सौल, मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयरमा आवेदनका लागि आगामी आइतबार अन्तिम दिन रहेको जनाएको छ। लिमिटेडले आगामी २५ (कृशमस)का दिन सुवन (एभरेस्ट रेस्टुरेन्ट) र थेगु ( तारा रेस्टुरेन्ट) मा आवेदन भर्न सकिने जनाएको छ ।
हाइड्रोमा लगानी गर्न थप युवाहरु इच्छुक भएकोले एक दिनको लागि आवेदन समय थपिएको आयोजना सम्पर्क ब्यक्ति बालकृष्ण त्रिपाठीले जानकारी दिए। जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लगानीकर्ताहरुलाई आग्रह गरेको छ।
दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा आयोजनाको निर्माण कार्य भईरहेको छ । हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटर बाटो लागि ट्रयाक खोल्ने कार्य सकिएको छ । सडक सुधारसंगै ड्याम क्यानल र पावर हाउस एकैपटक सुरु गरि आगामी २२ महिनामा सम्पन्न गरिने छ ।
विद्युत खरिद बिक्री सम्झौता (पिपिए ) र उत्पादन अनुमतिपत्र (पिडीए) जारी भइसकेको छ । २०७५ मंसिरसम्म राष्ट्रिय प्रसारणमा जोडिने उक्त आयोजनाको जगेड़ा शेयरमा आवेदन भर्नका लागि सम्पर्क ब्यक्तिहरु :-
सौल र् सुवन क्षेत्रका लागि -बालकृष्ण त्रिपाठी (०१०५९२७९५४३)
थेगुका लागि -नेत्र दुलाल (०१०७२६७६६२१)