वर्ल्ड पिपुल्स डेको अवसरमा कोरियामा “एसियन महोत्सब” हुदै
कृष्ण पुरी ,दक्षिण कोरिया २६ मे- २०१५ विश्व जन दिवस (वर्ल्ड पिपुल्स डे ( World people’s day) को अवसरमा दक्षिण कोरियामा पनि मे ३१ आइतबारको दिन बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l
यसै क्रममा कोरियाको फेन्थेक शहरमा पनि यहि आउदो २०१५ मे ३१ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशका प्रबाशी समूहहरुको संयुक्त सहकार्यमा आयोजना हुन लागेको एसियन महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेको छ l
सो समारोहमा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि फेन्थेक प्रबाशी सहयोग केन्द्र नेपाली समिती कोरियाले हार्दिक अनुरोध गरेको छ l फेन्थेक नेपालीहरु द्वारा प्रकाशित सुचना अनुसार समारोहमा बिबिध मनोरन्जनात्मक कार्यक्रमहरु हुनुका साथै विभिन्न अवसरहरु र खेल प्रतियोगिताहरु पनि रहेको बताईएको छ l
फेन्थेक माइग्रेन्ट सेन्टर – नेपाली समितिको सुचना
स्वागतम ! स्वागतम !! स्वागतम !!!
WEL-COME ” HAPPY PEOPLE’S DAY CEROMANY 2015 ”
यहि आउदो २०१५ मे ३१ तारिख आइतबारका दिन विश्व जन दिवस ( World People’s Day)को अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रको प्रमुख आयोजना र स्थानीय सामाजिक सस्था साथै अन्य विभिन्न देशहरु द्वारा आयोजना हुन लागेको एसियन महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेकोले सो समारोहमा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ l
मिति – २०१५ -०५-३१ (आईतबार) स्थान – फेन्थेक ट्रेन स्टेसन (AK- Plaza) अगाडि पार्क कार्यक्रमहरु :-
१. हाजिरीजवाफ (Quiz) प्रतियोगिता
२. एसियाका परम्परागत पोशाक प्रदर्शन तथा परेड
३. 7th People’s Day Ceromany
४. एसियाका बिभिन्न देशका नृत्य तथा गायनहरु आकर्षणहरु :-
५. एसियाका बिभिन्न रास्ट्रका परम्परागत खानाका परिकारहरु
६. एसियाका बिभिन्न रास्ट्रको बैबाहिक पहिरन प्रदर्शन
७ .फेन्थेक स्थानीय बाध्यबाजन प्रस्तुतिहरु
८. तेक्वान्दो प्रदर्शन
९. नेपाली लोक तथा सास्कृतिक नाचहरु
१०. फिलिपिन प्राचिन नाचहरु प्रदर्शन १
१. कोरीयन कला ,सस्कृति ,खेल , पहिरन हरुको प्रदर्शन
१२, स्वास्थ्य हेरचाह , जाच तथा परामर्श
१३. इमिग्रेसन श्रम सम्बन्धि परामर्श
१४. दोंबुक मार्केट बाट बिसेष पुरस्कार अफरहरु
१५. एसियाका बिबिध मनोरन्जात्मक खेल , कला , सस्कृति तथा प्रतियोगिताहरु
१६. My Life In Korea Writing Competition
१७. माइग्रेन्ट पोलिसी रिसर्च र सर्भे
१८. नेपाल महाभूकम्प पिडित सहयोगार्थ आर्थिक संकलन
१९. एसियाका फूड स्टल तथा पहिचान झल्कने बस्तुहरु प्रदर्शन
२०. सरसफाई कार्यक्रम
आयोजक :- फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र – (सम्पर्क -031-652-8855)
फेन्थेक नेपाली समिती – (भक्त थापा – सम्पर्क -010- 6868-2273