गुल्मी हर्मिचौर समाज कोरियाद्धारा शैशिक सामाग्री सहयोग
फोनिज कोरिया संवाददाता
सउल
रोजगारिको सिलसिलामा दक्षिण कोरिया रहेका गुल्मी हर्मिचौरका नेपालीहरुले आफ्नो जिल्लाका ५ वटा बिधालयमा खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । कोरियाबाट पठाएका शैक्षिक सामग्रीहरु विहीबार विद्यालयमा हस्तान्तरण गरिएको थियो ।
गुल्मीका हर्मिचौर उ.मा.बि. हर्मिचौर , देउराली मा.बि. हर्मिचौर ,गुल्मी ने. रा. देवलपुर नि .मा. वि गिदुवा ,गुल्मी सरस्वती प्रा.बि. दिहिङ , गुल्मी
हर्मिचौर प्रा.बि. टापु भर्दालकोट , गुल्मीमा विद्यालयका प्रतिनिधीहरुलाई सामग्री हस्तान्तरण गरिएको थियो ।
कोरिया बसाईमा आइपर्ने समस्या समाधान , विकल्पको खोजी, समन्वय र सकारात्मक कामको लागि एकजुट भई संगठित भएका छन् ।
स्थापनाको छोटो समस्यमै आफुहरुले अध्यन गरेका ५ ओटै गा,बि,सका स्कुलमा खेलकुदका सामाग्री भलिबल , चेस , ब्याडमिन्टन तथा बाल सामाग्रीहरु वितरण गरिएको थियो ।
तेस्तै शैक्षिक सामाग्री अन्तरगत मन्टेस्वरी विधि अनुसार आबस्यक पर्ने केही सामग्री , सामान्यज्ञान का पुस्तक अन्य विषयगत जानकारिका पुस्तकहरु वितरण गरिएको थियो ।
संगठनको संरक्षनमा यम बहादुर राना रहेका छन भने अध्यक्ष भरत पान्डे रहेका छन् । साप्ताहिक रुपमा अनलाइन बैठक बसि सबै सदस्यको विवरण र स्थिति बारे समुहीक छलफल गरिन्छ । आर्थिक स्रोत को रूपमा सदस्यबाट मान वोन जम्मा गर्दै आएका छन।