कोरियाको जिन्जुमा पहिलो पटक जात्रा लाग्ने
फोनिज कोरिया संवादादता
सउल
कोरियाको जिन्जु शहरमा आगामी आइतबार डिसेम्बर १८ तारिखका दिन नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको फिल्म जात्रा प्रर्दशन हुने भएको छ । जिन्जुमा पहिलो पटक पर्दशन गरी आगरम्भ गरिएको सो नेपाली कथानक चलचित्र जात्रालाई विभिन्न शहरमा भिन्म मितीमा प्रदर्शन गरिने छ ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले “आपतकालिन परोपकार कोष” स्थापना गर्ने उदेश्य सहित जिन्जुमा जिुन्जु कोरिया नेपाल समाजको सहयोगमा चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो ।
जिन्जु संगै २०१७ जनवरी १ मा बुसान र जनवरी ८ मा थेगुमा प्रदर्शन गर्ने हल र स्थान तय भईसकेको महासंघका अध्यक्ष खेम कार्कीले बताए । त्यस्तै जनवारी ८ तारिख नै छिन्छन शहरमा र जनवरी १५ तारिख सउलमा प्रदर्शन गरिने तय भएको छ ।
नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई तान्दैं गएको छ । नेपालमा मात्र नभएर जात्राले अष्ट्रेलियाको सिड्नी र पर्थका नेपालीको पनि मन जितेको छ ।
महासंघले थेजन, मोक्पो ,ख्यंग्जु, लगायत ठाउमा फिल्म प्रर्दशन गर्न चाहनेले महासंघका पदाधिकारीसंग सम्पर्क गर्न भनेको छ ।
जीन्जुमा प्रदर्शन गरिने स्थानबारे निम्न अनुसार रहेको छ ।
स्थान : – ख्यगनाम ख्वाहाक्कीसुल देहाक्यो
जाने तरिका
जीन्जु बस टर्मिनल नजिक
कबड्डी कबड्डी,विर विक्रम छक्कापन्जा प्रर्दशन हल
जीन्जुको लागि सम्पर्क
योगिता गौतम
०१०५४७५८४१०
सजना गुरुंग
०१०४००३२५३५
नवीन पुडासैनी
०१०२२३१९१९९
खेम कार्की ०१०६४५३३०५०
नेत्र पौडेल ०१०२३८५८८०४
जनवरी १ मा बुसान र जनवरी ८ मा थेगुमा चलचित्र हेर्न चाहने र
अन्य शहरहरु चलचित्र प्रदर्शन गर्न चाहनेहरुको लागि
०१०६४५३३०५०,
०१०६५३३७४३१,
०१०४८३३६९०८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।