व्यवसायिकताबाद
सन्तोष दाहाल , दक्षिण कोरिया
धेरै पटक लेख्नको लागि कापी कलम ठिक्क पारेर बसे तर यो मोबाईल को स्क्रिन ले मेरो ध्यान अन्तै मोडिरह्यो ।बेला बेलामा आइरहने नोटिफिकेसनहरुले बिसय प्रतीको ध्यानलाई अन्यत्र मोडिहाल्यो अनि मोबाईल हेर्यो साथीहरूका स्टाटस पढ्दापढ्दै मनमा आएका भाबनाहरु अगि हराई सक्थे। पुन कापी कलम दराजमा थन्क्यायो यो क्रम निरन्तर चलिरहेको छ। जुन समयमा सञ्चारको पहुच आज जस्तो ओछ्यान -ओछ्यानमा थिएन त्यो समयमा आफ्ना कुरा सुनाउन र अरुको कुरा सुन्न चिया चौतारी हरु क्यन्टिन हरु विभिन्न सार्बजनिक स्थानहरु बिबाह भोज पार्टी याबत मानिस जमघट हुने ठाउहरु समाज राजनीति अर्थतन्त्र बिकास देश विश्व आदि आदि का बिसयमा छलफल गर्ने थलो बन्थ्यो भनेर समाजशास्त्री हरुले बिचार यी र यस्ता ठाँउ बाट जन्मन्छन भनेर उल्लेख गरेको पढ्न पाइन्छ।तर आजको समयमा आधुनिक सञ्चार माध्यामहरु बिचार बहसका गतिला साधन बनेका छन।जहाँ क्षण भरमा हजारौं कुरा सुन्न हेर्न र आफ्ना कुरा राख्न सकिन्छ। समाज परिबर्तनको सन्दर्भमा आजको समाजको गतिशीलता अत्यन्त तिब्र छ।
केही समय अगि पत्रकार प्रेम बानियाँका बिषयमा धेरैका मोबाईलका स्कृनहरुमा सकारात्मक नकारात्मक क्रिया प्रतिक्रियाहरु आएका थिए।नेपालको आजको परिवेशमा केही गरौ भन्ने सकारात्मक भाबनाको सञ्चार गर्ने ब्यक्ती आफै देशबाट बाहिरिनुले त्यति सकारात्मक सन्देश दिइरहेको छैन। त्यसैगरी कुनै एउटा ब्यक्ती देश भित्र बस्दामा मात्रै देशको लागि केही गरिरहेको हुन्छ भन्ने मात्रै पनि होइन।देश भित्रै बसेर देशलाइ कंगाल बनाउने पनि यहाँ धेरै छ्न र देश बाहिर बसेर पनि नेपालको समृदिमा योगदान गर्ने मान्छेहरु पनि नभएका होइनन्।यो मानिसको भावना र प्रबृतिगत कुरा हो।मुख्यतय उसको उदेश्य के हो यसले फरक पार्दछ। कोहि पनि मानिस आफैंमा एउटा क्षमता हो। यदि समान अबसर पाउने हो भने यहाँ धेरै प्रेमहरु जन्मने थिए र क्षमता ले भ्याएसम्म देशलाइ प्रेम गरिरहेका हुनेथिए,योगदान गरिरहेका हुनेथिए। बस्तुगत तत्कालीन परिवेश र घटनाक्रमहरु मानिसको सोचाइ बिचार र छलफलका बिषयहरु बन्दारहेछ्न।
अहिले हामी नेपालिहरुले गर्ने बहस छलफलका बिषय भनेको नेपाली समाज राजनितिक घटनाक्रम हरुनै रहेछ्न। नेपाली समाजलाइ कुनै एक कोण बाट मात्र ब्याख्या गरियो भने त्यो अपुण हुन्छ जस्तो लाग्छ।जस्तो नेता, प्रशासक , ब्यापरी, यो उ खतम भएर देश बिग्रीयो बिकास हुन नसकेको हो वा भनौं भारत जस्तो छिमेकी भएर अज हामि भुपरिबेश्ठित भएर नेपालको बिकाश हुन नसकेको हो यसरी एक तर्फिय रुपमा नेपालको बिकाश नहुनाको कारण हो भनेर छलफल र बहस गरियो भने सहि निस्कर्श नआउन सक्छ । यसकोलागी हाम्रो देश नेपाल लाई एउटा सम्रचनागत केन्द्रबिन्दुमा राखेर एउटा नागरिक सम्मको समजको सूक्ष्म एकाइमा पुगेर व्याख्या बिश्लेसण गर्नु पर्दछ। त्यस्तै नेपालको इतिहासमा स्वर्णयुग भनेर चिनिने लिच्छविकाल, मल्लकाल देखि पृथ्वीनारायण शाहले निर्माण गरेको आधुनिक नेपालको एकीकरण हुँदै आज सम्मको समय लाई आधार मानेर समाजको सम्पुर्ण सम्रचना र बिकाशक्रमको आध्यन गरेर निचोड निकालियो भने मात्र आजको समाजमा घटेका घटना प्रबृती र नेपाल अबिकाश हुनाको कारणको सहि बिस्लेसण हुन सक्दछ। महङ्गि सबैमा समान छ,अबसर असमान छ। आज भाग्यलाइ दोश लगाएर सबै कुरा सहेर बस्ने समय छैन।विश्व साघुरिसकेको छ।अबसरकालागी मानिसहरु लाइ देशको सिमाना फितलो भैसकेको छ।