उत्तर कोरियाले सन २०२० सम्म सय वटा आणविक हतियार निर्माण गर्नसक्छ
सोल –उत्तर कोरियाले सन २०२० सम्म अमेरिकाको मुख्य भुभागमा आक्रमण गर्न सक्ने आणविक हतियारको संख्या ५० देखि सयसम्म निर्माण गर्न सक्नेछ ।
कन्जरभेटिभ रयाण्ड करपोरेसनले दाबी गरे अनुसार लामो दुरीको आणविक हतियार निर्माण गर्ने दाबी गरेको हो ।रयाण्डको रिपोर्टमा भनिएको छ उत्तर कोरियासंग प्रशस्त आणविक हतियार निर्माण सामाग्री भएको अनुमान गरिएको छ ।
तत्काल १३ देखि २१ आणविक हतियार निर्माण गर्न सक्ने सामाग्री रहेको छ । सन २०२० देखि २५ सम्म लामो दुरीको ब्यालेस्टिक मिसाईल, समुद्रबाट मार हान्न सक्ने मिसाईल बनाउन सक्ने तर्क गरेको छ ।
रयाण्डले अमेरिकी सेनालाई दिदैं भनेको छ यदि सुरक्षित आणविक सेनाको तयार गर्न सक्यो भने उत्तर कोरियाले युद्धको लागि तयारी गर्नेछ ।