काम
कोरियाको काम । बिहान आठ बजेदेखि रातको दस बजेसम्म । ‘खेसोक’ चौध घन्टा । नेपालकालाई के थाहा यसरी नै तीस दिनमा एकतीस दिन काम गरेर कमाइ हुने हो दुई लाख । नुहाइ धुवाइ गरेर ओछ्यानमा पल्टिएँ । किन किन पहिलेका कुराको याद आयो । नेपालमा हुँदा थोरै पैसाका लागि गरेका रमाइला कामको सम्झना भो ।
०००
आमाबा बिहानै उठे । सेतो टिका र खादा लगाइदिदै भने राम्रो राम्रो काम गर्नु, राम्रो कुरा सिक्नु, धेरै पढ्नु । एसएलसी पास भए पछि गाउँमा बसेर पढ्ने ठाउँ थिएन । ठूलो शहर काठमाडौ पुग्नु थियो । तर आमाबाले ठूलो बन्नु भने पनि मेरो मनमा धेरै कुरा थिएन । मलाई ठूलो हुनु थिएन । तर पनि मनमा कता कता लागि रहन्थ्यो पत्रकार बन्न पाए ।
मनको कुरालाई मिल्ने बिषयमा पत्रकारितामा भर्ना गरेँ । जब यो कुरा बालाई कसैले सुनाइ दिए । तिनी रिसाका थिए रे । छोरोले राम्रो बिषय पढ्ला भनेको त यो नामै नसुनेको पत्रकारिता । ती छक्कै परेरे । हाम्रो भेटमा बाले मलाई कहिल्यै यो बिषयमा कुरा गरेनन् ।
पत्रकार हुन्छु भन्ने बनाउने काम बालै नै ल्याएका पानासोनिक रेडियोले गरेको थियो । त्यो बेला मेरा गाँउमा बिजुली बति थिएन । नत पत्रपत्रिका । मनोरञ्जनको एकमात्र साधन रेडियो थियो रेडियो नेपाल । त्यही रेडियो नेपाल हो मलाई पत्रकार बन्न हौस्याउने । रेडियो नेपालको म नियमित स्रोता थिएँ । दिन भरि बज्ने सबै र्कायक्रम कति बजेर कति मिनेटमा बज्छ थाहा पाउँथे ।
कति बज्यो भनेर समेत रेडियो सुनेरै भन्दिन्थे । त्यो बेला रेडियोमा खुबै बज्थे नारायण गोपाल, बच्चु कैलास, प्रेमध्वज प्रधानदेखि लालबहादुर खाती, प्रेमराजा महत, बमबहादुर कार्की । ती सबै पालै पालो रेडियोमा बज्थे । म तिनलाई पालै पालो सुन्थे । बा भन्थे ‘लोक गीत र लोक सेलो आए बजाउने नत्र होइन बुझिस् ।’
‘बुझे ।’ बाको प्रश्न भन्दा पहिले नै उत्तर हुन्थ्यो । तर मलाई आधुनिक, पप, लोक जुन गीत भएपनि चल्ने । बस रेडियोमा गीत बज्न पर्यो । त्यसैले म रेडियो मार्दिनथेँ ।
बाले रेडियो नबजा भन्नुको कारण थियो । एउटा त म बिद्यार्थी । मैले रेडियो मात्र सुने भने बाको छोरोलाई धेरै पढाउने लक्ष्य फेल खान्थ्यो । दोस्रो कारण झन तगडा थियो । हाम्रो घरमा भएको पानासोनिक रेडियोलाई महिनाको एक जोर नयाँ र अर्काे जोर पुरानो टाइगर ब्याट्रि चाहिन्थ्यो । त्यो भनेको कम्तिमा महिनामा ३० रुपैया र्अथात एक दिन रेडियो मैले घन्काएँ भने बाको खल्तिको एक रुपैया चिलिम । अनि त बाको पारो किन नतातोस ।
तर मेरा बा सधै घरका घरै बस्न भ्याउदैनथे । अनि पानसोनिक मेरै झै थियो । घन्काउने बजाउने सबै मेरै काम । आमालाई जे बजाए पनि फरक नपर्ने । उनी सुन्थिन् । उनी लोक सेलो चाही खुब मनपराउथिउन् । रेडियो नेपालले बेलुकी साढे पाँचमा लोकगीतको कार्यक्रम दिन्थ्यो । उनी त्यसमा लोक सेलो कहिले बज्छ सुन्थिन् । मैले धेरै चर्काे बजाउदा भन्थिन् ‘गरि खादैन यस्ले पनि काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।’
