हरे ! म कस्तो देशमा जन्मेछु


हुन त देशलाई नराम्रो देख्ने र नराम्रो  भन्ने अधिकार मलाई छैन । म आफ्नै मातृभुमि आमालाई नराम्रो कहिल्यै भन्दिनँ र भन्न सक्दिन पनि । बिश्वकै एक नमुना र सुन्दर देश नेपालमा जन्मन पाएकोमा म आफैंलाई गर्व लाग्छ । तर यो भनिरहदा, कताकता मन भक्कानिएर आउछ अनि मुटु छियाछिया हुन्छ । किनकि नेपाल आफैमा सुन्दर र प्रकृतिले सबै चिज दिदादिदै पनि आज हामी जस्ता लाखौं युवा प्रदेशमा कामको लागि आउनु परेको छ ।

२१औँ शताब्दीमा पनि दासको जस्तो जीवन बिताउनु पर्दा मन त रून्छ नै अझ त्यहि माथि बिश्वमा सबै देशले प्रगतिको शिखर चुमिरहदा मेरो देश भने जहाँको तही छ । देश विकास हुनुपर्नेमा झनझन बिग्रदै जाँदा कसलाई पो पिडा नहोला र ? बिदेशको ठाउँ, आफ्नो घरपरिवार र मात्रृभुमिको यादले सताइरहन्छ । त्यहि माथि आफ्नो देशको समाचार सुन्दा मन त्यसै भारी भएर आउँछ । खाली बन्द, हतताल ,गरिबी, बेरोजगार, अस्थिर राजनीति, असुरक्षा, भ्रष्टचार, चोरी डकैती र बलत्कार जस्ता कुरा सुन्दा, देख्दा मनमा झनै ठुलो पिर परिरहन्छ ।
यी सब अवस्थाले गर्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने मन पनि भाडिएर देशमा केही गर्न सकिदैन भन्नेमा पुग्छ । अनि ऋणपान गरेर भएपनि विदेशिनुको विकल्प छैन । कहि नभएको जात्रा हाडि गाउँमा भने जस्तै संसारमा नेपाल एउटा यस्तो देश भयोकि जहा बिदेशी नेता, राष्ट्रपति, प्रधानमन्त्री आउदा समेत देशमा सार्वजनिक छुट्टी र बन्द हुन थालेको छ ।
आज हजारौं युवा बिबशताको भुमरीमा परि बिदेशमा तल्लो बर्गको काम गर्न बाध्य छन । कति युवा त विदेशी भूमिमै अस्ताउछन र तिनका सपना पनि त्यसैगरी तुहिएर जान्छ । के हामी रहरले बिदेशीएका हौ र ? हुन त यो भनिरहदा हामी नेपाली पनि आफ्नो देशमा काम गर्न लाज मान्छौ तर बिदेशमा चर्पि सोर्न पनि पछि पर्दैनौ । तर यो कुरा भन्दै गर्दा आज धेरै युवा आफ्नै देशमा केही गर्ने चाहन्छन् । कमसेकम ती युवालाई ब्यबसाय ग्यारेन्टी र सुरक्षा त दिन सक्नु पर्यो नि सरकारले पनि । के सरकारको जनता प्रति केही वास्ता छैन ? के हामी नेपाली जनता होईनौ ?अभिभावक बिनाको टुहुरा जस्तै भएका छौं हामी नेपाली ।
हाम्रो पनि त चाहना छ नि आफ्नै देश बिकाश गर्ने । आफ्नै परिवारका साथमा आफ्नै जन्मभूमिको सेवा गरेर बस्ने अनि आफ्नै देशमा केही गरेु दुनियाँमा नेपालीको नाम रोशन गर्ने । हे राजनीति गर्ने तिमी कुकुरहरू किन देश बिगारिरहन्छौं ? किन देशको लागि ईमान्दार भएर काम गर्दैनौं ? राजनीति त गर तर देशै खाने राजनीति किन गर्छौ ? नेपाल आमालाई त जिउँदै बेच्यौ त्यही आमाका छोराछोरिलाई पनि बिदेशमा बेचेर तिनिहरूको पसिनाको पैसामा कति मस्ति गर्छौ ?
बिश्वको ईतिहास पनि हेर राजनिती गर्ने भातेहरू देशको लागि कति सङ्घर्ष र त्याग गर्नुपर्छ भनेर । खालि झुठ्ठा भाषण मात्र गरेर आफ्नो मात्र भुँडी भरि सारा नेपालीलाई रूवाउने अधिकार तिमीहरूलाई छैन । अहिलेको युगमा शिक्षित र सक्षम भएर पनि तल्लोस्तरको रुपमा नबाचौँ ।  हामी सबै नेपाली पनि आफ्नै देशमा केही गरि स्वाभिमानी पुर्बक बाचौ र देशको मुहार फेरौ । नेपाली हुनुमा गर्व गरौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...