दोङ्देमुनको बजारैमा
कोरियाको दोङ्देमुन बजार (सिजाङ)मा धेरै नेपालीहरु भेटिए । झट्टै हेर्दा काठमाडौ जस्तै लाग्ने आ आफ्नो धुनमा मस्त, कोहि फोटो खिच्ने ध्यानमा कोहि गफ गाफको सुरमा । कोहि आफन्त खोज्ने सुरमा कोहि के कोहि के गर्ने सुरमा । नेपालीहरुको भिड देख्दा नेपालको आधा भन्दा युवा बिदेशमै रहेछन् भन्ने बास्तबिकता मेरो दृश्यमा कैद भएरहेको थियो । अग्लाअगला मानव निर्मित भवनहरु खडा थियो त्यो भिडहरुको सामु । म पनि त्यो भिड्मा हराई रहेको थिएँ । साथी भाईलाई भेट्घाट हुने औडा खुशिमा यो मन निकै प्रफुल्लित अवस्थामा तरंगित भैरहेको थियो । मानौ, असार महिनाको भेल समुन्द्र भेट्ने उत्साहमा बेगले उर्ले झैँ यो मन उन्माद भैरह्यो । मौसम निक्कै चिसो, कोरिया निक्कै चिसिसकेको नोभेम्बरदेखिको चिसाईले कक्रीएको कोरिया आफैमा बरफसरी परिणत थियो त्यति बेला ।
कोरियाको नयाँ वर्षको रुपमा मनाइने ठुलो चाड सलनाल चिसो संगै न्यानो खुशी छरिदिने दिनको रुपमा लिने गरिन्छ भन्दा अतियुक्ति नहोला । कोरियन तथा बिदेशी कामदारहरु आफ्नो ब्यस्त समय भन्दा परको समय बेतित गर्ने मौकाको रुपमा सबैले लिने गर्दछ । कोरियामा बर्षमा दुई वटा ठूलो पर्व मध्ये एक पर्वको रुपमा मानिने गरेको थाहा पाए सलनाल कोरिया आए पछि । त्यो चिसो रात दोङ्देमुन बजार चिसोको आभासलाई पन्छाइ धेरै पछि नेपाली दाजुभाई दिदी बहिनिको भेट्मा झकिझकाउ थिए सायद खुशिका फूलहरुको उनिएर तिहारको बेला बेच्न राखिएको सयपत्री फूल जस्तै । नेपालीहरु भिडमा चहलपहलका गुच्छाहरु नेपाली भाषाको ध्वानी गुन्ज्यमान त्यो ठाउँ बिरानै भए पनि मनमा आफ्नै देशमा आभास भैरह्यो ।
नेपाली संघसंस्थाहरुले नेपाली कलाकारहरु बोलाएर साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । त्यो माहोल पनि कम रोमान्चक थिएन टिकट शो गरिएका पोस्टरहरु छुट्टाछुट्टै टासिने दृश्यहरु नेपालमा फिल्मको टिकट काट्दाको आभास दिलाउने बाताबरण एक पटक समयले जुराई दियो दोङ्देमुन बजारमा । भबिस्यको सपना बोकेर लाख कमाउन आएको युवाहरुको भिड्मा हराइरहें चिसो मौसमको प्रवाह नगरी ।
फराकिला सडक मोटरकारको भिड उतिक्कै । तर, सबै ट्राफिक लाइटले समेट्न सक्ने कोरियाको इमान्दारिताको पाठ सिक्नै पर्ने जरुरी लाग्यो । नेपालमा भए ट्राफिक प्रहरीको हैरान तर कोरियामा सबै नियममा आफैलाई समेट्ने कुरा पक्कै पनि सिक्नै पर्छ हरेक नेपालीले । नामको हिसाबले सबै थाहा भएन ठाउँको तर १ नम्बर गेट २ नम्बर गेटको आधारले भेटघाट हुने रहेछ कोरियाको मुख्य शहरमा ।
