मिसिङ दशै


विदेशको दशै । दशै हुने कुरै भएन । एउटा रुटिन छ जिन्दगीको । बिहान उठ्ने अर्लाम सेट छ । सुत्ने समय थोरै छ । हिजो, आज र भोलीका काम उस्तै छन् । विगतका दिनका दशै सम्झन्छु । रमाइलो थियो ।
अलि बच्चै समयमा ज्यादै रमाइलो हुन्थ्यो । खुब मज्जाको पानी परेपछि सुरु हुन्थ्यो घाम । घाम लाग्नु भनेको दशै आउनु जस्तैथ्यो । दशै लाग्नु भनेको रमाइलो हुनु नयाँ लुगा आउनु अनि मिठो खानुथ्यो । त्यो भन्दा बढि चाही स्कुल बिदा पाउने अनि मामा घर जान पाउने कुरा थिए ।

बा काठमाडौ तिरबाट आउँथे । उनले अरु घरयासी सामान ल्याउथे । हामी दाजुभाइका लागि कमिज सुरुवाल आउँथ्यो । प्रायः निलो रंगको पुलिस्टारको । लुगा तयारी हुदैनथ्यो । सिलाउन जान पर्ने ।
लुगा सिलाउने गाउँ साढे दुई घन्टा टाढा थियो । बा सबैको लुगाको नाप लिन्थे । लुगा छेक्नु भन्थेक्यारे । नाप लिने तरिका गज्जब थियो । बा थरि थरिका डोरी ल्याउँथे । भाइको लागि हरियो डोरीले नाप्यो । मेरो लागि कालोले । दाइका लागि सेतो । कमिजका लागि डोरी नाप्दा घाँटी छेउबाट डोरी तान्थे घुँडासम्म । अनि त्यही डोरीमा फेरी कुम देखि हातको पञ्जासम्म बाहुला नाप्थे । सानो सानो गाँठो पार्थे । सुरुवालको लम्बाई नाइटो देखि नापेर र्कुकुच्चा पटिको भुँइसम्म तान्थे । सबैको नाप सकिदा बाको हात भरि डोरी हुन्थ्यो । घरमा काम नभएको बेला लुगा सिलाउने ठाउँमा बासँग जान पाइन्थ्यो ।

लुगा सिलाउने ठाउँमा जानुको फाइदा थियो । जिउ अनुसारको तयारी लुगा । बाले डोरीमा नापेर लगेको लुगा जहिल्यै ठूलो हुन्थ्यो । बढ्नेका लागि अलि ठूलो सिलाउनु पर्छ । बा यसै भन्थे । बेलुकी लुगा लाउने बेलामा मेरो लुगा दाइलाई ठीक हुने मलाई भाइको । त्यसैले बाले छेकेको लुगा मरि गए मन नपर्ने । हेर्दै ह्वाङलाङ ह्वाङलाङ ।

लुगा सिलाउने बुढा थिए । तिनलाई सबैले काले दमाई भन्थे । हामी बाजे भन्थ्यो । मोटे मोटे दाह्री जुँगा झ्याप्प पालेका खाइलाग्दा थिए । तिनको सानो हाते कल थियो । त्यो ख्याट ख्याट गरेर बज्थ्यो । जहिले जाँदा पनि तिनी त्यही कल ख्याटख्याट पारी बस्थे ।

दशैमा लुगा सिलाउनेको भिड उस्तै । लुगाका चाङ हुन्थ्यो ।
ति काले बाजे बा तिर फर्केर भन्थे ‘ज्वाइ नारान आउनुभाछ । अलि पहिले नै ल्यानु पर्ने आज त भ्याइदैन होला ।’

‘मिलाएर गर्दिनुन ।’ बा आग्रह गर्थे ।
‘आज नभ्याउने नै हो ज्वाई । बिष्टहरु सबैलाई दशै लागेको छ । कसरी भ्याउने होला र ?’ काले बाजे सुर्ति सल्काउदै भन्थे ।
‘बाजेलाई म हेरौला नी ।’ बा काम नबन्ने पक्का जस्तो भए पछि घुसको आस देखाउथे ।
काले बाजे एक सुरले काम गर्थे । अरु मान्छे हामी भन्दा अघि छन् भने ‘तिनलाई हेरेर भन्थे म भोली तंपाईकोमा आफै लिएर आउँछु । आज फर्कनुस् । लुगा छेकि हालियो ।’ हामी पनि त्यसरी एक दुई पटक फर्किका छौ । ती बाजेले आफै कहिल्यै ल्याएको सम्झना छैन ।

नयाँ लुगा लाएको दिन लुगाबाट गज्जबको बास्ना आउँथ्यो । हैट दाजुभाइ नै कस्को लुगाबाट बढि बस्ना आउँछ भन्यो । बाजि लायो ।
केटा मेरो लुगाबाट तेरो भन्दा बढि बास्ना आछ ।
होइन मेरोबाट बढि हो । दाइ भन्थ्यो ।
होइन मेरोबाटै हो ।
मेरो जतिको लुगाको बास्ना त राजाको लुगाबाट पनि आउँदैन बुझिस । मेरो कुरा सुनेर दाइ ट्वा पथ्र्यो ।
त्यो बेला जे कुरा गर्न पर्यो भने पनि राजाका कुरा हुन्थे । यो भारि बोक्न सक्छस् ।
के को सक्नु राजाले त सक्दैन । कता मैले सक्नु ?
यो रुख चढ्न सक्छस् ।
सक्दिन । राजाले त सक्दैनन् । कता मैले सक्नु ?
जे पनि राजा । केही बढि गाह्रो गर्न पर्यो कि राजा ।

