जनजाति महासंघ कोरियाले सलनालमा छुट्टै कार्यक्रम बाडफाड गरयो
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा जातिय संघसंस्थाहरुको छाता संगठन आदिवासी जनजाति महासंघ कोरियाले आगामी कोरियन राष्ट्रियपर्व सलनालदेखि जातिय संस्थाहरुलाई छुट्टै कार्यक्रम बाडफाड गर्ने भएको छ । आइतबार सबै जातिय संस्थाका पदाधिकारी सहित दोइ०देमुनमा सम्पन्न महासंघको वैठकमा सो निर्णय गरेको हो ।
बैठकले आगामी सलनालको जनवरी 28 तारिख किरात राई यायोक्खालाई सांस्कृतीक कार्यक्रम गर्ने र थारु कल्याणकारी सभालाई भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने गरी कार्यक्रम बाडफाड गरेको छ ।
महासंघ अन्तरगत रहेका ११ जातिय संघ संस्थाको भावना सहित ९ बुदे संस्थागत प्रतिबद्धता र कोरियामा रहेका सबै प्रकारका नेपाली तथा कोरियन संघ संस्थाहरुसंग महासंघको अवधारणा प्रतिकुल नहुने गरी नेपाल र नेपालीहरुको बृहत्तर हितकोलागि हातेमालो गर्ने ११ बुदे ऐक्यबद्धतामा हस्ताक्षर गर्दै सो निर्णय गरिएको महासंघका अध्यक्ष चित्रबहादुर मोक्तानले बताउनुभयो ।
केही महिना अघि कोरियामा रहेको नेपाली संघसंस्थाहरुको छाता संगठन मानिने नेपाली सम्पर्क समिती (एनसिसी)ले कार्यक्रम बाडफाड गर्नेक्रममा जनजाति महासंघ मातहातका जातिय संस्था तामाइ० संघलाई प्रकृया पुगेपनि कार्यक्रम गर्ने अनुमति नदिएपछि एनसिसीसंग रुष्ट बनेका थिए । सोहीकारण महासंघले नेतृत्व गर्दै एनसिसीसंग वार्ता गरेपनि विना निष्कर्श टुइ०गिएको थियो ।
बैठकमा तमुधिँ, मगर संघ, तामाइ० संघ, किरात राई यायोक्खा, किरात याक्थुइ० चुम्लुइ०, थकाली सेवा समाज , थारु कल्याणकारीणि सभा , छन्त्याल परिवार , भुजेल समाज , सेर्पा संघ , नेवा पुचको पदाधिकारीहरुको सहभागिता रहेको थियो । महासंघका अध्यक्ष चित्रबहादुर मोक्तानको अध्यक्षतामा बसेको बैठकमा बरिष्ठ उपाध्याक्ष पवन राईले सम्बोधन र सदस्य श्रीराम गुरुइ०ले संचालन गरेका थिए ।