रेडियो घरमा आउँदाको कुरो पनि रमाइलो लाग्छ सम्झदा । एक दिन इन्डियाको लाउरेले गज्जवको ठूलो बाकस काँघमा हालेर हाम्रो घर गाउँलाई नै र्थकाउँदै आए । हाम्रो घर मुल बाटैमा छ । अनि हजुर बा भेगकै नम्बरी कर्मी अर्थात कामको सिप जान्ने । राम्रो काठको केही सामान बनाउन प¥यो कि मानिसहरु हाम्रो घरको आँगनमा आउँथे र भन्थे लौ घ्याङाली बाजे यस्तो खालको कुरा बनाइदिन प¥यो । यति हातको यस्तो बुट्टाको । जस्लाई जस्तो चाहिने हो त्यस्तै खालको सामान । हजुरवा तिनका माग अनुसारका सामान बनाउथे । ती बनाउन अराउने मानिस आउँथे र्हेथे र आफूले बनाएको भन्दा पनि राम्रो सामान बनेको देखेर खुशी हुदै भन्थे त्यसै भन्दैन रैछन् है मान्छेले घ्याङाली कर्मी भनेर ।
ती हजुर बा काठको काममा लागेपछि दुनिया बिर्सिन्थे । यो लाउरे आएको दिन हजुरबाको खासै काम थिएन क्यारै त्यतिकै बसेका थिए । लाउरे हजुरबाको नाम लिदै हाम्रो घर आयो । हजुरबाले खै केके कुरा गरे कुन्नि ती लाउरे त्यो दिन हाम्रैमा बस्ने भए । बेलुकाको लागि हिमालमा घाम नपुग्दै रातो भाले ढाल्यो । अनि अरु कुरा धेरै बनाए । मर्लाई पनि खुब रमााइलो लाग्यो । उनले नयाँ कुरा बोकेका थिए । गाउँमा पुजाको जागरम बसेर दोहोरी घन्किएझै गीत घन्किन्थ्यो उनले बोकेको सामानबाट । लाहुरेले बोकेको सामान के रहेछ सोध्न मन लाग्यो मैले सोधेँ उसले बिस्तारै भन्यो लाहुरेको जापनिज जम्बो क्यासेट ।
लाउरे जापानिज जम्बो क्यासेटमा अनेक गीत बजाउँथ्यो । म केही बुझ्दैनथे । शायद हाम्रो घरमा भएका कसैले पनि बुझेनन् । हजुरवाले त भन्नु नै भयो बाबु नेपाली गीत छैनन् ? लाउरेसँग नेपाली गीत पनि रहेछ । उस्ले बजायो लाउरेको रेलिमाई फेसनै राम्रो । घरमा भएका सबै खुशी भए । मैले पनि बल्ल गीत बुझे । भाले भोज सकियो । भोलिपल्ट हजुरबाले भाका मिलाएर क्यासेट छोड्नका लागि कुरा गरे । लाउरेले मानेनन् । अर्काे पटक बिदामा आउँदा ल्याउने कुरा गरे ।
हजुरवाको भाले भोज बिफल भो । त्यसको एक र्बष जति पछि होला ती लाउरे फेरी आए ।
पहिले जस्तो उसँग ठूलो क्यासेट थिएन । लुगाले सिलाएको झोलामा हालेको सानो बज्ने भाँडो थियो । लाहुरेले हजुरबालाई सामान दिदै भने यो जापानिज पानासोनिक रेडियो हो । निक्कै टिक्छ ।
ला मैले जम्बो क्यासेट भनेको त यो त जापानिज पानसोनिक रेडियो पो रहेछ । लाहुरले आफ्नो बचन पुरा गरे । हजुरबाको मन अलि खिन्न भएपनि फेरी भाले भोज भो । रेडियोमा समाचार आयो, गीत आयो, अनि अरु के के हो के के ? सबै हामीले बुझ्ने भाषामा । मलाई पहिलेको लाहुरेले नदिएको क्यासेट भन्दा यो राम्रो लाग्यो । बोक्न पनि सजिलै सकिने । त्यसपछि सुरु भयो रेडियो र मेरो सम्वन्ध । केही दिन हजुरबाले रेडियो कसैलाई छुन दिएनन् । म हजुरबा नभएको मौकामा खोल्ने बन्द गर्ने र बोकेर हिड्ने गर्थे ।
खै के भएर हो हजुर बालाई रेडियोले तानेन । त्यसपछि बाले त्यसको हेरबिचार गर्न थाले । अनि मेरो अधिकारै भो चलाउने । पुर्खेउली सम्पतीको हेरचाह । रेडियोको मिटर हुन्थ्यो हातैले घुमाउने । त्यो खै के भएर हो बज्दै जाँदा स्याँ आउँथ्यो । त्यसलाई मिलाउने सिप मेरा बाको भन्दा मेरो बढि थियो । पहिले पहिले मलाई विस्वास नगरेका बाले आफै मिटर घुमाउथे । उनले धेरै चोटी घुमाउदा पनि स्याका स्या भएपछि तिनले यो काम मलाई जिम्मा दिए ।
मैले मिटर बज्ने ठाँउ कन्ठै गरे । काठमाडौ क्षेत्रीय प्रशारण, पोखराको क्षेत्रीय प्रशारण, सुर्खेत क्षेत्रीय प्रशारण कतिमा अनि कति बजे के कार्यक्रम आउँछ । त्यसपछि बाले रेडियोको जिम्मा मलाई नै दिए । एक दिन बाले रिसको झोकमा भने
‘तँ यसरी नै रेडियोमा झुन्डि रहिस भने के बन्लास खै ?’
