कि.या.चु. कोरियाले चासोक तङ्नाम डिसेम्बर ११ मा मनाउने…
फोनिज कोरिया संवाददाता
सोल
किरात याक्थुइ० चुम्लुइ० (कियाचु) कोरियाले किराँतीहरूको एक माहान चाँड चासोक तङनाम (उधौली) को आगामी डिसेम्बर ११ तरिख सउलमा गरिने भएको छ । सउलको म्यङदोङ स्थीत सउल ग्लोबल कल्चर सेन्टरमा आइतबार गरिन लागेको किरायुले जनाएको छ ।
यो बर्ष पनि सदाका बर्षहरू झै बिभिन्न मौलिक खानाका परिकारहरू, साँस्कृतिक र परम्परागत झाँकीहरू, परम्परागत जातीय भेषभुषा सहित किराँत याक्थुङ चुम्लुङूले चासोक तङनामलाई भब्य रूपमा मनाउँन तयारी गरिरहेको आयोजकले जनाएको छ। साथै नवप्रतिभा गायिका सुनिता थेगिम र गायक ब्रबिम सेर्माको बेजोड साङितिक् प्रस्तुती रहने छ ।
चुम्लुङ क्षेत्रिय कमिटीहरू, पुर्व अध्यक्षहरू, पुर्व पदाधिकारिहरू, संरक्षक, सल्लाहकारहरु , याक्थुङ कलाकार, पत्रकार, चुम्लुङ शुभचिन्तक लगायत कोरियाको बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका याक्थुङ दाजुभाई, दिदीबहिनी, ईष्टमित्र कुल कुटुम्ब, चुमदेङ र यहाँ स्थित गैर नेपालीहरुलाई पनि उपस्थितिको लागि आयोजकले उपस्थित भई दिनुहुन हार्दिक आग्रह गरेको छ ।
कार्यक्रम निम्न स्थान र मितीमा हुने छ ।
मिती:-2016/12/11 अाईतबार
स्थान:-सउल ग्लोबल कल्चर सेन्टर,म्यङदोङ
समय:-दिनको 12:00 बजे।
अायोजक —-किराँत याक्थुङ चुम्लुङ,द.कोरिया ।
mobile- 01048351565