समाबेशी समाज ?


 

मानवशास्त्रीहरु भन्छन् ‘मानिसलाई मार्न परे गोली हान्नु पर्दैन । संस्कार र संस्कृति मारे पुग्छ ।’ अहिले नेपालमा भएका विभिन्न आन्दोलनहरुमा पहिचान सहितको भौगोलिक क्षेत्रका बारेमा पनि चर्चा भैरहेको छ । धेरैलाई लागेको पनि छ पहिलेको समाज शान्त थियो । तर यर्थाथ धेरैले ठाने जस्तो शान्त पनि थिएन ।
…..
दुईटा प्रसँग । कक्षा ९ मा पढ्दै थिएँ । हामी पढाई नभएको समयमा कक्षामै हाजरीजवाफ प्रतियोगिता गथ्र्यौ ।  प्रश्नहरु कक्षा कोठाकै किताबबाटै सोधिन्थ्यो । प्रायः प्रश्न सोध्नेमा म हुन्थे । एक दिन मैले प्रश्न सोध्न पर्ने भो पेलेको न्वारानको नाम के हो ? मैले प्रश्न पढेँ । कक्षाका सबै साथी हाँसेँ । फेरी प्रश्न दोहो¥याएँ । दोस्रो पटक झन् बढि हासेँ । भएछ के भने मैले न्वारान नभनेर ‘नहुँरन’ भनेछु । यो शब्द तामाङ भाषामा न्वारानकै लागि प्रयोग हुन्छ । धेरै फरक थिएन । बुझ्नका लागि नेपाली भाषी सबै साथीले बुझेका थिए । त्यसको केही समय पछि नौ कक्षाबाट दश कक्षामा जाने परिक्षा भो । म तेस्रो भएँ । मलाई पढाउने शिक्षकले अविर लाउँदै भने ‘लौ भाइले न्वारान भन्न नजाने पनि लेख्न जानेछौ । तामाङको छोरा भए पनि ।’
दोस्रो प्रसंग अलि बढि नै मार्मिक छ । धेरै तामाङहरुले गाईगोरुको मासु खान्छन् । विशेषगरी बाक्लो बस्तितिरका तामाङहरुले । बुढी तामाङनी गोरुको मासु काट्दै थिइन । कसैले देखेर नजिकको प्रहरीमा भन्दिए । प्रहरी गए । बुढीलाई सोधे । के गरेको आमै ? बुढीले उतर दिई ‘मे सिजिम । स्या थाबा ।’
प्रहरीले तामाङ भाषा बुझेनन् । नेपालीमा सोधे । बुढीले तामाङ लवाजमा भनिछन् । ‘गारु मा¥यो । मासु काट्यो ।’
प्रहरीले बुढीलार्ई हिरासतमा लिए । गोरु मारेको स्विकार गरेकोले हदैसम्मको कार्वही माग गरेर अदालतमा मुद्धा दायर गरे । अदालतमा पनि बुढीले त्यही कुरा दोहो¥याइ । बुढी दोषी देखिएकोले जेल पठाइयो ।
बुढीले गोरु मारेकि थिइनन् । गोरु आफै मरेको थियो । उनले त्यसैको मासु मात्र काटेकि थिइन् । तामाङहरुले बोल्दा आकार ‘अ’ नबोलेर ‘आ’ बोल्ने भएकोले मरेकोलाई मारेको भनेकि थिइन । सुरुमै कुनै प्रहरीले तामाङ भाषा बुझेको भए अनाहकमा बुढीले जेल बस्नु पर्दैनथ्यो ।
