्रदो थियो।उपचारको केही अर्थ थिएन।मेरो हालत बाट हार खाएर एकदिन मलाई हेर्दै उहाँले बरर आँसु झार्नु भयो र बिलौना गर्न थाल्नु भयो।मेरो जिबनको महत्व बुझाउदै मेरो मुटुको रोगी बुवा सम्झाइ दिनु भयो।प्यारालाईसिस भएको आमा सम्झाइ दिनु भयो।वहिनिको सानो अस्वस्थ्य नानी सम्झाइ दिनु भयो।जस्को जीवन बचाउन कोरियामा कमाएको सबै दाउ लगाएको थिएँ।उनिहरुको लागि मै मुल खाँबो थिएँ।उनिहरुको लागि बैषाखी थिएँ।म बिना उनिहरुको जीवन कस्तो होला भनेर कल्पना गर्न लगाउनु भयो।यस्तै यस्तै जिम्मेवारी र भावनाको कुराले सुकेको कुवामा जिबनको रस भर्न बाध्य पार्नु भयो।आजको सुर्य डुब्दैमा आत्तिनु हुन्न भोलि फेरि उदाउने छ त्यो सुर्य मात्र तपाइको लागि भनेर लाखौको सान्त्वना दिनु भयो।जब बा,आमा र नानिलाई सम्झिएँ।आत्तिएँ।डराएँ।कुद्देर गएर ऐना हेरें।त्यो ऐनाको बिम्ब हास्दा डिम्पल पर्ने म कल्पना थिइन।कुनै प्रयोगशालाको कंकाल मात्र थियो।
हो!त्यो पल म आफ्नै मायाले कहालिएर रोएँ।अत्याधिक रोएँ।ऐना हेर्दै आफनै मायाले रोएँ।म भित्रको मेरो ईश्वरहरु आमा बुवालाई सम्झेर रोएँ अनि रोगी सानी नानिको ईश्वर हुनु पर्ने मै यस्तो अवस्थामा कसरी पुगें सम्झिएर रोएँ।आफ्नै शरिरको अंगहरु बाट १६ kg मासु कसरी गलेर सकिएछ सम्झिन नसकेर रोएँ।जीवनमा त्यही दिन अन्तिम पटक रोएँ।र आफै संग बाचा गरें”म कहिले रुने छैन।कहिले निरास हुने छैन।कहिले कसै बाट केही कुराको अपेक्षा गर्ने छैन।खुशी भएर बाँच्ने छु।धरती भएर हरेक असाहयलाई सकेको सहयोग गर्ने छु।”
यति बेला सोच्न आयो”समस्या भनेको आत्महत्याको पाटो होइन,जीवन जिउने बाटो हो।समस्या नहुँदो हो त हामी हुंदैनौ थियौं।”
अन्तत जीवन जिउनको लागि आई पर्ने बाधा अड्चन,साह्रो गाह्रो सजिलै पहिल्याउन आफैले एउटा मन्त्र तयार गरें।
“जीवनको अन्त्य छ।”यो अन्त्य हुने जीवनमा रिस,राग,द्वेस,लोभ,मोह,घमण्डको के अर्थ छ र?भन्ने कुरा सम्झी हाल्छु।रिस शान्त हुन्छ।सबै सहज लाग्छ।यति मन्त्रको याद मात्रले धेरै कुरामा सकारात्मक भई जान्छु।
यो सबै सम्भब एउटा असल साथिको कारणले भएको हो।उहाँकै सहनसिलता,धैर्यता,माया र स्याहारको फलस्वरुप ओईलाएको म पुन फक्रीएकी छु।उहाँ अरु कोहि नभएर गंगा पौडेल हुनुहुन्छ।त्यसैले एउटा मान्छेको लागि एउटा असल साथी अपरिहार्य छ।जो संग सुखदुख,हाँसो खुशी र आफ्ना गोप्य भन्दा गोप्य हरेक कुरा गर्न सकियोस।अनि आफू कसैको लागि त्यस्तै बिश्वासीलो साथी बन्न सकियोस।

अन्ततः आत्महत्या मानसिक रोगको उपज हो।आफ्नो अराजक मानसिकतालाई आफ्नै बौद्धिक बिचारले निखार ल्याउन सकेन भने दुर्घटना निम्त्याउछ।मानिसको जिबनमा आत्महत्या नै एक यस्तो गल्ती हो,जो कदापि पश्चातापको मुर्हत लिएर आउदैन।त्यसैले जिबनलाई सरल तरिकाले जिउन सिकौं ताकी हरप्रहरको उतेजित र कठिन समयलाई सहज र सामान्य तरिकाले निर्मुल पार्न सकौ।
आत्महत्या रोक्न सकिने सबै भन्दा राम्रो र उपयुक्त तरिका भनेको आत्मज्ञानलाई बिकास गराउनु हो।आफ्नो आत्माको ईश्वर अर्थात अन्तरमनको शक्तिलाई अझ ससक्त बनाएर आफू मात्र नभएर आफू जस्तै मानसिक रोगिको उद्दारमा लाग्न सकिन्छ र सकौ ।

(धरती नेपाली साहित्य समाज दक्षिण कोरियाको अध्यक्ष हुन् ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...