जनताका बिजुली , जनार्दन र कुलमान


एउटा  अनौठा‌े  परिघटना  घटेको छ  काठमाण्डु खाल्टोमा ।    कालो राजधानि उजेलिएको  छ । सधै  अध्यारो  कालरात्री   आज  झिलिमिलि  छ ।  मान्छेहरु  भित्ताका अन  अफ  बटनलाई रमाइलो  मानेर  चेक  गरिरहेका  छन्  ।  अहो  यो  बटन  जतिबेला  फ्याट्ट  पार्दा  पनि  बिजुली  झिलिक्क  बलेको  छ । के  अचम्म  भयो , पत्यार  लागेकै  छैन। हैन  हामिलार्इ  बिजुलीले  कतै छक्काएको त हैन ?

आज बिजुली आइराख्दा आम नागरिकलाई छक्काउने को रहेछन भन्ने मेसो सबैले पाएका छन। छक्काउने बिजुली नभै स्वार्थका पोका कर्मचारि र भ्रस्ट ब्यक्तिहरु रहेछन ।बिजुली आइराखे पनि मनको लोडसेडिङ गएकै छैन ।जाओस पनि कसरी हिजो सम्म २०.२१ घण्टाको लोडसेडिङ खेपिरहेकै हो । सासुले बुहारिलार्इ सोध्छिन साच्चि बुहारि आज कतिबेला जान्छ बिजुली । प्रश्न फेरिएको छ । मान्छेको मनस्थिति केही फेरिएको छ । एक महिना पहिला त्यिनै सासुको प्रश्न हुन्थ्यो बुहारि आज बिजुली कती बेला आउछ ? प्रश्न फेरिए संगै काठमाडौं खाल्डो फेरिएको छ ।

बिजुली नै नजाने यो त कसरी हुन्छ र ? यो चमत्कार प्रति आश्चार्यको जीव्रो टोक्नेहरुको हुल बाक्लो छ । लोडसेडिङ त काठमाडौको एउटा पहिचान थियो । अरु नघोके पनि नजाने पनि एउटा चिज सबैले घोक्नै पर्ने थियो । त्यो हो लोडसेडिङ तालिका । त्यो हरेक नेपालको दिनहुको पाठ थियो । थालबाट गाँस टिपेर मुखमा लादै गर्दा फ्याट्ट लाईन जाने खान्कि मुखको सट्टा नाकमा छिर्ने त्यो दुरदशा हामिले भोगेका छौ ।प्रिन्ट हान्दा हान्दै गरेको कागज जन्मन लाएको बच्चा जस्तै आधा भित्र आधा बाहिर हुन्थ्यो । बिचरा त्यो कागज कसरी अड्किन्थ्यो । कागज जस्तै धेरै चिज अड्किन्थे बिजुली बिना । पढाइ लेखाइ, पकाइ ,खुवाइ काम गराइ सबै अन्योल बनाउथ्यो । कल्पना गरिए कै थिएन कि यो मुलुकमा २४ घण्टा बिजुली आउला भनेर ।

बिजुली हाम्रो इच्छा अनुसार होइन हामी बिजुली अनुसार परिबर्तित हुनु पर्ने थियो । बिजुली चोर जस्तै छक्काएर आउने हामि मुखदर्शक भएर हेर्ने बस्ने नियति कम ,पिडादायि र हास्यास्पद थिएन । तर म पहिलो पटक कोरिया टेक्दा अचम्मै लाग्यो के दिन के रात । पाच बर्षको बसाइमा एक पटक बिजुली गएको थाहा पाइएन । नेपालमा यसो आकाश गड्याङ गरे बिजुली गयो । सरर.. हावा चल्यो, पानी आयो बिजुली गै हाल्यो । तर प्राधिकरणका कर्मचारिले कुनै जानकारि दिदैनथे । कहाँ के भो कसरि गयो ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत माग छ ।भारतबाट समेत आयात गरिएको विद्युत समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै विद्युत आपूर्ति भइरहेको छ।कुशल व्यवस्थापन गरिएकै कारण प्रणालीमा कुल ४०० मेगावाट कमि छ तर चुहावट र सहि ब्यबस्थापनले अहिले २४ घण्टा झिलिमिलि पारिएको रहेछ ।

माथिल्लो मर्स्याङ्दी, हेवा खोलालगायत केही आयोजनाबाट हाल ४५ मेगावाट मात्रै विद्युत उत्पादन थप भएको छ । प्राधिकरणका अनुसार हाल भारतबाट करिब २८० मेगावाट आयात भइरहेको छ । निकट भविष्यमा नै थप २५० मेगावाट आयात गर्ने तयारी गरिएको छ  ।

एमाओवादि र काग्रेसको सयुक्त सरकार छ । देश बिकासका लागि जस्तो सुकै ठुलो जोखिम मोल्न तयार भएका उर्जा मन्त्री जनार्दन र उनकै पहलमा विद्युत प्रधिकरणका निर्देशन बनाईएका कुलमान घिसिनले काठमाण्डौ झिलिमिली बनाए। देश नै झिलिमिलि पार्ने अभियानमा लागेका उनिहरुको यो अभियानलाई मेरो सलाम छ ।
तर उनिहरुको देश झिलिमिलि पार्ने अभियानमा देशका लोडसेडिङहरु अबरोध बनिरहेका छन । विद्युत प्राधिकरणलाई कमाइको भाडो बनाएर, निश्चित ब्यक्ति र उद्योगलार्इ सस्तोमा बिजुली उपलब्ध गराउने , बिजुली चोर्ने र कमिसन खाने अपराधिहरुलाई कारबाहिको दायरामा ल्याउनु जरुरि छ।