‘म पनि यसरी नै रेडियोमा काम गर्छु ।’ बाले मेरो कुरा पत्याएनन् ।
००००
गाउँमै थाहा थियो पत्रकारिता पढाइ ग¥यो भने रेडियोमा बोल्न पाइन्छ । पढाइ आरआरमा हुन्छ ।
पढेको धेरै समय मेरो रेडियोमा बोल्ने सपना सपना नै रह्यो । पत्रकारिताको कुरा हुन्थ्यो । रेडियोको इतिहासको हुन्थ्यो । तर कसरी रेडियोमा बोलिन्छ कसरी रेडियो नेपालमा पुगिन्छ । कुन गेट सजिलो हो कहिल्यै कक्षामा छलफल भएन । तैपनि कुनै न कुनै दिन आउला भनेर मैले हरेस भने खाइन । त्यस बीचमा रेडियोमा बोल्ने प्रयास नै नगरेको भने होइन । कोठामा रेडियो छैदैथ्यो । मन पर्ने रडियो कर्मीको शैलीमा आफ्नो बोली बनाउने प्रयास भो । र्कायक्रममा बोल्दै गर्दा मेरो पनि उसको झै स्वर मिले जस्तो लाग्थ्यो । तर साथीसँगीलाई सुनाउन भने लाज ।
बोल्दा पनि मेरो शुद्धाशद्धी थिएन । मेरो रेडियोमा बोल्छु भन्ने सपना झन्डै बिलाउदै गएको । त्यस्तैमा काठमाडौको एउटा एफएममा काम पाइएला जस्तो भो एक घन्टा बोलेको दुईसय पचास । मेरो भागमा एउटा र्कायक्रम हप्ता भरिमा । बोल्नको लागि सिँहदरबारको स्टिुडियो जानु पर्ने । रेडियोबाट बोल्न पाउने कुराले मात्रै पनि झन्डै र्हटफेल । र्कायक्रम र्रेकडेड थियो । स्टुडियो गज्जबको थियो । भित्र बोलेको बाहिर नसुनिने अनि बाहिर बोलेको भित्र । हात चलाएको हाँसेको सबै देखिने । बिचमा सिसा राखिएको थियो । त्यही सिसा बाहिरबाट टेक्निसियनले भित्र बोल्नेले दिएको इसराको गीत बजाउँथे, बिज्ञापन बजाउँथे, रिर्पाट बजाउँथे ।
मेरो रेडियोमा बोल्ने दिन आयो । दिएको समय भन्दा अलि अघि पुगेको थिएँ । म भन्दा अघिको र्कायक्रम लाइभ थियो । उनले यसरी नै र्कायक्रम गरे । टेक्निसियन हाँसी हासी र्कायक्रम बजाइ रहेका थिए । लाग्यो मज्जैको मान्छे रहेछन् । लाइभ र्कायक्रम सकियो अनि पालो आयो मेरो । टेक्निसियनले बिभिन्न इसारामा भन्ने तरिका सुझाए । ब्रेकको बेला के भन्ने, गीत बजाउने बेलामा के भन्ने, बिज्ञापनको बेलामा के भन्ने । स्टुडियो छिर्ने बित्तिकै मलाई निक्कै असजिलो भयो । टेक्निसियनले सिकाए एयरफोन लगाउन लगाए ।
अनि उनले सुरु भनेर इसरा गरेपछि कसरी बोल्ने भनेर पनि भने । उनी बाहिर निक्लिए । स्टुडियोको ढोका लाग्यो । मैले एयरफोन टाउकोमा राखेँ । त्यसको भारी कति भने मैले तामाकोशीमा दस पाथी चामाल बोके भन्दा पनि बढि । के बोल्ने भनेर स्क्रीप्ट लेखिएको थियो । पहिलो शब्द नमस्कार स्रोता भन्नु पर्ने । टेक्निसियनले बोल्ने इसारा गरे । मेरो मुखबाट नमस्कार भन्ने शब्द निस्कदै निस्केन । साटोमा स्वास्वा र अँअँअँ मात्रै निस्कियो । टेक्निसियनले सम्झाए । नडाराइ भन । यो लाइभ होइन अलिअलि बिग्रे बनाउन मिल्छ । उनी फेरी स्टुडियो बाहिर निस्किए ।
