Advertisement
SKIP THIS

कोरियामा ब्यवसाही हर्कमान (भिम) गुरुङले पाए मानार्थ नागरिकको सम्मान


कोरियाको सोल महानगरपालिका गभर्मेन्टले  हरेक बर्ष अक्टुबर २८ तारिखका दिन प्रदान गर्ने  मानार्थ नागरिकताको सम्मान  विभिन्न देशका १८ नागरिकलाई प्रदान  गरेकोछ | नेपालको तर्फबाट ब्यवसाही हर्कमान (भिम) गुरुङले यस बर्षको मानार्थ नागरिकको सम्मान प्राप्त गरे |

बिसेष गरि सौल महानगरपालिकाको आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका क्षेत्रलाई बिशेष योगदान गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष मानार्थ नागरिकताको सम्मान प्रदान गरिन्छ| यस बर्ष विभिन्न १८ देशका १८ जना व्यक्तित्वहरुले उक्त  सम्मान प्राप्त गरे |

नेपालको ताप्लेजुङ स्थायी घर भइ बिगत १६ बर्ष  देखि कोरियामा सफल ब्यवसाय गर्दै आएका भिम गुरुङले  सौल महानगरपालिका अन्तरगत नेपालीको शहर भनेर चिनिने तुन्देमुन शहरमा एभरेष्ट रेस्टुरेन्ट संचालन गर्दै आएका छन् |नेपाली खाना तथा संस्कृतिलाई कोरियालि समाजमा परिचय बनाउदै बिगत १६ बर्ष देखि व्यवसाय गर्दै आएका गुरुङले चेन रेस्टुरेन्टको रुपमा सौल भित्र ३ ओटा र सौलसिटि बाहिर ३ वटा रेस्टुरेन्ट गरि ६ वटा रेस्टुरेन्ट  संचालन गर्दै आएका छन्| त्यसो त ट्राभल ,ट्रेडिंग र नेपालमा ब्लाकयाक कम्पनिको नेपाल डिस्त्रीब्यूटरस्  र युएई [दुबई] मा ट्राभल कम्पनि समेत संचालन गरेका छन् |कोरियामा रहेका नेपाली समुदायमा त्यति नदेखिय पनि नेपाल सम्बन्धित कोरियालि संस्था संग आबद्द भएर समाज सेवा गरेका छन्| पर्वतारोही अमंगगिलको नाममा स्थापना भएको संस्था अमंगगिल हुमन फाउन्डेसन द्वारा नेपालको  शिक्षा  क्षेत्रमा काम गर्दै आएको  संस्थामा पनि आबद्द छन् |त्यस्तै गरि डाक्टर हरुको संस्था जसले  नेपालमा काम गर्छ त्यसमा  पनि भोलुन्तियर भएर काम गर्छन|भिम गुरुङ आफैले पनि नेपालमा ब्ल्याक याक फाउन्डेसन स्थापना गरेका छन् शिक्षा स्वास्थ्य र बाताबरणमा काम गर्ने उद्देश्य  राखेर सानातिना क्याम्पियनको काम गरेको बताउछन |

bhim-gurung2

भिम गुरुङ सहित हाल सम्म ५ जना नेपालीले मानार्थ नागरिकको सम्मान पाएका छन्| सर्ब प्रथम समाज सेबी तथा ब्यवसाही के पी सिटौलाले पाएका थिए भने त्यसपछी  तेन्जि शेर्पा,राजु क्षेत्री र जुनु गुरुङले पाएका थिए |

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...