पछि गाउँ तिरको पढाई सके पछि राजाको सहर छिरियो । त्यस पछिका दशै पहिले झै नभए पनि रमाइलो नै हुन्थ्यो ।

पहाडको घर । परिवारसँग भेटघाट । साथीभाइसँग कुराकानी । रमाइलो । एक महिना पहिले देखि नै घर जाने चटारो । बसको टिकट बुकिङ । किनमेल थोरै भए पनि हुने । आमा भन्थिन् अरु केही ल्याउनु पर्दैन मसला चाही नर्बिसि ल्याहै । मसला भनेको तीन सय रुपैयामा एक किलो जिरा पाइन्थ्यो । १२ मसला भनेर बेच्ने अर्को एक किलो मसलालाई पाँच सय जति रुपैया खर्च हुन्थ्यो । मैले घर जाँदा लाने मुख्य सामान भनेकै त्यति थियो । घरबाट पनि धेरै आशा हुदैनथ्यो ।
टिकट हुँदा सिटैमा बसमा गइन्थ्यो । नभएको बेला छतमा सरर । कति दशै छतको यात्रामा गाउँ पुगेको छु । त्यसको पनि आफ्नै मज्जा छ । पानी परेन भने खुब रमाइलो हुन्छ । जुन बसको पनि छत खाली हुने कुरै भएन । बाटो बाटोमा बस्ने पुलिसले भने दुःख दिने । सके सम्म मिलाउथे ड्राइभर खलासीले । नसके हिडेर अघि जान भन्थे । पुलिस बसेको ठाउँ हिडेरै कट्यो । अनि बस चढ्यो ।

दशैमा गाउँ देखि टाढा भएका आफन्तहरु  र साथीभाइ जता गए पनि भेट हुने । उमेर ढल्कदै गरेका बाजे छन् । तिनै बुढाले टिका लगाउँछन् । मावाली घरमा बुढी हजुरआमा छन् । तीनले आर्शिबाद दिन्छन् । फुर्सदको बेला घुम्नुको मज्जा अर्कै हुन्थ्यो ।

पिङ खेल्नलाई अर्को गाउँ पाँडेखानी पुगिन्थ्यो कहिले पैती । सबैको बजार भैसेडाँडा त सबै पुुग्ने पहिलो थलो भैहाल्यो । कहिले कही रोटे पिङ खेल्न दुई गाउँ टाढा खोरन्डेसम्म पुगिन्थ्यो । पिङमा नयाँ नयाँ केटाकेटी आउँथे । ती कता कताका आफन्तमा टिका थाप्न आउने हुन्थे । दुई गाउँ पर तिर त धेरैलाई हामीले पनि चिन्दैनथ्यो । त्यसैले नयाँ हुने । नयाँ केटीहरुसँग दाइहरु के के गरेर गफिन्थे । आफूलाई पनि खुब रहर लाग्ने ।

न बोली राम्रो छ न ज्यान । सँगै गएका साथीहरुसँग केटी झ्यामिन्छन् । आफु मनको लड्डु खायो बस्यो । पछि पछि मनको लड्डु पनि खान छाडियो । कहिल्यै केही नभए पछि । अंगुर खान नसके पछि फ्याउरोले अमिलो पो हुन्छ भने जस्तै । पिङका रमाइला धेरै छन् ।

दशैका यादहरु ताजै छन् । समय हो फेरी रहन्छ । पहिले कुरा सम्झना बन्ने भए । अझै ताजै छन् । एकदम फे्रस ।
दशैको बेलामा हिन्दु धर्म मान्नेहरु रातो टिका लगाएर पिङ खेल्ने ठाउँम पुग्थे । हामी तामाङहरु चाहि सेतो टिकामा पुग्थ्यो । टिकाको दिन एक छिन भए पनि भुँई छोड्नु पर्छ रे । यो पुरानो भनाई हो । एक पटक भए पनि पिङमा मच्चिनु पर्छ । पालो पर्खेर खेलिन्थ्यो ।

अहिले घरगाउँ दोलखाको शैलुङमा हाम्रो घर छैन । गोठ मात्रै छ । घर भुकम्पले भत्काएकोले नयाँ बनेको छैन । पुरोनो घर हुँदा बाजे विहानै आउँथे । सबै जम्मा हुन्थ्यौ । ठूलो भाँडोमा भात पकाइन्थ्यो । खाने मान्छे घेरै हुन्थ्यौ । बाजेका दुई भाइ छोरा । दुई भाइ छोराका छोरा नाति नातिनी गर्दा दुई दर्जन पुग्ने छौ । धेरै दाजुभाइ जम्मा हुनुको मज्जा अर्के थियो ।

तास खेलेर रमाइलो गर्ने पनि अर्को चलन हो । आफ्नै दाजुभाइ बीचको रमाइलो पनि हो त्यो । मानौ बितेका दिनका दशैहरुमा धेरै रमाइला थिए । तर अहिले विदेशमा हामीलाई दशै भन्ने थाहा भए पनि विदेशीलाई थाहा हुने कुरै भएन । त्यसैले जस्तो दिनमा पनि जिन्दगीको सुई उस्तै छ । कति बजे उठ्ने हो उठिन्छ । कति बजे सुत्ने हो सुतिन्छ । फरक भनेको घर मिस हुन्छ । बुढा बाजे, बज्यै मिस हुन्छन् । दशै, पिङ र साथीभाइ मिस हुन्छन् । बिषेश गरेर सबै परिवार जम्मा भएर ठूलो भाँडोमा पकाएको भात र बंगुरको मासु मिस हुन्छ । बिदेशमा टिकाको दिन पनि पिङ खेलेर भुँइ छाड्ने कुरै आएन । आइयाम मिसिङ दशै ।

[email protected]

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...