फोनिज कोरिया सम्वाददाता
सौल, प्रवासी नेपाली मन्च ( ONF ) दक्षिण कोरियाले सल्नालको अवसरमा यहि आउदो जनवरी 29 मा आयोजना गर्न लागेको ” राष्ट्रिय एकता , समृद्धि र स्वाभिमान : सविधान कार्यान्वयन हाम्रो अभियान ” नामक बृहत अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्न पुर्व सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य लाल बाबू पण्डित कोरिया आउन लागेका हुन।
नेपालमा संविधान संसोधन कि कार्यान्वयन भन्नेमा बहस तीब्र भैरहेको बेला ONF ले यो कार्यक्रम आयोजना गर्नु र नेता पण्डित कोरिया आउनुलाई अर्थपूर्ण रुपमा यहाका नेपाली समुदायले लिएका छन । मन्त्री पदमा रहदा राष्ट्रियताको पक्षमा लिएको अडान र आफ्नो स्वच्छ छवि एवं सादा जीवनको लागि उनी सम्पुर्ण नेपाली माझ लोकप्रिय नेताका रुपमा चिनिन्छन।
कार्यक्रम राजधानी सौलदेखि नजिकै रहेको हेवामा गर्न लागिएको र आवस्यक सम्पुर्ण त्यारी पूरा भएको महासचिव शिवलाल पन्थीले जानकारी दिए। त्यस्तै यहाँ रहेका सम्पुर्ण श्रमिक वर्ग , समाजसेवी , बुद्धिजीवी , विद्यार्थी , व्यवसायी सबैलाइ कार्यक्रममा उपस्थित हुनको लागि कावा अध्यक्ष मीना थापाले अनुरोध गरेकी छन।