बलात्कृत बहिनी
कथा ,
साझको आठ बजे तिर फ्रेन्ड रिक्वेस्ट चिन्हमा एउटा रातो मेसेज देखायो । रातो रंग त खतराको पो रङ हो । मलाइ रातो रंग संग डर लाग्छ । त्यसैले होला कसैसंग सम्बन्ध जोडिनु निकै खतरनाक र कठिन कुरा पनि हुन सक्छ । फेसबुकले संवेदनशिलताको बिचार गरेर होला फ्रेन्ड रिक्वेस्टमा पनि रातो अंक देखाइ दिने । चिन्ह ,रातो भए पनि रिक्वेस्ट पठाउनेहरु रंगले काला, सेता, खैरा गहुगोरा ,चामल गोरा र कोदो गोरा हुन्छन । 300 जति रिक्वेट एक्सेप्ट गरेको थिईन । तै पनि को रहेछ भन्ने जान्न त परिहाल्यौ । त्यो रिक्वेस्ट हेरे । नाम थियो “बलात्कृत बहिनी “।
नाम पनि कस्तो राखेकि ? आजकाल फेसबुकका नाम हेर्दा पनि अचम्म लाख्छ हिजो मात्र , बोलिस कि मरिस , तेरो हुने वाला जेठान , गरिब बाउको हरामि छोरा , जुगेकि मायालु छोरि, स्वास्नी पिडित, कोलाप्स नाम बाट आग्रह आएका थिए । केके राख्नु पर्ने हो नाम पनि ।उसको प्रोफाइल तस्वीर पनि अचम्म कै , एउटा अर्धनङ्ग केटिले बच्चाको घाँटी अचटेको । फोटोले तान्यो ।
चिनेको थिइन त्यो फोटोको मान्छेलाई । ठाउँ , काम, उमेर सम्पर्क, केही थिएन । रिक्वेस्ट एक्सेप्ट गरिन । तर एक घण्टा पछि मेसेज आयो हाई नमस्ते । मैले के भन्ने प्रश्नवाचक ?? चिन्ह पठाइ दिए । फेरि आयो उताबाट नमस्ते । कोहि मान्छे मलाइ फ्लो गरिरहको छ सायद । नमस्कार स्टिकर सहित रोमनमा नमस्कार शब्द आएको थियो । मैले पनि नमस्कार भने ।
हरेक दिन नमस्कार , आराम हुनुहुन्छ भनिराख्ने मैले बुढि औलाको लाइक चिन्ह मात्र पठाउने । खासमा 10/12 दिन यस्तै भयो । म बोल्न चाहिन आफ्नै काम , ब्यस्तताले अरुलाइ खासै चासो दिने समय थिएन । उसको लगातारको मेसेजले मलाइ साच्चै उ बारे जान्ने कौतुहलता बढ्यो।
उसको फेसबुक प्रोफाइल चाहारे । उसका पोस्टहरु चिहाए । आसु , वेदना पीडा र धोकाका भावले सजिएका त्यि पोस्टहरुमा उसको अबस्था झल्किएको थियो । मलाइ कतै चिन्नु भाको छ र छैन । उताको रिप्लाई थियो । तै पनि हाइ हेलो गरिराख्नु हुन्छ । मैले वास्तै नगर्दा पनि । ठिक छ सायद हजुर बिजि होला । केही छैन , उताको जवाफ आयो ।
खाना भो र कस्ले पकाइदिएको छ र उताको प्रश्न आयो। मैले पकाएर राख्दिएको थिए त । खानु सेलाए होला । खाना तातो खानु पर्छ । ओ रेयल्लि १ ल।अब चाहिँ कुकको लागि चिन्ता नहुने भो । यस्तै केही हास्ने हसाउने च्याट गरे ।
मनमा एउटा प्रश्नले अचेटेको थियो । यो प्रश्नको उत्तर खोज्न नै त्यहिफ बलात्कृत बहिनी नामबाट च्याट आउनेसंग नजिक हुन चाहेको थिए ।
तपाईं त राम्रो लेख्नु हुदो रहेछ। के लेखे रु मैले जवाफ दिए । सबै लेख्नु हुन्छ । उताको उत्तर ।कतै अरु कसैको मुटुमा त लेखिदिनुभएको छैन र मुटु कहाँ डायरि होर लेख्नलाइ । मैले लेखे। यस्तै सामान्य च्याट 10/12 दिनको बिचमा हुन्थे ।
