गजल
राजु पौडेल
कहिले धेरै कहिले भने थोरै बेर आउँछ
चर्केको घर भत्काउन कुन्नी कति खेर आउँछ |
भागौं भने पनि कहाँ भागु कति बेला भागु
न त यसले जानकारी न सुचना देर आउँछ |
आज भोलि भन्दाभन्दै यत्रो दिन भैसक्यो
थाहै छैन भुइचालो अझै कति फेर आउँछ |
खै कसरी मन बुझाउला यो सरकारले मेरो
राहात भन्दै चाउचाउ बिस्कुट बोकि लेर आउँछ |
मन त्यसै बेचैन भाछ पल पलको डर त्रासले
त्यसै माथी सपनिमा पनि अचेल शेर आउँछ |
रुद्र्पुर रुपन्देही
हाल-दक्षीण कोरिया