२५ डिसेम्बर
कबिता
बुढि रुख,
युगौँदेखी उभिएर त्यो आगानमा,
आफ्नै अगाडिको बूढो भबनको,
कुचिएको मुहार हेरेर,
बसन्तहरु काटिरहि,
काट्न त कटिन् कयौँ बसन्तहरु,
कहिले सानी बच्ची भएर काटिन्,
कहिले किशोरी भएर काटिन्,
कहिले तरुनी भएर काटिन्,
काटिन् कयौँ रुपहरु,
कयौँ बसन्तहरुमा कयौँरुप,
तर,
हिजो मात्र,
त्यो बजारको चर्च ढले पछि,
बजारका मान्छेहरु,
चढेर उकालाहरु,
सजाईन् ती बुढी रुख र बूढो भबनलाई,
बुढी रुखको,
चाउरीएका ती बोक्राहरु फालिए,
सुकेका कपालहरु काटिए,
झिमिकझिमिक झिम्किने ती,
रङ्गिन आँखे बतिहरु जोडिए,
र सिङ्गारिए बेहुलिलाई जस्तै,
बुढी रुख बुढेसकालको दुलहिमा सजिए,
सजाए त्यो बूढो भबनलाई पनि,
अनेकौँ रङ्गिन ध्वाजाहरुले,
सजिए बूढो भबन,
दुलाहाको भेसमा,
मान्छेहरु तिनै भबन मुनि,
भजन गाउँदै थिए,
चिच्याउदै थिए,
रङ्गिन मान्छेहरु,
रङ्गिएर,
25 Dec का दिन,
मान्छेहरु त कृसमस मनाउदै थिए,
तर बूढो रुख र बूढो भबन भने,
आफ्ना जिबनका महोत्सब मनाउदै थिए।