तपाईं नढाटि भन्नु केही कुरा सोध्छु । झण्डै 6/7 महिना भो तपाइसंग यसो हाइ हलो भएको । तर तपाईको नाम ,फोटो ,ठाउँ ठेगाना केही भन्नु नि भएन । मैले भने
तपाइले नि त भन्नू भएन नि र उताको प्रतिप्रश्न आयो । मेरो सबै चिज यहि छ । फोटो नाम ठेगाना काम सबै यहि छन मानौ फेसबुक नै मेरो जन्म र जिवनको कुण्डली हो ।
तपाईं केही सोध्नु हुन्न र मैले भने । उताबाट उत्तर आयो तपाईं कुरा गर्नै चाहनु हुन्न ।
तपाईं लेखक हो । होइन ,कहिले काहीँ लेख्न मन लाग्छ तर रामरी लेख्न आउदैन । मैले लेखे ।
महिला बारेको लेख हेरे तपाइले लेखेको ।धन्यवाद तपाइलाइ । मैले लेखे । मेसेनजरमा कल गरौ । हुदैन कल उताको स्टिकर सहित आयो ।
केही दिन गायब जस्तै भयो त्यो फेसबुक नाम को बलात्कृत बहिनी । उसले मलाई अनेकौ शब्द हरुले प्रशंसा गरिरहन्थि । महिलालाइ बुझ्ने पुरुष कम मात्र छन । केटाहरु प्राय उस्तै देखिन्छन उताको च्याट थियो।
म पनि र, मैले सोधे । दुई तीन मिनेट पछि आयो उत्तर खै ,के था । लेखाइ र तपाईका क्रियाकलाप हेर्दा तपाईं एउटा असल केटा हो , तर केटाको भर त कसैको लाग्दैन ।
किन लाग्दैनरु मैले सोधे ।
यत्तिकै । तपाइको घर कहाँ र आफ्नो घर छैन उताको उत्तर आयो । ह्या अब नभने म बोल्दिन । मैले भने । अनि तपाईं केटि त होनि र मैले सोधे । हो उताको उत्तर आयो । अनि एउटा कुरा सोधम। सोध्नुस। आठ दस वटै । अप्ठ्यारो लागिरहेछ। तपाईं कुरा गर्नुहुन्छ तर केही बताउनुहुन्न। के बताम उताको च्याट थियो । समय आउदा सबै बताउला , फेरि आफ्नो सबै कुरा अरुलाइ बताउनु पनि त भएन । आफ्ना दुखेसा र बास्तबिकता अरुलाई भनेर किन हसाउनु । उताको उत्तर थियो । त्यति सम्म निच मलाइ नसोच्नुस,अरुलाइ रुवाए हुला तर अरुको दुखमा हास्ने मेरो बानि छैन ।
मेरो दाइको कल आयो सि यु मैले टुङ्गाइदिए ।
तपाइको दाइ हुनुहुन्छ रु मैले सोधे । उताबाट उत्तर आएन । मात्र रोएको स्टिकर आयो । त्यो दिन देखि झण्डै१0/१२ दिन उ गायब जस्तै भइ ।
तपाईंको नाम किन बलात्कृत बहिनी भयो । प्लिज भन्नुस।
मन लागेर राखेकि ।।
मेरो मनमा पनि अनेकौ प्रश्नले जुडो खेलिरहे ।
म ठिक केटि होइन । सरि ऊताको मेसेज आयो । मैले कहिले बेठिक भनेर र मान्छे न ठिक हुन्छ , नत बेठिक नै ।समयले र अरुको हेराइमा मान्छे बेठिक होला तर हरेक मान्छे आफ्नो ठोउमा ठिक हुन्छ । मैले भने, ल आफ्नाहरुसंग सबै कुरा भन्न हुदैन भन्छन अझै पराए संग भित्रि कुरा खोल्नुले त आफ्नो बेइज्यत हुन्छरे,उताको रिप्लाइ आयो ।
मान्छे नत आफ्नो हुन्छ नत पराइ नै ,कसलाइ आफ्नो बनाउने र कस्लाइ पराइ बनाउने त्यो आफ्नो हातमा हुन्छ मैले भने । समयले आफ्नालाइ पनि आफ्नो हुन दिदोरहेनछ । मेरो कुराले उसमा केही छाप परेको हुनुपर्छ । मैले सबै कुरा भन्छु तर तपाइले केही बाचा गर्नुपर्छ ।