बिस्तारै बिश्व आबस्यकताले अखण्डित बन्दैछ।नेपालीहरु पनि अबसर को लागि सन्सार भरी छरिएका छन।कोहि इच्छाले बसेका होलान कोहि बाध्यताबस।स्वदेश को भन्दा बिदेशको कमाइ उच्च छ। नेपाल सरकारको खरिदार सुब्बा सेना पुलिस भन्दा खाडिमा कम्पनीमा काम गर्दा बढी कमाइ हुन्छ।सचिब मुख्यसचिबको भन्दा कोरिया जापानमा काम गर्ने कामदारको तलब केही गुणा बढी छ।मानबिय अन्य पक्षलाइ बेवास्ता गर्ने र आम्दानी लाई केन्द्रमा राखेर हेर्ने हो भने बैदेशिक रोजगार पनि आकर्षक छ।
हाम्रो देशमा अजै पनि महिलाले घर धन्दामै आफ्नो समय बिताउने चलन छ।एक ब्यक्ती को कमाइले परिवार धान्न कठिन छ।व्यापार ब्याबसाय गरौ अब्यबस्थाको सिकार हुइन्छ।सकारात्मक कार्यको थालनी गरौ डा गोबिन्द के सि, महाबिर सिंह पुन हुइन्छ अनि प्रेम बानियाहरु बैदेसिक रोजगारिमा नगएर बिकल्प के? अब्यबस्थाको शिकार हुनु भन्दा आफ्नो क्षमता को उच्च प्रयोग गरेर बिदेशिएरै भए पनि बाच्नु मानबिय रुपमा उचित हुन्छ हैन र? परम्परागत ढंगबाट हिडिरहेको नेपाली समाज बिकसित समाजमा रुपान्तरण हुनाको लागि उफ्रनु पर्दछ हिडेर पुगिन्न।यसका लागि अहिले सम्म बिकास भएको हाम्रो समाजको सम्रचनामा क्रमभङ्गता आउनु पर्दछ समाज अजै उद्देलित हुनुपर्दछ।दस बर्ष को माओबादी युद्धले नेपाली समाजलाइ केही उद्देलित गरायो तर यो गतिले बाटो पकड्न सकेन र झनै कोलाहाल अस्त ब्यस्त बनायो।गए सालको भुकम्पले पनि समाजलाइ उद्देलित गरायो तर यसको आम्सिक मात्र प्रभाब पर्यो।भारतले गरेको नाकाबन्दिले पनि हाम्रो समजलाइ केही उद्देलित गरायो र भाबनात्मक रुपमा एक गरायो तर यो अबस्था पनि लामो समय टिक्न सकेन।यसर्थ लाग्छ नेपाली समाज अजै भाबनात्मक रुपमा एक भएर बिकास निर्माण तर्फ अगाडि बड्न ठूलो हावा हुन्डरी चल्न बाकी छ।
हाम्रो समाज लाई अझै पनि विभिन्न बादहरुले खन्डित गरिरहेको छ।यी वाद हरुले समाजमा दरो भ्रमको खम्बा गाडेका छन जुन नउखेलिकन हाम्रो बिकास असम्भब प्राय छ। आज विश्व समाजमा सबै बादहरु अर्धचेत वा भनौ मरिसकेका छ्न।तर पनि एउटा वाद भने जिबित छ त्यो हो ब्याबसायिकतावाद।यो एउटा जिबित वाद हो।यहाँ कुनै पनि एउटा बादले मात्र उत्कृष्ट समाज निर्माण गर्न सकेको छैन।सबै वाद हरुले समाज लाई खण्डित गरेका छन।लोकतान्त्रिक वाद, समाजबाद, साम्यबाद, मार्क्सवाद, भौतिकबाद, आध्यात्मिकबाद, जनजातीयता वाद, लैङ्गकि वाद याबत जम्मै वादहरु छन। तर कुनै वादहरुले पनि उत्कृस्ट समाजको निर्माण गर्न सकेका छैनन।तर पनि हामी यहि बादहरुको पछि लागेर आपसमा खण्डित भैरहेकाछौ।तर्क बितर्क गरिरहेका छौ जो निरर्थक छ।आज बिकशित भएका सबै रास्ट्रहरुले यी विभिन्न वाद हरु भन्दा एक कदम माथी उठेर ब्याबसायिकतावाद लाई अंगिकार गरे र आज बिकशित भए। तर हामी अझै विभिन्न बादहरुलाई पछ्याएर आपसमा झगडा गरिरहेका छौ।अनि हाम्रो बिकाश सम्भब छ? जब हामी हरेक पेशा लाई ब्यबसायिकता वाद को कसिमा राखेर त्यसको नियम भित्र रहन्छौ र बिकाश गर्छौ,उक्त ब्यबसायको सिमा भित्र रहेर अनुशासित र नैतिक भइ बाहिय प्रभाब बाट मुक्त भएर काम गर्ने बाताबरण हुन्छ तब मात्र हजारौ लाखौ प्रेम बानिया हरुले स्वदेशमा बसेर स्वदेशको निम्ति काम गरिरहेका हुनेछौं। यसको लागि विभिन्न बादहरु भन्दा एक कदम माथी उठेर सबैले व्यावसायिकतावाद लाई स्वीकार गरौ।नियम र अनुशासनमा रहेर आफ्नो पेशा प्रती इमानदार भएर लागौं येसो भयेमा लाखौं बिदेशिएका प्रेम हरु स्वदेशमै हुनेछ्न। जय व्यावसायिकताबाद।।।