अनि फेरी सुरु भन्ने इसारा दिए । स्क्रिप्ट अक्षर यताउती हल्लियो । पढ्न खोज्यो झन दोडिन्छ । कहिले यता कहिले उता लौ फसाद । मैले अहिले सम्म यस्तो अक्षर हल्लिएको थाहा थिएन । यसरी अक्षर चल्न थालेपछि डर बढ्दै गयो । झन्डै सास बन्द होला जस्तो । नमस्कार भन्न खोज्यो न भन्दा अरु केही आउँदैन । बल्ल बल्ल न भनियो । त्यहाँ भन्दा अरु शब्द मरि आएन । सक्दै नसकेपछि मलाई भाउन्न भो । एसि भएको कोठामा पसिना पसिना भएँ । धेरै समयमा पनि केही भन्न नसकेपछि अघि सम्मको टेक्निसियन डन भए । केहो रेडियोमा बोल्छु भनेर मात्रै हुन्छ ? बोली पनि चाहिन्छ नी ।
अनि उनले आफ्ना हाकिमलाई गाली गरे कस्ता कस्ता मान्छे पठाउँछन् मान्छेहरु । उनको कुराले सिँहदरबार र्छिदा आफै सिँह झै सम्झेको म अब पानीमा भिजेको बिरालो भन्दा पनि तल पुगेँ । दाइ अलि प्राक्टिस पुगेन जस्तो छ । म अलि पढेर फेरी रेर्कड गरुँ है । उनले ठूलो आँखा तरे ।
मैले हुन्छ भनेको बुझेँ । सोचे साला कत्रो प्राक्टिसथ्यो कोठामा । कस्तो मज्जाले नमस्कार स्रोेता भन्न सक्थे । रेडियो नेपालको एकसय एक नम्बरी र्कायक्रमको नक्कल गर्न सक्थे । अरु त अरु हजुरबाले लाउरेबाट भाले भोजमा उपहार पाएको रेडियो काँधमा झुन्ड्याएर गोठाला जाँदाको पनि प्राक्टिस थियो । यी सब कुरा सम्झेर आउँदा आफै देखेर वाक्क लाग्यो । अनि यत्रो लामो सपना पुरै हुन लागेर फेरी हराउन लागेकोमा पछुतो पनि ।
मनमनै सोचे हुन्न केटा यसरी त कम्मर कस्नु पर्छ । रिसाएर डन भएका टेक्निसियनलाई सानो स्वरले सोधे सर बाथरुम कता छ ? अघि दाइ भनेको उनलाई सरमा प्रमोशन गरे तर उनी बोलेनन् । आँखैले इसारा गरे स्टुडियो बाहिर । बाथरुममा पसेर मुख धाएँ । नयाँ जोसले हातमा भएको स्क्रिप्ट पढेँ । खरर गयो । अघि स्टुडियो भित्र यसरी गाको भए । फेरी दोहो¥याएँ । फेरी नअट्की नै खरर गयो । अलि जोस बढ्यो ।
अनि स्टुडियोमा छिरेँ । टेक्निसियनले डाइलग मारे के हो भाइ पिसावै आयो कि के हो ?
हो भनुँ कि होइन । केही बोलिन ।
फेरी स्टुडियोमा छिरेर बोल्ने आँट गरेँ । टेक्निसियनले भने भाइ फेरि बिग्रे म रेकर्ड गर्दिन ।
स्टुडियो छिरे । अघि भन्दा अलि शान्त भएको अनुभव गरेँ । एक पटक स्क्रिप्ट हेरेँ । अनि पानसोनिक रेडियोको शैलीमा पढेँ । उनी छक्क परे । आधा घन्टाको र्कायक्रम बोल्न पर्ने जम्मा जम्मी थियो होला दस मिनेटको स्क्रिप्ट । एक दुई ठाँउमा बिग्रियो । मैले दोहो¥याएँ । भएको हातको स्क्रिप्ट भ्याए पछि बाहिर निक्लिएँ ।
अघिको डन टेक्निसियन खुशी भएछन् । स्वर त राम्रो रैछनी भाइ बोल्ड । पहिले चाही किन हतासिएको त । पहिले पनि कतै काम गरेका थिएनौ । त्यसपछि सुरु भयो पत्रकारिताको काम ।
०००
भोली त आइतबार । साप्ताहिक बिदा हुनु पर्ने । तर कम्पनी ‘फाप्प’ छ । कति सम्झनु ती रमाइला दिन । अहिले बेलैमा नसुते भोली गाह्रो हुन्छ । लौ सुतेँ है ।