छोरा नपाएको,निशान्तानपन , बोक्सि आरोपमा मलमुत्र खुवाउने ,बालबिबाह ,छाउपडि, दाइजोको कारण यातना दिने कैयो घटना देखेको थिए । गाउभरिका उदाहरणीय ब्यक्ति मेरो दाइ । नारिको सम्मान केहो हामिले उहाबाट सिक्दा हुन्थ्यो । कति असल श्रीमान पाएकि छे भन्दा भाउजू आफुलाइ भाग्यमानी ठान्थिन । भाउजू र म पनि निकै मिल्थ्यौ ।
एउटा बानि खराब दाईको । दाइ कहिले कसो बेस्करि रक्सि पिउनु हुन्थ्यो । जति रक्सि पिए पनि अरुलाई केही नभन्ने अझै। बढि सजक ।
म बजार मै थिए । मलाई एक्कासी घरमा बोलाहट भो । त्यहि दिन साथिहरु पिकनिक जाने कुरा थियो । म घर जानुपर्ने भो भन्दा साथिहरु दुखि थिए । बाबा आमा काठमाडौ जानु भएको थियो । घरमा दाइ भाउजू मात्र । भाउजू बाट थाहा भयो मेरो लागि केटा खोजिएको रहेछ । बिबाहको लागि । बाबा संगै केटा मलाइ हेर्न घर आउन लागेकोरे । तर मेरो कुरा सबैले बुझ्नुहुन्छ ,अरुले नबुझे पनि दाइले बुझ्नु हुन्छ । घर नगएको धेरै भएको थियो यो बाहनाले भेट पनि हुन पाइने भो ।
मंसिरको चिसो महिना गाडि पनि नपाइने हिडेर जादा चार पाच घण्टा लाग्थ्यो । गाउकै एक जना केटा लुकेस भन्ने साथिसंगै गाउँ जाँदै थिए । बाटोमा केही जंगल थियो । तै पनि हामी हिडेको एक घण्टा पछि अर्कि साथिसंग भेट भो । कुरा गर्दै बाटो काटेको पत्तो भएन । घर पुग्दा रात परिसकेको थियो । खुट्टा र शरीर निकै दुखेको थियो । घरमा भाउजू एक्लै थिइन । देख्ने बित्तिकै नानी आइन भन्दै अंकमाल गर्न भाउजू आइ पुगिन ।
उनी आफ्नै कोठामा थिईन । दाइ खोई त भनेर सोधे । दाइ बाहिर कतै गएको र अलि अबेर गरेर आउने थाहा पाए । उनकै कोठाको सोफामा बसे । उनले अनेक थरि कुरा गरेर जिस्काउदै थिईन । अब कान्छिका पनि गाला राता हुने भए । हामी जिस्कदै थियो । खाजा ल्याईदिनु भो । निकै गर्मि भएकोले कोट काडे भित्र छोटो हाफ टिसर्ट लगाए । घरमा बस्दा प्राय फ्रक लगाउथे । दादाले किनिदिएको ,त्यो पनि तिहारमा । सारै थकानले होला म सोफा मै झुलेछु । भाउजुले खाटतिर सरेर सुत्नु म तल काम छ अलि ढिला आउछु भनेर कता गइछन । आज यहि संगै सुत्ने दाइ नआउना नि सक्नुहुनछ। रात परिसकेको रहेछ ।निद्राले च्यापिसकेको थियो केही पत्तो पाएन ।
आउने बेला मैले दादालाइ कल गरेको थिए तर फोन उठेन । म घर आउने भन्ने थाहा थियो , भुल्नु भएछ । खै कुन बेला रक्सिको तालमा आउनु भएको रहेछ मलाई केही थाहा भएन । जतिबेला म ब्युझिए म पुरै अकल्पनीय दुनियामा थिए । मानौ म कुनै नर्कमा छु । कुनै 25/30 बर्षको पुरुष ममाथि जबरजस्ति गर्दै रहेछ । म निकै भक्कानिएकि थिए, मुखबाट बोलि फुटेन । त्यो मान्छे अरु कोहि नभएर स्वयम् मेरो दाइ थियो ।
