चद्राकोट सेवा समाज कोरियाको मृगौला पिडित सीता काला मगरलाइ एक लाख साठी हजार सहयोग


सउल

रोजगारिका शिलशिलामा दक्षिण कोरियामा रहेका केही युवाहरुको सक्रियतामा स्थापित चन्दकोट सेवा समाज कोरियाले  गुल्मि शान्तिपुर निवासि मृगौला पिडित सिता काला मगरको उपचारका लागि रु एक लाख ६० हजार रुपैया सहयोग गरेको छ ।

आर्थिक अबस्था कमजोर भएकि मगरको दुवै मृगौलाले काम नगरेपछि काठमाडौ महाराजगन्ज स्थित टिचिडं हस्पिटलमा उपचारत छिन । समाजका प्रतिनिधिले टिचिङ पुगेर संकलित रकम बिरामि मगरलाइ हस्तान्तरण गरिएको समाजका अभियान्ता बिमल खत्रीले बताए ।

चद्राकोट सेवा समाजले बिगतमा पनि मृगौला पीडितका र बिरामिका लागि सहयोग रकम जुटाउदै आएको छ। आगामी दिनहरुमा पनि यस्तै राम्रा- राम्रा सामाजिक सहयोगका काम गर्ने पनि समाजको योजना छ । सामान्य कृषि पेशा गर्ने बिरामि मगरका श्रीमान र घरको आर्थिक अबस्थाले उपचार गर्न कठिन रहेकोले उपचारमा सहयोग गरिदिन चन्द्रकोट समाज कोरियाले आग्रह गरेको छ ।

सहयोगका लागि
हरि खत्री (कोरिया ) ०१०-५९४०-६५७०, बिमल खत्री (कोरिया) ०१०- ५९४४-९२०९ ज्ञानु थापा (कोरिय) ०१०-५७२३-७७६४ , सन्तोष पुन (नेपाल) – 9८५७०६४३७१

कोरियामा सहयोग को लागि थापा ज्ञान को नाम मा रहेको 농협 बैड्क,खाता नं ३५६-११७०-२९३८-९३,कोड ११ र नेपालमा बिरामी सिता काला मगरको श्री मानको नाममा रहेको बैड्क अफ काठमांडौ , खाता नं ०५३७०००००२७८५२४ तम्घास शाखा० मा सहयोग गर्न सकिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • राष्ट्रपति मुनले स्वीकारे ट्रमको अनुरोध, दक्षिण कोरिया जी ७ मा सहभागी हुने
  • सउलका सबवेहरुमा मास्क नलगाई हिड्न नपाइने, थप ३५ जनामा कोरोना संक्रमण
  • कोरियामा ठुला कम्पनीहरुका १० हजार भन्दा बढी कामदारले गुमाए रोजगार
  • दक्षिण कोरियामा करिब १ महिना पछि एकै दिनमा ३४ कोरोना संक्रमित फेला
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!