कोरियामा भक्तपुर समाजद्धारा आयोजित पुल प्रतियोगितामा रेशम पहिलो बने
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा नेपाली सामाजिक संस्थाबाट भक्तपुर समाजले गत आइतबार पहिलो पटक आयोजना गरेको पुल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रेशम शाहीले प्रथम स्थान हासिल गरेका छन् । उत्कृष्ट खेलाडीको उपाधी संगै ५ लाख वन राशीको पुरस्कार समेत हात पारेका छन् ।
त्यस्तै प्रतियोगितामा भिडेका ३४ जनामध्ये देव क.सीले द्वितीयत स्थान हासिल गरेका छन्। केसीले तीन लाख वनको पुरस्कार राशी पनि थापेका थिए ।
प्रतियोगितामा विशेष सहयोग गर्नुहुने सौल स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत किरण शाक्यज्यु,एनआरएनए आइसिसी प्रतिनिधि के पि सिटौलाज्यु, एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुङ , नेपाली सम्पर्क समितीका अध्यक्ष प्रेम शाहज्यु, वरिष्ठ उपाध्यक्ष अन्जु केसिको आतिथ्यता रहेको थियो ।
खेल प्रतियोगितालाई मर्यादित एवं सौहार्द्रतापूर्ण माहोलमा सफल पार्न सहयोग गर्ने समाजका पदाधिकारी र दर्शकहरुलाई आयोजकले आभार व्यक्त गरेको छ ।
असाहया बालबालिकाको सहयोगार्थ आयोजित पुल प्रतियोगिताबाट प्राप्त रकम भक्तपुर क्षेत्रमा शिक्षाको पहुचबाट बंचित ५ जना बालबालिकालाई जनही ५ हजारका दरले वार्षिक छात्रवृति प्रदान गर्ने समाजले जनाएको छ । आगामी शैक्षिक सत्रदेखि बिपन्न र पिछडिएको क्षेत्रमा प्रदान गरिने समाजको योजना रहेको अध्यक्ष रमेश गिरिले बताउनुभयो ।
पुल प्रतियोगिता को आय ब्यय येसप्रकार छ ।
जम्मा संकलन १७ लाख वोन
पुरस्कार वितरण ८ लाख वोन
पुल हाउस को भाडा २ लाख वोन
प्रमाणपत्र पोस्टर लगायत अन्य १ लाख ५० हजार वोन
जम्मा खर्च ११ लाख ५० हजार वोन
बचत ५लाख ५० हजार वोन
पुल प्रतियोगिताबाट ५ लाख ५० हजार वोन बचत भयेको समाजले जानकारी गराएको छ ।