सधै हामिले पढ्यौ । हामि संसारमै जलस्रोतमा दोस्रो धनी देश का नागरिक हौ । देशमा ८३ हजार मेगावट विद्युत निकाल्न सकिन्छ तर ४०.५० बर्षको समयमा मात्र ६ सात सय मेगावाट भन्दा विद्युत उत्पादन गर्न नसकिएको प्राधिकरणले बताउदै आएको छ । संभावना त यति सम्म छ कि बागलुङको एउटा खोलाबाट २ दर्जन बढि ठाउमा बिजुली निकालिएको छ ।यस्ता सम्भावना जति पनि छन तर अझै हामिलार्इ लगानी र अन्योलताले गाजिरहेको छ ।
विद्युत बेचेर हामी सम्वृद्द बन्न सक्छौ । केही समय अगाडि मात्र बंगालादेशले आफै लगानी गरेर आफै विद्युत किन्ने ठुलो प्रस्ताव गरेको कुरा सार्वजनिक भएको छ । यो प्रस्ताव कार्यान्वयनमा लगियो भने अर्बौं रकम नेपाल भित्रने छ ।त्यसैले यो प्रस्ताव जसरि पनि कार्यान्वयनमा लगिनु पर्छ ।

देशको पानी जनताको लगानी भन्ने सान्दर्भिक नारा मन्त्री शर्माले अगाडि सारेका छन । देशका केही नदि नाला र विद्युत उत्पादनका संभावना भएका स्रोत भारतिय कम्पनीले लोड गरेर राखेका छन् । केहि प्रोजेक्ट नेपाललार्इ घाटा पार्ने गरि लेङ्गरिङ गरिएका छन । देशको पानी नागरिकको लगानि हुने गरि ऐन ल्याउन लागिएको छ । यो पनि निकै सुखद समचार हो । सामान्य नागरिकले ढुक्क संग सक्ने जति लगानी गरि सुनिश्चित भबिस्य बनाउने अभियानमा सफल बनाउन नारा मात्र सिमित नराखि ब्यबहारमा लागू गर्नु जरुरि छ ।
देशमा धेरै नदि बगेको छ । त्यहा हाम्रो ठुला संभावना बगेर खेर गैरहेको छ । तर हामिले त्यो पैसा छोप्न सकिरहेका छैनौ । कि हामी देशमा बगेको पैसा टिप्न नसकेर मरुभूमिमा बालुवा चालिरहने बाध्यता छ। देशमा यति सम्भावना हामी गरिब । देशमा ८३ हजार मेगावाट को सम्भावना दृशमा २२ घण्टा लोडसेडिङ ?

देशको लोडसेडिङमा स्वार्थको फाईदा उठाएका प्राधिकरणका पुर्व एम डि र कर्मचारिहरुको कुकर्त्य ऊदांगिएको छ । कमिसनमा परि उद्योगलाई आधा बढि विजुली दिएर नागरिकलार्इ अध्यारो बनाएका अपराधीहरु आज पनि जनार्दन र कुलमानको यो अभियानको अबरोध बनिरहेका छन ।
देशमा असल नेतृत्वले सामान्य नागरिक प्रति जवाफदेहि बन्दा, सामान्य ब्यबस्थापनमा हेरफेर गर्दा ठुलो उपलब्धि हासिल हुन्छ भन्ने कुरा लोडसेडिङ अन्त्य प्रयासले पुष्टि गरेको छ ।यस्तै अन्य क्षेतत्रका गलत ब्यक्तिलाई फालेर उर्जाशिल र सक्षम नेतृत्वलार्इ काम गर्ने बाताबरण बनाउनु पर्छ ।

न त विद्युत प्राधिकरणको बिश्वास थियो नत विद्युतको । बिजुलीले नागरिकबाट बिश्वास गुमाएको थियो, । तर अहिले मन्त्री शर्मा , निर्देशक घिसिङ र सिंगो टिम देशलार्इ बिजुलिमय बनाउन लागिपरेका छन र क्रमिक रुपमा सफल भएका छन । सबै क्षेत्रले घिसिङ र यो समुहबाट सिकौ । सबैले जिम्मेवारी बहन गरौ देशलार्इ अहित हुन काम नगरौ ।
कुन‌ै एक दुई जना गतिलो मान्छे निर्णायक तहमा पुग्दा र सहि ब्यबस्थापन गर्दा यत्रो परिबर्तन सम्भव छ भने सबै कर्मचारिहरुले आफ्नो जिम्मेवारि पालना गरे कस्तो बन्दो हो देश । प्रश्न सरल तर गम्भीर छ । देशमा भएको चिजलार्इ सहि ब्यकस्थापन गरौ र नभएका चिजलार्इ खोजौ बिकास गरौ । देशका किजुली मन्त्री जनार्दन र कुलमान लाई सलाम छ।

हाल दक्षिण कोरियाबाट

[email protected]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...