उपचारको क्रममा हरि सुवेदीको मृत्यु
फोनिज कोरिया संवाददाता सोल-दक्षिण कोरियामा आल्मुनियम कम्पनीमा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्य भएको छ ।
आल्मुनियम कम्पनी दुर्घटनामा परेर घाइते भएका बारा हरैया नयां बस्तीका हरि सुवेदी मृत्यु भएको ऊनीसंगैं कार्यरत साथी रामहरि मिश्रले बताएका छन् ।मिश्रका अनुसार घाइते सुवेदीको उपचारको क्रममा आइतबार दिनको ३ बजे मृत्यभएको अस्पताललाई उद्दृत गदैं बताए ।
मिश्रले नेपालमा रहेका मृतकको सालो र दाइलाई समेत जनाकारी गराइसकेको बताए ।
मे १६ तारिखमा फेन्थेकमा रहेको फेन्तेक फोङजन पिछल नामक आल्मुनियम कम्पनीमा काम गदैं रहेको अवस्थामा अल्मुनियमको पोर्मिल धुलो हाल्ने क्रममा बिस्फोट भएर दाङ रामपुरका अतिउल्लाह खानको मृत्यु भएको थियो ।राजदुतावासले भने हरि सुवेदीको मृत्यको खबर दुताबासमा जानकारी आइनपुगेको बताएको छ ।