कोरियामा फैलिएको बर्ड फ्लूले हालम्म २२ लाख भन्दा बढी कुखुरा सखाप
फोनिज कोरिया संवाददाता
सउल,
दक्षिण कोरियामा हाल फैलिरहेको बर्ड फ्लूले (पंक्षीबाट फैलिने रोग) हालसम्म २२.५ लाख भन्दा बढी कुखुरा र हासहरु मारिसकेको बर्ड फ्लू नियन्त्रण अधिकारीहरुले बताएको छ । कोरियन संचारमाध्यमहरुले उल्लेख गरेअनुसार नोभेम्बर ६ तारिखदेखि फैलिएको यो रोगका कारण कुल संख्याको १५ प्रतिशत कुखुराहरु मारिएको अधिकारीहरुले शनिबार बताएका छन् ।
देशभर कुखुरा र हाँसका फर्महरु तहसनहस गर्नुका साथै भाइरस प्रतिरोधक औषधीको प्रयोग गर्दै बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । दैनिक २ लाख भन्दा बढी कुखुरा मार्ने योजना बनाएको कृषी मन्त्रालयका खाद्या तथा ग्रामिण मामिला हर्ने अधिकारीले बताएका छन् ।
कोरियाका राजधानी सियोलको ४ सय २० किलोमिटर टाडा दक्षिणी भागमा अवस्थीत एक कुखुरा फर्ममा पहिलो पटक यो रोग देखिएको थियो । कोरियामा पहिला फैलिएको बर्ड फ्लूको H5N6 नामक भाइरस भन्दा यसपाली अत्यधिक कडा छिटो सर्न सक्ने H5N8 नामक इन्फलुन्जा भाइरस भेटिएको छ । जसमा नियन्त्रणमा कठिनाइ भइरहेको अधिकारीहरुले बताएका छन् ।
देशभरका कुखुरा र हाँसका फार्महरुलाई बर्ड फ्लूले असर पारेपछि कोरियाको बजारमा कुखुराको मासु र अण्डामा अभाव देखिन थालेको छ । बजारमा माग पुर्तीको लागि विदेशबाट आपुर्ती गर्दै आएका छन् । जसका कारण मूल्र्यमा समेत बृद्धी भएको छ । चिडियाखाना समेत बन्द गरिएको छ ।