सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी आइतबार तोंगदेमुन स्थित पूजा रेस्टुरेन्टमा ( हिस्ट्री एण्ड कल्चर पार्क स्टेसन , १३ नम्बर गेट नजिक ) आवेदन भर्न सकिने जनाएको छ ।
सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए । जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लागनीकर्ताहरुलाई आग्रह गरेको छ। दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा आयोजनाको निर्माण कार्य भईरहेको छ । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ ।
हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटर बाटो लागि ट्रयाक खोल्ने कार्य सकिएको छ । तीव्र गतिमा निर्माण कार्य भइरहेको जानकारी दिदै न्यौपानेले भने – सडक सुधारसंगै ड्याम क्यानल र पावर हाउस एकैपटक सुरु गरि आगामी २२ महिनामा सम्पन्न गरिने छ । विद्युत खरिद बिक्री सम्झौता (पिपिए ) र उत्पादन अनुमतिपत्र (पिडीए) जारी भइसकेको छ । कागजी कानुनी प्रक्रिया सबै सकेर राष्ट्रिय योजना आयोगबाट प्राथमिकताको आयोजनाको मान्यता प्राप्त गरेको न्यौपानेले जानकारी दिए ।
२०७५ मंसिरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्रगति र भावी योजनाबारे लगानीकर्ताहरुसंग भेटघाट थेगु र सुवनमा राखिएको थियो । २०७५ मंसिरसम्म राष्ट्रिय प्रसारणमा जोडिने उक्त आयोजनाको जगेड़ा शेयर बिक्री बारे जानकारी सुरेश लिम्बुलाई ०१० २१५९ ८९०० मा र कपिल न्यौपानेलाई ०१०२१४३२२९२ मा सम्पर्क गरि बुझ्न सकिनेछ ।