गरिब बिद्यार्थीलाई सहयोगार्थ भक्तपुर समाजले नोभेम्बर २७ मा पुल प्रतियोगिता गर्ने
सउल
भक्तपुर समाज दक्षिण कोरियाले नोभेम्बर २७ तारिक आइतबार दोन्देमुनको पुजा रेस्टुरेन्टको माथिल्लो तल्लामा रहेको शेर्पा पुल हाउसमा पुल खेल प्रतियोगिता गर्ने भएकाछन् ।
खेलको माध्यमबाट एक अर्कामा भाईचारा र सद्भाव बढाउदै असाहय तथा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धी सहयोग गर्ने उद्देश्यले सो पुल प्रतियोगिता गर्न लागेको समाजले जनाएको छ । कोरियामा रहनुहुने सम्पुर्ण संघसंगठनका प्रतिनिधिज्युहरुले साङगठानिक वा ब्यक्तिगत रुपमा आआफ्नो टिम दर्ता गराइ सामाजिक कार्यमा हातेमालो गरि सहयोग गरिदिनुहुन आयोजकले आग्रह गरेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५००००० (पाँच लाख) कोरिएन वोन र प्रमाणपत्र तथा दोस्रो पुरस्कार ३००००० (तीन लाख) वोन र प्रमाणपत्र राखिएको छ । प्रतियोगितामा नाम दर्ता शुल्क ५०००० वोन र एलियन कार्ड को फोटोकपि उपलब्ध गराउनु पर्ने छ । (नाम दर्ता को लागि फेसबुक भाइबरबाट पनि गर्न सकिनेछ)
नाम दर्ता शुल्क उरि बैंक खाता न. 1002546307718 (रमेश गिरि) मा जम्मा गरेपछि मेसेज वा कलबाट जानकारी गराउनुपर्ने छ ।
प्रतिस्पर्धामा आयोजकले बनाएको नियम लागू हुनेछ ।अन्तिम निर्णय आयोजकको सर्बमान्य हुनेछ।
नाम दर्ता को लागि सम्पर्क
रमेश गिरि – 010 4897 9127
रन्जित भारती – 010 4837 1292
राम पोख्रेल – 010 3302 1819
रोशन नेमाफुकी – 010 7326 7055