कोरियामा ‘सउल नेपाल गुम्बा’ स्थापना
सउल,
कोरियामा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्माबलम्बिहरुका साथै कोरियाली बौद्धमार्गीहरुका लागि समेत धर्म कर्म गर्न सुविधा होस् भन्ने उदेश्यले हालै सउलस्थित काङनाम इलवनदोङमा ‘सउल नेपाल गुम्बा’ (Seoul Nepal Monastery) को स्थापना गरिएको छ । गुम्बाका प्रमुख लामा तथा संस्थापक कुन्साङ दोर्जे लामाको नेतृत्वमा गत नोभेम्बर २७ तारिखबाट गुम्बाको स्थापना गरिएको हो ।
कोरियाकै पहिलो र एकमात्र नव स्थापित गुम्बाको औपचारिक रुपमा समुदघाटन कार्यक्रम भने जनवरी ८ तारिखका दिन भव्यताकासाथ हुने भएको छ । नवस्थापित गुम्बाले कोरियामा रहेका पुरानो बौद्ध धार्मिक संस्था नेपाल बौद्ध परिवारसँग हातेमालो गर्दै जाने प्रतिवद्धता जाहेर गरेको छ ।
उदघाटन कार्यक्रमका साथै गुम्बा संचालन गर्न ११ सदस्यीय व्यवस्थापन समितिको समेत गठन गरिएको छ । नव गठित सदस्यहरु निम्न अनुसार रहेका छन् ।
१) अध्यक्ष – ङावाङ दोङपा, ह्योल्मो सम्पर्क समिति दक्षिण कोरिया ।
२) उपाध्यक्ष – रमेश श्रेष्ठ, नेपाल बौध्द परिवार दक्षिण कोरिया ।
३) सचिव – प्रकाश लामा, मनाङ परिवार दक्षिण कोरिया ।
४) कोषाध्यक्ष – ज्ञान गुरूङ, मुस्ताङ परिवार दक्षिण कोरिया ।
५) संचार तथा प्रावितिक विभागीय प्रमु – सुरज गुरूङ , दक्षिण कोरिया ।
सदस्य
६) – उईना सिंह तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरिया ।
७)- प्रदीव गुरूङ, तमु:धि, दक्षिण कोरिया।
८)- दावा रिन्जीङ शेर्पा, शेर्पा संघ दक्षिण कोरिया ।
९)- निर्मल महर्जन, नेव:पुच, दक्षिण कोरिया ।
१०) – निमा धोन्डुप लामा, नुप्री समाज दक्षिण कोरिया ।
११)- रविन तामाङ, बुध्दीजिवी तामाङ संघ ,दक्षिण कोरिया ।
समुद्घाटन हुने मिती र स्थान
मितिः २०१७ जनवरी ८
स्थानः सउल घाङ्गनाम सिउल नेपाल गुम्बा
समयः दिनको १२ बजे
जाने तरिकाः लाईन नं। ३ थेछङ्ग स्टेशन ५ नं। गेटबाट झरेर ५ नं।को माउल बसमा चडेर ९ईलवन ईल दोङ्ग जुमिन सेन्टर०मा झर्ने ।
सम्पर्क नंं.
कुन्साङ्ग दोर्जे लामा ०१० ८५३४ ७९१९
ङावाङ दोङपा ह्योलमो ०१० ६३६४ ७०३२
रमेश श्रेष्ठ ०१० ३२६६ ९०३३
प्रकाश लामा ०१० ३०३९ २७२५
ज्ञान गुरुङ्ग ०१० ४१६४ १६६३
सुरज गुरुङ्ग ०१० ८३८२ ४३४३