जीबनलाई फर्केर हेर्दा
“जिन्दगी जिउनुको मजा त यही छ” धेरै मान्छेको मुखबाट यो बाक्यांस सुन्ने गर्थें । मलाई लाग्थ्यो आहा ! कति भाग्यमानि मानिसहरू । आफुलाई मात्र दुःखी लाग्थ्यो सायद आफै सोच्थे मेरोमात्र यति धेरै आबश्यकताहरू थिए दुनीयाँमा जुन पुरा गर्न मलाईमात्र गारो थियो । म बिबिएस पढ्दै गर्दा एकजना साथी संगीताले वाईएफसिको कार्यक्रममा निमन्त्रणा गरिन् । उक्त कार्यक्रममा एकजना दाइको मन्तब्य थियो जुन मेरो आफ्नै जीबनमा मेल खाए जस्तो लाग्यो ।
सानैदेखि घरबाट राम्रो पढ्नुपर्छ भन्ने मान्यता थियो । पत्र पत्रिका पढ्नुपर्छ साथीहरूसॅग संगत गर्नुपर्छ भन्ने मान्यताबाट अलि टाढै थिए । त्यसैले भन्नु पर्दा म किताबी किरो जस्तै थिए, बाहिरको संसारबाट एकदमै टाढा । उक्त कार्यक्रममा सन्तोस भन्ने दाईको भनाइले सारै मन छोएको थियो । ” संसारमा हामी धेरैलाई म जतिको अभागि कोही छैन भन्ने लाग्छ तर समस्या नभएको मानिस यो दुनीयाँमा कमै हुन्छन् ” ।
साँचि नै त्यही समयदेखि मैले जीवनलाई बुझ्ने मौका पाए । समस्या, अभाब र दुःख बिनाको जीवन सायदै हुन्छ यो दुनीँयामा तर कसले जीवनलाई कसरी बाँच्न सक्छ भन्ने बिषय आ आफ्नो कलामा भर पर्छ । जीवनलाई सुखी भएर जीउने अर्थात दुःखी भएर जीउने यो आफ्नै हातमा छ । संसारमा कोही मानिसको जीवन पनि हरेक तरहले पूर्ण हुँदैन । पैसा नहुने मान्छेलाई लाग्न सक्छ आहा ऊ संग कति धेरै पैसा छ, उसको जीवन कति रमाईलो होलाकति सुखी होला ऊ ।
तर पैसाले मात्र मान्छे सुखी र पूर्ण हुन्छ भनेर ठोकुवा गर्न सकिन्न किनकि पैसाले भौतिक सखसयल र अमनचयन किन्न सके पनि मनको सुख र खुशी भने अबश्य पैसाले किन्न सक्दैन । यसैले मान्छे किन दुःखी हुन्छ या त कोही मान्छे दुःखमा पनि कसरी सुखी हुन्छ भन्ने कुरा आफुसँग भएको भौतिक स्रोत र साधनमा भर नपरेर कसले जीवनलाई कसरी लिएर अघि बढ्न सक्छ भन्ने सोचमा भर पर्छ नकि धन सम्पत्ति एस आरमले जीबन सुखी हन सक्छ । मानिसका आबश्यकता र ईच्छाहरू अनन्त छन् न त यसको कुनै सिमाना हुन्छ न त परिधी नै । एकको पुरा भएपछि अर्को टप्लक्क आईपुग्छ यसैको निरन्तरताबाट संधै जीवन अधुरो अपुरैरहने गर्छ त्यसैले यदि जीवनमा सुखी र खुशी भएर बाँच्नु छ भने जीवनलाई आफैले जीउनु सक्नु पर्छ त्यो केवल आफूलाई मात्र थाहा हुन्छ ।
म कसरी सुखी हुन्छु या के कारणले आफूलाई खुशी बनाउन सक्छु यो मैले आफै पहिचान गर्न सक्नुपर्छ नकि कसैले खुशी बनाउला भनेर आशै आशामा समय बिताउन परोस् । हामीले पाएको यो जीवन अत्यन्तै महत्वपूर्ण छ किनकि यो संसारमा छोटो समयको यात्री हौ । त्यसैले अनेकन आबश्यकतालाई चुल्याएर दुःखी हुने भन्दा हामीले पाएको मल्यवान समयलाई कसरी सदुपयोग गरेर सुखी हुने भन्ने बिषयलाई मनन गर्नु जरूरी छ । जिन्दगी आफ्नो लागि बाच्ने हो त्यसैले यो गर्दा मलाई अरूले के सोच्लान् के भन्लान् भनेर सोच्नु भन्दा कुन कामले आफुलाई आत्मसन्तुष्टी दिन्छ, कुन काम गर्दा आफ्नो मन सुखी हुन्छ त्यही बिषयमा अडिन हुन जरूरी छ ।
मैले यहाँ परिवार र समाजलाई बेबास्ता गर्नुपर्छ भन्ने मान्यता राख्न खोजेको अबश्य होईन तर कतिपय गतिबिधीहरूमा सामाजिक बन्धन र मुलयमान्यताहरू तगारो बनेका हुन्छन् यस्तो अवस्थामा भने अबश्य पनि हामीले ती जनहित बिरोधी उल्झनहरू टेकेर अघि बढ्न सक्नुपर्छ भन्ने हो किनकि मैले प्रथम मेरो आफ्नो जीवनको महत्व बुझ्न र लिन सकिन भने आफुले त्यो समाजलाई के दिन सकुला । त्यसैले जीबनलाई सुखी र खुसी भएर बाँच्नको लागि आफ्नो सोचाई बिचारलाई शसक्त बनाउनु पर्छ अनि आफ्नो लागि जीउनु सक्नुपर्छ यदि आफू नै नरहे अरूलाई कसो बचाउला । “तिमी बाँच आफू अनि बचाऊ अरूलाई “।