भाषाको कारण दुबै प्रसंगमा समस्या परेको हो । एउटा मेरो आफ्नो भोगाई हो अर्को सुनिदै आएको प्रसंग । यस्ता समस्याहरुलाई लेख्दै गइयो भने लामो हुन्छ । प्रसंग एक होइन अनेक छन् । जानेर नजानेर, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नै भए पनि जानजाति, मधेसी र दलितहरुले समस्या भोगेका भाग्यै छन् धेरै समय देखि । यसरी समस्या भोगेका नेपालीले नयाँ संविधान मार्फत नहेपिने ग्यारेन्टी खोजेका थिए । एउटा शब्द शुद्ध उच्चारण नगरेकै भरमा हेयको दृष्टिले नहेरिने वातावरण खोजेका हुन् । तामाङको छोरा भएकै आधारमा कक्षामा राम्रो गर्दा अचम्म मान्नु पर्ने वातावरण नहोस भन्ने खोजिएका थिए ।
अहिले नेपाली समाजमा जटिल प्रश्न पनि यस्ता समस्या कम गर्दै जाने कि समस्या नै नमान्ने भन्ने हो । हाम्रो समाज साँच्चै प्रश्नै उठाउन नमिल्ने गरि मिलेकोे छ ? के नेपाली समाजमा पहिचान सहितको शासकीय व्यवस्था भए देशै टुक्रने हो ? बैमनस्यता बढ्ने हो ? भाइचारा समाप्त हुने हो ? उतर दिने शैली अनेक होलान् । बाद प्रतिबाद अनेक होलान् तर निचोड भने अहिले भएको हाम्रो सामाजिक संरचना एकात्मक छ । सबैको पहिचानलाई प्राथमिक्तामा राखेको छैन ।
एक दशक पहिले । दोलखाको बाक्लो तामाङहरुको बस्ती ध्याङसुकाठोकरको विद्यालयमा कार्की थरका शिक्षक नेपाली पढाउँदै थिए । उनले तामाङ भाषाबाट नेपाली विषय पढाउदै थिए । कुराकानी गरे पछि थाहा भयो सबै बिद्यार्थी तामाङ भएकोले नेपालीमा मात्र पढाउँदा बिद्यार्थीले नबुझेर हैरान । परिक्षामा पासै नहुने । स्थानीय अभिभावकसँग मिलेर उनीहरुले उपाय निकाले सके जति किताब तामाङ भाषामै पढाउने । यो शैली विद्यालयमा प्रयोग गरे पछि तामाङ विद्यार्थीको पढाईमा प्रगति भयो । केन्द्रको सरकारलाई के थाहा तामाङ बिद्यार्थीलाई कसरी पढाउनु पर्छ भन्ने । शैक्षिक नीति बनाउनले केन्द्रमा बसेर जसो गर्दा ठीक लाग्यो त्यसरी नै नियम बनाइ दिने हुन क्यारे ।
थिचोमिचो पढाईमा मात्रै छैन । संस्कृतिक संरचनामा पनि छ । तामाङ समुदायमा मामा फुपूको छोरा छोरी विवाह गर्ने चलन धेरै पहिले देखि चलेको छ । उनीहरुको उमेर मिले पहिलो अधिकार नै हुन्छ भनिन्छ । यो संस्कार तामाङ लगाएत समुदायको आफ्नै मौलिक पहिचान बोकेको संस्कार हो । जनजाति भन्दा बाहेकका अन्य समुदायलाई यो संस्कार नराम्रो हो भन्ने लागेर हेयका दृष्टिले हेरिदै आयो । कतिसम्म भने सरकारले नेपालको हाडनाता करणी सम्बन्धी नियम बनाउँदा जानजातिको यो संस्कारलार्ई बैधता दिएको थिएन । अहिले भने सच्चिएको छ ।

