Advertisement
SKIP THIS

अनेसास कोरिया च्याप्टरको पदमा कृसबाबु गुल्मेली


फोनिज कोरिया सम्वाददाता
सउल,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) कोरिया च्याप्टरको अध्यक्ष पदमा कृसबाबु गुल्मेलीलाई चयन गरिएको छ । यसअघि अनेसासको अध्यक्ष पदमा कमलप्रसाद अर्याल र स्व. मनोजकुमार डाँगी रहेका थिए । तर अचानक मनोजकुमार डाँगीको असमायिक निधनपछि रिक्त रहेको अध्यक्ष पदमा अनेसास कार्यसमितिले कृषबाबु गुल्मेलीलाई चयन गरेको हो । खाली रहेको अध्यक्ष पदका लागि अनेसासले गत २७ तारिखसम्म खुला उमेदवारीको लागि आब्हान गरेको थियो ।

लामोसमयदेखि दक्षिण कोरियामा रहदै आएका गुल्मेली साहित्य लेखनमा सक्रिय रहदै आएका छन् । गीतकार, कवि तथा मोडेल गुल्मेली नेपाल कोरिया ट्राभल्स एण्ड टुरमा कार्यरत छन् ।
अनेसास कोरिया च्याप्टर भाषा- साहित्य, कला र संस्कृतीको उत्थान र विकास गर्ने अभिप्रायले नेपाली डायस्पोरामा रहेर सेवा गर्न इच्छुक सबै व्यक्तित्वहरु सम्मिलित अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो | सन २०१४ फेब्रुअरिमा अनेसास कोरियाको स्थापना भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को स्थापना सन् १९९१ मा संयुक्त राज्य अमेरिकाको कोलोम्बिया डिस्ट्रिकमा भएको थियो | यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टरको रूपमा सन् २००४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको स्थापना भएको हो |हालसम्म संसारका ३० देशमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ६५  वटाभन्दा बढी च्याप्टरहरु स्थापना भै क्रियाशील रहेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...