रक्सिको नसामा दाइले म र भाउजु छुट्उाउन सक्नु भएन । मैले दाइ यो के गरेको भन्दा भन्दै पनि मलाइ …। म बलात्कारमा परे आफ्नै घरमा त्यो पनि आफ्नै दाइबाट ।
बाहिर हिड्दा सुरक्षित भएकि म आफ्नै घरमा असुरक्षित रहेछु । आखिर कहाँ छौ हामी सुरक्षित र कहाँ र कसरि सम्हालु आफुलाई , के गरु अब र
राति नै भागेर भिरबाट हाम फालेर मर्न मन लागेको थियो ।तर फेरि दुनियाले केभन्ला रु यहाँ आफ्नो भन्दा परिवारको इज्जत र दुनियाको आखामा राम्रो हुनुपर्छ । यस्ता कैयो घटना छन जो चुपचाप गायब बनाएर महिला पीडा दिईएका ।
हामी सानोमा संगै सुत्थ्यो । दादा नभए सम्म निद्रा लाग्ने थिएन । आखिर सम्बन्ध उहीँ थियो दाजु बहिनिको । माया उस्तै थियो हामी बिचमा । त्यतिबेला भन्दा 8/10 बर्ष पुरानी भए । त्यतिबेला म केहि सानी थिए अहिले केही ठुली । दोष कसको र उमेरले ल्याउने चाहना र शरिरको र यात त्यो गल्ति नै होईन र म अनेकौ प्रश्नले घेरिए । झिमरिले गोला घेरे झै ।
पुरुष मन आखिर पुरुष नै हुदोरहेछ । जति पढेको ज्ञानी भए पनि केही कुरामा पुरुषहरु ककुर सरह हुदा रहेछन । अचेतन मान्छेहरुको अन्धो आखाले केही छट्याउन सक्दो रहेनछ।
म आफैले आफैलाइ सम्हाल्न सकेकि थिईन । आकाश खसेर, अचेटे जस्तै भयो । अब म के गरु के। नगरु ।कसैलाइ भने पनि कसैले बिश्वास गर्ने कुरा छैन । यो कुरा अरुलाइ थाहा भए पहिला दाइ मर्ने छ , म कसरि बिबाह भएको छ सात महिनामा त्यि मेरै उमेरकि भाउजु लाई बिधुवा बनाउन सक्छु रु अन्याय सहेर बस्न हुन्न भनेर दुनियालाइ सिकाउने कठै म । छोरिको बिबाह गरि मलाइ खुसि राख्न तम्सेका बाबा आमा कसरी बाच्लान यो कुराले । मलाइ फोटो देखेर मन पारि मलाइ धरमपत्नि बनाउने सपना सजाएको त्यो अभागि पुरुषलाइ कति पीडा होला रु चिच्याएर रोए, रन्फनिए कोेपरे आफैले आफैलाइ ।
आजबाट म, म रहिन । मेरो जिन्दगि आजबाट मेरो जिन्दगि रहेन ।कुनै एक पसरुषको स्पर्शमा अडेको रहेछ हाम्रो संसार । मलाइ यो संसार नै अर्को लाग्यो । एक पटक कसैबाट लुटिनु थियो त्यो थाहा थियो । बाउ आमाले दिएको वा आफैले मनले चाहेको कुनै एक पुरुषलाइ लुटाउनु थियो त्यो पनि थाहा थियो ।
लुटिनु र लुटाउनुमा कति फरक रहेछ हगि । नेपाली चेलिहरु,बिबाहको नाममा दुइचारजनाको साक्षिमा लुटिन्छन ,प्रेमको बहाना बनाएर लुटिन्छन । बम्बै र बिदेशि कोठिहरुमा पनि लुटिन्छन । अझै यस्ता धेरै लुटाइहरु छन । मेरो कुराले चित्तदुख्ला । मलाइ घृणा गर्नुहोला ।
मैले यसकारण राखे फेसबुकमा मेरो नाम बलात्कृत बहिनी । अब मसंग कुनै मसेज गर्न सक्नुहुन्न तर तपाइका लेख रचना म जसरि पनि पढिरहेकि हुनेछु ।
उहि शशि ।
सबै मेसेज पढेपछि मन भारि भयो साना तीना गल्तिले ठुलो दुर्घटना ल्याउदो रहेछ । केही सान्त्वना दिन मन लागेर केही लेखेको थिए तर उनले मलाइ ब्लक गरिसकिछन । मेसेज गएन ।