कोरियामा आज राती (सोमबार) सबैभन्दा ठूलो चन्द्रमा देखिने
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा आज (नोभेम्बर १४ तारिख ) राती ठूलो आकार र थप ज्योति सहित चन्द्रमालाई हेर्न पाइने छ । कोरियामा ६८ वर्षपछि यस्तो ठूलो चन्द्रमा देखिन लागेको खगोल विज्ञान र अन्तरक्ष विज्ञान संस्थाले बताएको छ ।
चन्द्रमाको साविक साइजभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत थप उज्यालो देखिने बैज्ञानिकहरुलो बताइएका छन् । वायुमण्डलमा जुन आफ्नै पथमा हिड्दै गर्दा पृथ्वीको नजिक आएकोले यसरी जुनलाई ठूलो आकारमा देख्न सकिने भएको हो ।
यसरी जुन पृथ्वीको नजिक आएको बेला घाम , जुन र पृथ्वी एउटै लाइनमा पर्ने भएकाले समुन्द्रका पानी बढ्ने छ । मंगलबार र बुधबार कोरियाको समुन्दी किनारमा पानीको मात्र २ सयदेखि ९ सय सेन्टिमिटरसम्म बढने मौसम विज्ञान संस्थाले जनाएको छ ।
विषेश गरी मासान, थेइ०योन क्षेत्रमा मंगलबार दिउसो पानीको मात्रा बढ्ने छ भने फेनथेक र इन्छन क्षेत्रमा साझ पानीको मात्र बढ्ने छ । जेजुदो , खोहुइ० र गमुन्दो टापुको समुन्द्र किनारमा चही बुधबार पानीको मात्रा बढ्ने छ । त्यसैले समुन्द्र किनारमा काम गर्ने नेपालीहरुले यी दिनहरुमा सर्तक रहनुहोला ।