सउल,
कोरियाको नयाँ बर्ष सलनालमा स्याङ्जा परिवार दक्षिण कोरियाले बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । परिवारले २०१७ जनवरी २८ मा सास्कृतिक कार्यक्रम गर्न लागेको हो । नेपाली सम्पर्क समिति, (NCC) ले आइतबार गरेको साँस्कृतिक कार्यक्रम बाँडफाँडबाट स्याङ्जा परिवारको लागि जनवरी २८ को दिन निर्धारण गरिएको हो ।
कार्यक्रमको तयारी द्रुतगतिमा भईरहेको परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराए । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन स्याङ्गजा परिवारले अपील गरेको छ । सास्कृतिक कार्यक्रमका लागि कलाकारहरुको चयन प्रक्रिया सुरु गरिएको भण्डारीले जानकारी दिए । केहि दिन भित्र मा कलाकारहरु र हलको टुंगो लाग्ने उनले बताए । सोही दिन संखुवासभा सम्पर्क समिति र सुर्खेत कोरिया सम्पर्क समितिले संचालन गरेको चिठ्ठाको नतिजा पनि खोलिने छ । दुवै सस्थाले पहिलोपटक चिट्ठा कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
१९९७ मा स्थापना गरिएको स्याङ्गजा परिवार परोपकारी कार्यमा अग्रणी सस्था रहेको परिवारले जनाएको छ । भूकम्प पिडित लगायत दैवी प्रकोपका पिडितहरुलाई आर्थिक सहयोग गर्दै आएको परिवारले स्पष्ट पारेको छ । परिवारले व्यवस्थित शेल्टर पनि संचालन गर्दै आएको छ ।