Advertisement
SKIP THIS

क्रिसमस इभ


रंगिन बति चम्कि रहेका क्रिसमस ट्रि साइज साइजका छन् । कतै साना छन् कतै अलि अग्लो । चर्को आवाजमा नाइट डान्स क्लव र पपहरुमा गीतसंगीत बजेका छन् । सबै तिर गीत बज्दा शब्द बुझिदैन । चर्को संगीतको धुन मात्र सुनिन्छ । रातको नौ बजेको हुँदो हो ।
जोडाजोडी चप्किएर हिडेका छन् मानौ ती दुई ज्यान हुदै होइनन् । एक दुई जना जोडी नभाका पनि नशामा छन् आफ्नै दुनियाँमा । मान्छे नै मान्छे छ तर तिनलाई दुनियाँको बाल छैन । सडकमा हिड्नेहरु शान्तक्लजका लुगामा हिडेका छन् । धेरैले टोपी चाहि लगाएका छन् । जाडो काट्ने उपाय पनि त हो । म पनि यो मान्छे नै मान्छेको भिडमा छु । आफैलाई अलि असजिलो महसुस हुन्छ । जाडोले लगभग कमाएको छ । मसँग त्यसरी टाँसिएर हिड्न कोही छैन । न पिएर नशामै छु । तर मातिने रहर त छ कता कता के भएर हो डर पनि छ ।
अझ दोधारमा छु म नाइट क्लब तिर छिर्नु न कम्पनी फर्कनु ? एक मनले भन्छ सधै त्यही उराठ लाग्दो कोठामा कति जानु । बरु यही जाडो ठीक । कम्तिमा रमाइलो त देखिएकै छ । कम्पनी त फर्किन्न । बरु एक छिन यतै बसेर कफि पिउनु पर्छ कि के हो ? भरखर सम्म नाइट क्लव छिर्नु पर्यो भन्ने मन कफिले तान्यो । कफि पिउने ठाउँ खोज्छु । दुई पाइला नहिड्दै ठूलो अक्षरले स्टारवर्ग लेखिएको कफि सप देखिन्छ । अलि महंगै भए पनि कफि पिउँदै समय कटाउन सजिलो छ । त्यतै हानिन्छु ।
धत् कति साह्रै मान्छे हो । जता गए पनि खुट्टा राख्ने ठाउँ छैन । धेरैका जोडी जोडी बनेर बसेका छन् । कफि पिउँदा पिउँदै एउटीमा कसो नजर पर्यो । हेर्दा नेपाली झै देखिएर पनि मेरो ध्यान त्यता परेको हुनु पर्छ । नेपाली नहुन पनि सक्छ । हाम्रो जस्तै अनुहार भएका धेरै देशका मान्छे छन् । यसो हेर्छु, घुँडा छोपिने स्कर्टमा रातो चेक भेस्ट छ । डिसेम्बरको जाडोलाई छेक्न लामो ओभरकोट पनि छ । छोटा कपाललाई स्ट्रेट पारे झै सलक्क छोडेकी छे । न गारी न काली । आर्कषक छे ।
फुत्त एउटा केटा हातमा केही सामान बोकेर केटीको छेउमा उभियो । सरी भन्ने भाबमा आँखा जुधायो । अनि गालामा बिस्तारै किस गर्यो । केटीले कुनै प्रतिक्रिया दिइन । रिसाइकि के हो ? उसले केटीलाई हातको सामान दियो । उपहारै होला । केटीले टेबलमा राख्ने इसारा गरी । शायद केटीले कुर्न परेर रिसाको होला । म आफ्नो कफि भन्दा बढि ती दुईलाई हरिराख्छु । केटीले केही भनि । केटोको अनुहार कालोनिलो भयो । शायद केटी धेरै रिसाकि छे । तिनले बालेको केही बुझिएन कफि सपको मान्छेको हल्लाले । केटी जुरुक्क उठी । केटाले दिएको सामान टेवलमै छाडी र काउन्टरतिर गइ । कफिको पैसा तिरी । केटो टेवलको सामान टिपेर केटीको पछि लाग्यो । जता पनि यस्तै हो बिचारा केटाहरु । जोडी नभएकोमा ठीकै लाग्यो ।
…………..
एक महिना अघिदेखि क्रिसमस इभ मनाउने प्लान थियो । एक गु्रप थियौ । कति रातदिन खट्नु । कति पैसा पैसा भनेर कुद्नु । बल्ल बल्ल पाएको बिदालाई रमाइलो गर्नु पर्छ । सबैको सहमति थियो । कसरी मनाउने आआफ्नै प्लान थिए । रात भरी नै नाइट क्लव छिरेर रमाइलो गर्ने, हाइकिङ जाने, कोठैमा तास खेलेर नेपाली परिकार बनाएर खाने अनेक थिए । अन्त्यमा बाहिर नाइट क्लब छिर्दै रमाइलो गर्ने प्लान पास भो । मिले नोरेबाङ पनि जाउँला । कुरा मिल्यो । महंगो प्लान पास भो । कमिटेट साथीहरु थिए । रमाइलो होला भनेर मेरो सर्मथन नहुँदा नहुदै पनि हुन्छ भने ।
क्रिसमस इभको एक हप्ता अघि देखि साथीहरुले एउटा एउटा बहाना बनाउँदै क्यान्सिल गरौ प्लान भने । कसैले कता जानु पर्ने कुरा सुनाए । कसैले कम्पनीका कुरा सुनाए । एक गु्रपबाट म एक्लो भएँ । बालै भएन । म एक्लै भए पनि जान्छु । यस्तै सोचेँ । तर एक्लै सोचे जस्तो रमाइलो नहुने रहेछ । टन्न रेड लेभल, ब्लाक लेभल खाएर नाइट क्लवको रमाइलो होला भनेको कफि पिउँदै बस्न परेको छ ।

