पारदर्शी बन्ने कि ?


कोरियाको ठूलो चाड छुसक । त्यही मौकामा दक्षिण कोरियामा म्युजिकल कन्सर्ट गर्नेहरुको भ्याइ नभ्याइ थियो । हेर्न चाहनेलाई च्वाईस थियो । कस्को कार्यक्रम कहिले हेर्ने ? कोसँग गएर हेर्ने ? किन हेर्ने ?
कलाकार फरक थिए । गीतसंगीत फरक थिए । आयोजक पनि फरक हुने नै भयो । सबैका कन्सर्टवालाका साझा कुरा पनि थिए । लागेको खर्च कटाएर हुने परोपकारी काम गर्ने गराउने । वा क्या राम्रो तरिका । मनोरञ्जनसँगै समाजिक काम । मनमा लाग्यो ।

पत्रकारिता गर्दा ताका चितवन धेरै पटक पुगेको छु । बजारमात्र होइन दुर्गम चेपाङ बस्ति पनि हेरेको छु । आदिबासी जनजाति चेपाङका अबस्था बिजोग लाग्दो छ । चितवन जस्तो विकासले धपक्कै बोलेको ठाउँमा हाइवे छोडेर आधा घन्टा गाडीमा गुडे पछि पुगिने शक्तिखोरमै भएका चेपाङका घर र जीवनले चटक्क दुखाउँछ । बालबालिकाका अबस्थाले झन रुवाउँछ । कहिल्यै नकोरेको कपाल । कहिल्यै नधोएका चरचरी फुटेका हातखुट्टा । धेरै चोटी च्यातिएर फेरी सिउँदा सिउँदा फेरि च्यातिएको पुरानो घाँघर । अबस्था एकका होइनन् धेरैका उस्तै थिए । शक्तिखोरमा पुगेका धेरै एनजिओ आएनजिओले दुई पाइलामा पुग्ने ठाउँमा भएका तिनका अबस्था देखेन वा देख्न चाहेन ।

शक्तिखोर बजारमै हाइस्कुल छ । त्यहाँ चेपाङका छोराछोरीका लागि स्कुलको व्यवस्था छ । दुई दर्जन जति मात्रै बालबच्चा राखेर पढाउने कोटा छ । त्यो भन्दा बढि स्कुलले राख्न सक्दैन । त्यो धेरै बर्ष देखिको थिति हो । केही आर्थिक सहयोग भए हामी बिद्यार्थी बढाएर राख्न सक्थ्यौ । स्कुलले म पुग्दा भनेको सम्झन्छु । पत्रकारका अप्ठ्यारा भनेकै त्यही हो आफै केही गर्न सक्दैन । भएको प्रकाशन, प्रशारण गर्र्ने गराउनेमात्रै हो ।

कोरियामा छुसकका समयमा चितवन समाजले असाहय बालबालिकाका लागि कन्सर्ट भने पछि त्यतै जान मनलाग्यो । आयोजक खर्च कटाएर कुनै चेपाङका छोराछोरीलाई सहयोग गरे धेरै हुन्थ्यो । यस्तै लाग्यो । त्यही कार्यक्रम हेरेँ ।
छुसकको पहिलो दिन । त्यही भएर होला कार्यक्रममा धेरै मान्छे थिएनन् । चितवन सम्पर्क समितिले गरेको यो कार्यक्रममा नाफा भो कि घाटा भो ? चितवनका बालबालिकाले सहयोग पाउँछन् कि पाउँदैनन् होला ? थाहा भएन । कार्यक्रममै गायक राजु लामाले पचास हजार दिने कुरा गरे । सबैले तालि बजाए । अरुले पनि सहयोगका कुरा गरे । राम्रो कामका लागि भनियो ।

कति पैसा कलाकारलाई दिइयोहोला ? कति सोजुपानीमा सकिएहोलान् ? अतिथी सत्कारमा खर्च कति भो ? हल खर्च, टिकट बेच्नेलाई कमिसन, भैपरी खर्च कटाएर आयोजकले कति वन बचाए होलान् । जान्ने खुलदुली भैरह्यो । बहीखाता सबै नसुनाए पनि मोटामोटी त भने हुने नी ।

एक हप्तामा भन्लान् । भनेनन् । बिदाको बेलामा खाएको सोजुको ह्याङ बाँकी नै होला । भन्लान् नी बिस्तारै । यस्तै लाग्यो । दोस्रो हप्ता तेस्रो हप्ता हुँदै पुरै महिना बित्यो । साथीहरु पैसा गन्दै पो छन् कि भनौ भने नेपोथ्यवाला भन्दा अरुलाई त्यत्रो टाइम नलाग्नु पर्ने ?

संसारमा कन्सर्ट गर्ने पेसा नै पनि छ । नाफाका लागि कार्यक्रम गरिन्छ । यस्ता आयोजकले हामीले नाफा गरेको धन सामाजिक काम गर्छौ भन्दैनन् । जान मन लागेकाहरु जान्छन् । पैसा खर्चिन्छन् । सकियो । सामाजिक सेवाका लागि भनेर गरिने कार्यक्रमहरुका कुरा अलि फरक छन् । टिकट महंगा नै भए पनि धेरै मान्छे जान्छन् । नगए पनि टिकट किन्छन् । यो टिकट किन्ने सबैले थोरै भए पनि सामाजिक काममा सहयोग गरेका ठान्छन् । आयोजकले कार्यक्रम सके पछि सबै कुराको हिसाब किताब धेरैले थाहा पाउने गरि प्रकाशन, प्रसारण गर्छन् । यसो गर्दा हरेक टिकट किन्नेलाई के गर्ब हुन्छ भने मैले पनि समाजका लागि केही गर्न सकेँ ।

अहिले दक्षिण कारियामा धेरै संघसंगठन छन् । तिनले कहिले चिठ्ठा कहिले फिल्म कहिले कन्सर्ट गरेका गरेकै छन् । आयोजकहरुले सामाजिक काम गर्छु भनेका भनेकै छन् । साँच्चै चाही कतिले गरेका छन् ? छन् भने कहाँ कति कति गरेका छन् । सबैलाई सुनाइ दिए भो । देखाइ दिए भो । सामाजिक सञ्जाल छन् । छुसकका कन्सर्टका विज्ञापन एक महिना हुँदा पनि नहटाउने एक से एक अनलाईन न्युज पोर्टल छन् । अरु बेला घन कुटेर धन कमाए पनि आइतबारे साप्ताहिक बिदामा पत्रकार भै टोपल्ने हामी पनि छौ । तंपाईका इन्फरमेसन मिलाएर चिया पनि नखाइकनै समाचार बनाउँला । स्वच्छ पारदर्शी संघसंंस्था बनाऔ । अरुलाई यस्तो भएन उस्तो भएन धेरै भनियो आफै पनि उदाहरण भएर देखाऔ ।
होइन भने दिनको १६ घन्टा एलसिमी गरे पछि महिनाको दुई लाख रुपैया झर्छ । त्यसबाट जाबो नेपाली २५ सय रुपैया जति पर्ने एउटा टिकटका लागि यत्रो लेख । लाग्न सक्छ । तर गर्छु भनेर नगर्नेहरुलाई किन चार घन्टा आफ्नो सासै जाला जसरी पाल्ली पाल्ली गरेको पैसा दिने ?

[email protected]

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...