 

यस्ता धेरै थिचोमिचो भोग्दै आएका जनजातिले नयाँ बन्ने संविधानमा आफ्नो अधिकारका लागि सबै भन्दा बढि लडे । आफ्नो अधिकार पाइन्छ भनेरै धेरै जनजातिले ‘जनयुद्ध’का गीत गाए । ‘जनयुद्ध’मा सहभागी भए ।
अहिलेको माओबादी केन्द्रले आफ्नो ‘जनयुद्ध’को उर्बर समयमा जानजातिका बिषयलाई टपक्कै टिपेर बोक्यो । मरेकोलाई म¥यो र भन्न नजानेर जेल बस्नु पर्ने बाध्यतालाई हटाउँछौ भने । ताम्सालिङ, मगरात, खम्बुवान, लिम्बुवान, नेवा जस्ता शासकीय स्वरुप बनाए । उनीहरुले भिन्न भिन्न नापनक्सा बनाए । अनि एउटा क्षेत्र कटेर जाँदा गेट बनाए । ‘तंपाईलाई ताम्सालिङ राज्यमा स्वागत छ ।’ यस्ता गेट देशै भरि बने । हेपिएका, चेपिएका जनजातिलाई लाग्यो केही गर्छ यो पार्टीले । धेरैको सहानुभुति र प्रत्यक्ष सहभागीता रह्यो ।
शान्ति पक्रियासँगै पहिचान सहितको शासकीय स्वरुपको स्वर कम हुदै गयो । पहिलो संविधानसभामा उसले पहिलो स्थान पाए पछि आनन्दको जीवनशैलीमा ‘दोरम्बाको घिसिङ’को पहिचान कता गयो । गाउँका सोझा जनजातिले ती नेतालाई पहिले जसरी घर आउँदा सेनाबाट बचाउन परेन । आफूले नखाइ नखाई ढिडो पकाएर दिनु परेन । ती माओबादी नेतालाई पहिलेका जनजाति ‘लालसेना सेना’ भन्दा उनीहरुले भन्ने गरेका ‘शाही सेना’ नै ठीक लाग्यो । तिनले मगरातमा खाएका सिस्नो ढिँडोको स्वाद बिर्से । खम्वुवानको लिम्वुले आफूलाई ओड्ने नहुँदा पनि आफ्नो भाग्य फेर्छ भन्ने विस्वासले माओबादीलाई ओडाएका गम्साको न्यानोपन बिर्से ।
ढोलमुले नीतिका कारण जनजातिहरुले पनि माओबादीलाई पहिलो संविधान सभाको अन्तिम समयसम्म आइपुग्दा लगभग विस्वास गर्न छाडे । अरु पार्टीले पनि झिनै स्वरमा भने पनि पहिचान सहितको शासकीय स्वरुपलाई मानेका थिए । समयले कोल्टो फेर्यो । पहिलो शक्तिका रुपमा देखिएका माओबादी आफ्नै कारणले फुच्चे तेस्रो पार्टी बन्यो । पहिलो संविधान सभामा मनमा तुक पालेर भए पनि पहिचान सहितको अधिकार दिनु पर्छ भन्ने पार्टीहरु ठूला भए । तिनका स्वर फेरिए । नेता तिनै थिए । तिनलाई २०४७ सालको संविधान पनि अति उत्तम मानेका थिए । ती जनजातिले आफ्नो अधिकार मागेर शासकलाई हटाउनु पर्छ भन्दा ‘ठेलागाडामा चढेर अमेरिका हिड्ने मान्छे’ भनेर भद्धा जोक गरेर हासे । तिनले विस्वास नगरेको जनताले आमुल परिवर्तन गरेर देखाए । ती नेता मुखले फेरिए । गणतन्त्र ठीक भन्न भ्याए । जनजातिले अधिकार पाउनु पर्छ भने । जनतालाई लाग्यो यो पनि फेरिएछ । एक मौका दिउँन उसलाई पनि भने । जिताए पठाए ।
ती फेरिएका थिएनन् । साहनुभुति पाउनका लागि मात्रै बोलेका थिए । अहिले फेरी मौसम तिनै तुक्का मिलाएर जोक गर्ने सक्ने नेताहरु बिभिन्न बाहानामा अनेक आन्दोलन गर्दैछन् । ती नेता भन्दैछन् पहिचान सहितको संघियता नेपाललाई फाप्दैन । धान्न सक्दैन । कति सम्म भने डलर कराको मात्रै हो पहिचान भनेको । अरु केही होइन । तर त्यस्ता पार्टीका ठूला नेतालाई के थाहा यो देशमा गोरुको भन्दा तामाङको ज्यान मुल्यहीन छ भनेर । जनजातिहरु अहिले ‘कुल’ छन् । ‘युद्ध’मा हिडेर थकाई मारेका झै । यस्तो ‘कुल’ अबस्थालाई जनजाति सकिएको भन्ने चित्रित गरिनु हुदैन । यो अबस्था आँधी आउनु पहिलेको सन्नटा पनि हुनसक्छ । बेलैमा सोचौ ।

[email protected]

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...