कोरियामा लिम्बुसमुदायले चासोक ताइ०नाम मनाए


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहेका लिम्बु समुदायले आफ्नो सांस्कृतीक  पर्व चासोक तइ०नाम गत आइतबार सउलमा भेला भएर भब्यरुपमा मनाएका छन् । किरात याक्थुम चुम्लुइ०  कोरियाको नेतृत्वमा आयोजना गरेको कार्यक्रमलाई औपचारिक र सांस्कृतीक दुई भागमा विभाजन गरी सम्पन्न गरिएको थियो ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथि सउल राजदूताबासका श्रमसहचारी देवराज ढकालले नेपालमा रहेका विभिन्न जातजातिहरुको मौलिक पर्व र चाडहरुलाई सबैले माया गर्नुपर्ने बताए । साथै विषेश अतिथि आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानले नेपालमा रहेको बिभिन्न जातजातिहरुको चाडपर्बलाइ राज्यले सम्मान नगरेर बेवास्था गरेको गुनाशो राख्दै आगामी दिनमा संविधान सम्शोधनमा सबैको पर्बहरुलाइ मान्यता दिनु पर्ने धारणा राखे ।

कार्यक्रममा नेपालबाट आएकी उदयमान गायिका सुनिता थेगिमलाई  नौ लाख वन राशी सहित सम्मान गरिएको थियो ।  सुनितालाई थेगिम बंशले सम्मान गरेको अगुवा टिका  थेगिमले जनाए । साथै गायक ब्रविन  सेर्मालाई किरात याक्थुइ० चुम्लुइ०ले सम्मान गरेको थियो । सांस्कृतीक कार्यक्रममा गायिका सुनिता र नेपालबाट आएका मुन्धुम गायक ब्रविन शेर्माले गीत संगीत  प्रस्तुत गरी दर्शकलाई भरपुर मनोरञ्जन दिएका  थिए । साथै मौलिक बाजा गाजा सहित लिम्बुको मौलिक केलाइ० नृत्य  पनि प्रस्तुत गरिएको थियो । केलाइ० (च्याब्रुइ०) नृत्य लिम्बु समुदायको विभिन्न पर्वमा विषेश प्रस्तुत गरिने गर्छन ।

कार्यक्रममा लिम्बु समुदायको मौलिक पहिरणमा सजिएका केही युवा युवतीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा लिम्बु समुदाय बाहेक गैर लिम्बु तथा  विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीति रहेको थियो । प्रवाशी मजदुर युनियनका अध्यक्ष उदय राई र एमडब्लु टिभीका प्रमुख जइ० हे सिललगायत विभिन्न संस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।

चासोक तइ०नामलाई लिम्बु समुदयाले अन्नबाली पाकेपछि पहिलो पटक खाने संस्कारलाई न्वाँगीको रुपमा मनाउने गर्छन् । साथै लिम्बु समुदायको छुट्टै नयाँ वर्ष शुरुवातको रुपमा पनि मनाउने गर्छन । त्यसैले लिम्बु समुदायको धार्मिक ग्रन्थ मुन्धुम अनुसार यसपाली ५०७६ औ वर्षको शुरुवात भएको छ ।

    

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...