सम्झना बन्छ
गजल
यादहरु गरेर सम्झना बन्छ
यहाँ कोइ मरेर सम्झना बन्छ
फक्रीनु फुल्नु झर्नुमा दोष कस्को
फुलहरु झरेर सम्झना बन्छ
भुली नसक्नु हुन्छ केही क्षण कठै
खोलाहरु तरेर सम्झना बन्छ
एकै ठाउँ रहन्न चल्छ घडीको सुइहरु
ठाउँहरु सरेर सम्झना बन्छ
दिन रहन्न त रात कसरी रहन्छ यहाँ
रातहरु परेर सम्झना बन्छ
फूल फूल्नुको त्यति याद नहोला कतै
बास्नाहरु छरेर सम्झना बन्छ
सुरमा गएर मिठास गित अनि धुनको
स्वरहरु खरेर सम्झना बन्छ
आहाले ३हर्दिया धनकुटा
हाल -दक्षिण कोरिया