कोरियामा नविन राईको श्रद्धाञ्जलीसभा गरिने
फोनिज कोरिया संवाददाता
सउल
किरात राई यायोक्खा र झापा मिलन समाजले संयुक्तरुपमा दुई हप्ता अघि गत कोरियामा निधन भएका नविन राईको श्रद्धाञ्जलीसभा यही आइतबार जनवरी ८ तारिख सउलको नेपाल हाउसमा गर्ने भएका छन् ।
इपिएस कामदारको रुपमा कोरिया आएका राईको डिसेम्बर २३ तारिख शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घनमा परी अचानक निधन भएको थियो । मृतक राई झापा जिल्ला शान्तिनगर २ का बासिन्दा हुन् । २३ वर्षिय राई ३० महिना अघि कोरिया आएका थिए ।
श्रद्धाञ्जलीसभामा मृतक राईका आफन्त, साथी , शुभचिन्तक साथै विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत इच्छुकलाई उपस्थित भइदिनुहुन किरात राई याक्थुम चुम्लुइ०का अध्यक्ष बालकृष्ण बान्तवाले अनुरोध गर्नुभएको छ ।
कोरियामा अचानक निधन भएका मृतकहरुको सम्बन्धीत जातिय तथा क्षेत्रिय संघसंस्थाहरुले विगतमा पनि श्रद्धाञ्जलीसभा गर्दै आएका छन् ।