बिपत्तीमा छिन् हाम्री आमा ..
जीबी लामा
सोल- ‘कालो छ दिन कालो छ रात
खुल्ला आकाशमुनी छैन है गाँस ‘
नेपाली तारा गायक प्रताप लामाले मे २४ आईतबारको दिन छम्सिल जिमन्यास्टिक हलमा यो गीत गाइरहदा एकाएक दर्शकहरु भाबुक बने | देशले भोगीरहेको पिडा गीतमार्फत व्यक्त गर्दा केहीबेर भाबुक बनेका दर्शकहरु उनिसंगै गाउन थाले :-
‘जानेहरु गए सास हुनेलाई त बचाउँ ,
बिपतिमा छिन् हाम्री आमा नेपाल..
लामाले गायनको सिलसिलालाई जोडी रहे | उनले मैले माया गर्न, मेरो नेपाल, सायद तिम्रो बाटोमा, जस्ता करिब ८ भन्दा बढी गीत गाएर दु:ख भुलाएर नचाउन प्रयास गरे |
कार्यक्रमको संयोजन सेभ नेपाल फुटबल फाउण्डेसनले थियो | उसले भूकम्प पीडित र ताप्लेजुङ आगलागी पिडितको सहयोगार्थ ‘हामी नेपाली’ नामको सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो |
कोरियाको बुद्ध जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा एन्ड्रीन प्रधान १९७४ ब्याण्डले, यो मन त मेरो नेपाली हो, हिड्दा हिड्दै, गुराँस फुल्यो बनैमा, जस्ता गीत गाएर दर्शकहरु लाई मनोरन्जन दिलाएका थिय l परिना राईले ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतिघर’ भन्ने गीतमा नृत्य प्रस्तुत गरेकी थिईन |
पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सन्चालन गरेकी उक्त कार्यक्रमको शुरुमा विभिन्न कोरियन परम्परागत नृत्य प्रदर्शन गरियको थियो |स्थानीय गायक र स्थानीय ब्याण्डले पनी साथ दिएको थियो भने तामाङ संघ दक्षिण कोरियाले गायक प्रताप लामालाई सम्मान पत्र र खादा ओढाई सम्मान गरको थियो | निर्धारित समयभन्दा केहि ढिलो गरी सन्चालन भयको उक्त कार्यक्रममा अपेक्षा गरिए भन्दा कम दर्शक देखिन्थे |