……………
भो नाइट क्लब नै छिर्छु । फेरी मन फेरियो ।
सिधै कफि सपबाट निस्किएर अलि कति हिडेँ । सडकमा हिडिरहेका मान्छे समाउँला झै गरेर आफ्नो नाइट क्लबका आउन आग्रह गरिरहेको शान्तक्लज छन् । क्लब अघि यसो उभिन नपाउँदै कोरियन मिसिएको टोनमा ‘कम कम सर’ केटी बोली ।
जाउँ कि नजाउँ एकै छिन उभिएको मलाई एउटीले फुत्त क्लवको ढोकाबाट निस्केर हातै समाइ ।
‘वइल कम सर । यु आर सो हान्डसम ।’ उसले मेरो बिदेशी अनुहार देखेर अंग्रजीमा बोली । शायद उसले कन्ठ गरेको शब्द पनि त्यति होला ।
‘थाङ्क्यू ।’ मैले भनेँ । चेपारे धसेर पैसा असुल्ने तरिका संसार भरि यस्तै रैछ ।
मलाई एउटा कुनाको टेबलमा पुर्याएर केटी गइ । तत्कालै फेरी अर्की आई । उसले कोरियनमै बोली । मैले बुझिन । तै पनि हजुर हजुर भने । मेरो ताल देखेर होला । उठी र यसो टाउको निहुँर्याएर हिडी । मलाई अलि सञ्चो भो । संसार भनेको यस्तो पो होला कसैलाई केही मतलब छैन । सबै आफ्नै नशामा छन् । जोडी हुने जाडी भैहाल्यो नहुनेको जाडी चाही नाइट क्लवकै केटीहरु छन् । सबैले स्वतन्त्रताको प्रयोग आफ्नै तरिकाले गरेका छन् । चर्को आवाजमा कोरियन गीत बजेको छ ।
‘के पिउनु हुन्छ ?’ फेरी अघि कै केटी अंग्रजीमा बोल्छे ।
‘वियर ।’ म एकै शब्दमा भन्छु ।
‘म पनि पिउँछु है ।’ तँपाईसँगै बसेर ।
हुन्छको भाबमा म टाउको हल्लाउँछु ।
‘अरु केही ?’
‘भयो त्यति नै ।’ म भन्छु । केटी जान्छे । एकै छिनमा फिँजले भरिएको दुईटा बियरको गिलास बोकेर फर्कन्छे । मेरी ठीक अघिल्तिर बस्छे । मलाई एउटा गिलास दिन्छे । गिलास बोकेपछि गिलास ठोक्काउँछे । कोरियन भाषामै चियर्स भन्छे ।
‘आज तँपाईलाई अरु सेवा चाहिन्छ ?’ केटी सोध्छे ।
‘अरु सेवा ?’ म थोरै बुझ्छु तर कन्फर्म हुन सोध्छु ।
‘हजुर ।’ ऊ उत्तेजित भएको देखाउँदै मलाई छुन्छे ।
‘भैगयो ।’ म फिँज भएको बियर सासै नफेरी पिउँछु ।

………..
जाडोले मुटु नै कमाएको छ । टोउको र ज्यान चरक्क चरक्क गर्दै दुखेको छ । वरी परि हेर्छु । क्रिसमस ट्रिको बत्ति बलेकै छ । मान्छे फाट्ट फुट्ट हल्लिदै हिडेका छन् । चर्का गीतसंगीत बन्द भएको छ । शान्त छ । फोहोरको थुप्रो सडक भरि छन् । म सडककै सानो पेटीमा पो छु । जसो तसो उठ्छु । खुट्टा ठीक ठाउँमा टेकिदैन । हल्लिदै ट्याक्सी खोज्छु । बल्ल बल्ल भटिन्छ । कोठामा पुग्छु । पैसा दिन पर्स निकाल्छु । पैसा छैन । हिजो भरखर त पाँच लाख वन निकालेको । पचास हजारको दसवटा नोट । कता खस्यो होला । म कार्ड झिकेर दिन्छु । ऊ कार्डमा पैसा नभएको सुनाउँछ । बीस तारिखमा त हो तलब आएको । कसरी नहुने ? विस्वासै हुँदैन । साथीलाई उठाउँछु । ट्याक्सिको पैसा माग्छु अनि ट्याक्सीलाई दिन्छु । यसो घडि हेर्छु बिहानको साढे छ भएछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...