दक्षिण कोरियामा २०१६ मा २१ नेपालीले ज्यान गुमाए


सिउल,
दक्षिण कोरियामा विभिन्न शिलशिलामा रहेका नेपालीहरुमध्ये सन २०१६ मा विभिन्न कारणाले २१ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा बढी ७ जनाले आत्माहत्या गरेको सउल स्थित राजदूताबासको तथ्यकंमा उल्लेख छ । त्यस्तै औधोगिक दुर्घटनामा परी ज्यान गुुमाउनेको संख्या ५ रहेको छ ।

दूताबासद्धारा प्राप्त तथ्यकं अुनसार अज्ञात (सुुतेकै अवस्थामा) मृत्यु हुनेको संख्या ४ जना रहेको छ भने सडक दुर्घटना ( कार एक्सीडैन्ट )मा परी २ जनाको ज्यान गएको छ । त्यस्तै बैवाहीक भिषामा आएका दुई महिलाको रोगका कारण मृत्यु भएका छन भने एक जना इपिएस कामदारको हृदयघातका कारण मृत्यु भएको तथ्यकंमा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी संख्यामा रहेको आत्मा हत्यागर्ने मध्ये एक जना व्यावसायी थिए भने बाँकी ६ जना इपिएस मार्फत काम गर्न आएका कामदार हुन् । मृतकको संख्यामा गत वर्ष भन्दा यो वर्ष कमी देखिएको छ । तर आत्माहत्या गर्नेको संख्यामा गत वर्ष झै यो वर्ष पनि अग्रस्थानमा छ । औधोगिक दुर्घटना भने गत वर्ष भन्दा यो वर्ष बढेको पाइएको छ ।

यो वर्ष कोरियामा मृत्यु हुने महिलाको संख्या ३ जना रहेको छ । जसमा एक जना इपिएस कामदार गोरखाकी सृजना पन्तको कोरिया आएको चार महिनामै कुखुराको मासु पेल्ने मेसिनमा परेर निधन भएको थियो । अर्को पेपर म्यारिज भिषामा आएका डोल्मा शेर्पा बोनम्यारो रोगका कारण लामो समय उपचार पछि निधन भएको थियो । त्यस्तै बैवाहिक भिषामा करिब ३ वर्ष अघि कोरियन नागरिकसंग विवाह गरी आएकी जेजु दोकी लाक्पा नामकी एक महिलाको क्यानसरको कारण मृत्यु भएको थियो ।

गत वर्ष २०१५मा मृत्यु भएका २३ जना मध्ये आत्माहत्या गर्नेको संख्या ९, औधोगिक दुर्घटना ४, हृदयघात ४ , अज्ञात (सुतेकै अवस्थामा ) २, सडक दुर्घटना २ , एचआइभि प्रभावित एक जना र एक जनाको नेपाली द्धारा नै हत्या भएको थियो ।

कोरियामा इपिएसबाट काम गर्न आएका कामदारहरुमा आत्माहत्या गर्नेको संख्या बढ्दो छ । यसबारे सउल राजदूताबासका श्रम सहचारी देवराज ढकालले कोरिया आउने उच्च शिक्षा हासिल गरेका युवाहरु सोचे जस्तो काम गर्ने वातावरण नमिलेपछि मानसिक तनाबको शिकार हुने गरेको बताउनुहुन्छ । साथै नेपालमा सौलियतपूर्ण काम गरिरहेका युवाहरु तथा कामै नगरैका किशोर यहाँ आएपछि कडा मेहनतसाथ छिटो र लगातार काम गर्नुपर्ने वातावरणमा भिज्न कठिनाइ पर्छन् । यसका बाबजुद पनि साहुबाट रुखो व्यवहार भएपछि युवाहरुमा मानसिक तनाबका कारण आत्माहत्या गर्ने गरेको श्रम सहचारी ढकालको विश्लोषण रहेको छ ।

त्यस्तै नेपालका परिवारबाट पनि अनावश्वक तनाब दिइ पारिवारीक सन्तुलन नमिलेपछि युवाहरुले आत्माहत्या गर्ने गरेको पाइएको श्रम सहचारी ढकालले बताउनुभयो । कति युवाहरुले फोनमा रुदै आप्mनो समस्या बताउने गरेको र साहुले कुटपिट गरेता पनि प्रमाण पेश गर्न नसक्दा कानुनी उपचार पाउनु नसकेको गुनासो आफूलाई सुनाउने गरेको ढकालको अनुभव छ ।

पछिल्लो समय औधोगिक दुर्घटना बढ्नुमा कम्पनीको लापरवाही रहेको श्रमसहचारी ढकालले बताउनुभयो । घटनालाई अध्ययन गर्दा धेरै जसो कामदारहरु औजार सफा र मर्मत गर्नेक्रममा दुर्घटनामा परेको पाइएकोले नयाँ कामदारलाई प्रशिक्षित नगरी यस्ता काममा लगाएर कम्पनीले लापरवाही गरेको उहाँले विश्लेषण गर्नुभयो । सम्भावित खतराई अंकीत गरी दुर्घटना हुनुभन्दा अगाडी नै सूचित गरिने साइरन जस्ता प्रावधानको व्यवस्था गरी कम्पनीले सुरक्षित तरिका नअपनाइएको श्रम सहचारी ढकालले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...