इपिएसले सन २०१७ को लागि विदेशी कामदारको कोटा ५६ हजार निर्धारण गरयो


सउल,

आगामी वर्ष सन २०१७ कोलागि कोरिया ल्याने इपिएस मजदुर (विदेशी कामदार)को कोटा निर्धारण गरेको छ । गत वर्षभन्दा २ हजार घटाइ यसपाली नयाँ र पुन प्रवेश गरी ५६ हजार तोकेको छ ।

कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको शुक्रबार बसेको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया ल्याउने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको हो । कोरियाको उत्पादन, कृषी तथा पशुपालन , मत्स्यपालन, निमार्ण र सेवा क्षेत्रको लागि विदेशी कामदारको कोटा तोकिएको हो । तोकिएका कोटा मध्ये ४३ हजार नयाँ र बाँकी १३ हजार पुनह प्रवेश (सिविटी ) मार्फत कोरिया ल्याइने जनाएको छ ।

तोकिएका कोटा मध्ये उल्पादन क्षेत्रमा ४२ हजार ३ सय , कृषी तथा पशुपालन क्षेत्रमा ६ हजार ६ सय , मत्स्य क्षेत्रमा २ हजार ६ सय , निमार्ण क्षेत्रमा २ हजार ४ सय र सेवा क्षेत्रमा १०० जना कामदारको कोटा छुट्टाएको छ । ५६ हजार कोटा मध्ये २ हजार चाही कम्पनीको माग अनुसार जुन महिनासम्म आइसक्नेछन् ।

समितिले इपिएस अन्तर्गत आएर बिना भिषा (बिना दर्ता ) काम गरिरहेको मजदुरको साथै अन्य मध्यमबाट आएर बिना भिषा काम गरिरहेको प्रवासी मजदुरको संख्या पनि सार्बजनिक गरेको छ ।

जसअनुसार इपिएस अन्तर्गत आएर बिनाभिषा (बिना दर्ता) काम गर्ने प्रवासी मजदुरको संख्या ३८ हजार ७२ जना छ जुन इपिएसको मजदुरको १४ प्रतिशत हो । जम्मा २ लाख ७१ हजार १ सय ३५ मध्ये २ लाख ३३ हजार ६३ हाल इपिएस अन्तर्गत कार्यरत र अन्य मध्यमबाट प्रवेश गरि बिना भिषा काम गर्नेहरुको संख्या १लाख ७४ हजार ७३ जना छन ।

इपिएस अन्तर्गत आएर बढी बिना भिषा काम गर्ने मजदुरको संख्या २९ हजार ३ सय १५ जना जनाएको छ । जसमा भियतनामको १४ हजार ४ सय ७० जना ३६.६ प्रतिसत सबैभन्दा बढी हो भने सब भन्दा कम बिना भिषा काम गर्ने मजदुर नेपालको ७ सय ७३ जना २.६ प्रतिसत रहेको जनाएको छ ।

सन २०१७ को लागि तोकिएको विदेशी कामदार मध्ये कुन देशबाट कति ल्याउने भने पछि तोकिने समितीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...