नेपाली मन जहाँ पुगे पनि नेपाली नेपालीहरुको बध्याता अरु देशको गुलामी गर्ने आधुनिक युगको दास बन्न तायार युवा लाखको कमाई बढीमा ५देखि १०बर्ष सम्म होला तर जिन्दगी भरी हाम्रो सन्ततीहरुले हामिले जस्तो दुख नपाउन भनेर स्थायि सुख बनाउने सपनाहरु बुनिन्छ बुनिदैन त्यो ब्याक्ती ब्यक्तिको मानासिक कुरा हो । तर सपनालाइ साकार बनाउने बाटोतिर धेरै हुनुहुन्छ जस्तो लाग्छ नेपाली दाजु भाइहरुको अवस्था देख्दा । कोरिया मेहेनत श्रम समयको महत्व सिकाउने एउटा ब्यवहारिक ठाउँ रहेछ । नेपालमा हुँदा ताका म बिहान ८ बजे सम्म सुत्थे तर यहाँ त ८ बजे खाना खाएर काममा लागिसक्नु पर्ने हुन्छ । यस्तै रहेछ नेपाली दाजुभाईहरु हामी भर्खर पो सिक्दै रहेछौ केही पाउनलाई केही गर्न पर्दो रहेछ भनेर ।
यो अभिव्यक्ति धेरैको मनमा खेल्दो हो भनिदो हो, दोङ्देमुन सिजाङ जब इपिएस टोपिक पढ्न थालियो पढेको कुरा प्रत्यक्ष त्यो ठाउँमा पुग्दा खेरिको सङघर्ष सम्झीदा खुशी पनि लाग्यो । चिसै मौसममा नि न्यानो लागिरह्यो । जमिन मुनि मेट्रो रेल बजार रंगिबिरङगि झकिझकाउ । कति नेपालीले यहीँ आए पछि रेल चढे बैन्किङ कारोबार एटिएमबाट गरे । बस चढ्दा काड्र्को प्रयोग गरे नयाँ कुराहरु कोरियाबाट सिके र म पनि सिकें कोरियामै आएर । कोरियाको काम त्यसै पनि गाह्रो । काम गर्न आएको मजदुर वेगुक कल्लोजा भनेर आएको कामको साथै दाम छाप्ने नेपालीहरुको हुल देख्दा धेरै खुशिहरु बटुलिन्थे दोङ्देमुन बजारमा ।
नेपालीहरुले यहि बसेर आफ्नो होटल, विभिन्न दोकानहरु खोलेको देख्दा नेपालीहरु निक्कै झुम्मिएको देखियो । आफ्नै ठाउँमा आफ्नै शहरमा खाना, मःम इत्यादी खाएको जस्तो लाग्ने मन हर्षित पार्दै गफगाफ गर्दै खाई रहेको भिड्मा आफू पनि नेपाली स्वादको चाख लिन पाउँदा कम्पनिमा सधैं फान्जाङ्निम क्याप्टेनहरुको छेउमा बिरालो झैँ काम गर्ने म आज म बाघ झैँ गर्जिदिउ जस्तो लाग्यो दोङ्देमुन बजारमा । ताकि कुकुरको छाउरा अलि ठूलो छाउराले लखेटेर सानो छाउरा आमाको काखमा पुगे पछि बेस्सरी जोड जोडले भुकेर निहु खोजे जस्तै नेपाली दाजुभाईहरु आफ्नो दाजु भाइ भेट्दाको कम्पनिको दुखसुखको आदान प्रदान कोरियन खाना हेजाङ्गुक खादै गर्जिरहेको आभाष गरायो दोङ्देमुन बजारले ।
त्यही बजारमा आफ्नो स्वतन्त्रता खोज्दै थिए । कुनै मान्छेले अध्यारोमा आफ्नो सामान हराएर खोजे झैँ तर सबै आफ्नो नाटकिय स्वतन्त्रको जप गर्ने हुलको खोक्रो खुशिले मलाइ आफैमा कता कता स्वतन्त्र भएको आभास नभएको हैन तर पनि नेपालीहरुको सपनाको खातिर पोटिएको रंगको बजार दोङ्देमुन बजारमा रमाइलो भने पक्कै थियो नै । कोहि पुल हाउस गए कोहि गफगाफमा ब्यस्त । रात परे पछि मोटेलको बास । धेरै टाढा टाढाबाट आएको थिए नृपालीहरु ।
३दिनको बिदा कसै कसैको ५दिनको बिदा सकिएर आफ्नो कम्पनिमा फर्किए दोङ्देमुन अर्को सलनाल अनि छुसकसम्मको लागि रितियो ।
आहाले -३ धनकुटा
हाल, दक्षिण कोरिया