‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसि’
गजल /
सक्छौ भने चितासँगै, आत्मा गलाई दिनु।
मलाई मेरै रामेछापको, घाटमा जलाई दिनु।
मरेँ भने केही गरी, तिम्रो शहरमा;
खोजी खोजी आफन्तको, हातमा मलाई दिनु।
रुन्छिन् होली मेरी आमा, म मरेको पल;
आमाले नि नदेखुन् लास्, रातमा चलाई दिनु।
भोलीका सन्ततीले, गर्व गर्न सकुन्।
मेरो देश नरभक्षिको, साथमा नलाई दिनु।
‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसि’
ईतिहांसको हांगाहांगा, मन्त्र फलाई दिनु।।।