नयाँ शक्ति पार्टीका नेता द्वय देबेन्द्र पौडेल र शंकर भण्डारी कोरिया आउने
सोल, नयाँ शक्ति पार्टीका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल र प्रबाश प्रादेशिक समितिका सह-सम्योजक शंकर भन्डारी कोरिया आउने भएका छन् ।
नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कोरियाले आयोजना गर्न गैरहेको प्रथम अधिबेशनलाई सम्बोधन गर्न नेताद्वय कोरिया आउन लागेका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले यहि जनवरी २९ तारिकका दिन भब्य रुपमा सौलमा आफ्नो प्रथम अधिबेशन गर्न गैरहेको छ । गत जेठ ३० गते औपचारिक रुपमा पार्टी घोषणा पश्चात् कोरियाले प्रथम अधिबेशन समेत गर्न लागेको हो ।
अधिबेशनलाई सफल पार्नको लागि सबै तयारी अन्तिम चरणमा पुगेको सम्योजक हेमन्त पुनले बताएका छन भने कार्यक्रम याक्सु स्टेसनको लाइन नम्बर ३ को गेट नम्बर ५ बाट निस्के पछि छन्सोन्यङ्ग सुर्यन्क्वाङ हलमा कार्यक्रम हुने भएको छ ।
कोरियामा रहनु भएका बुद्दिजिबी,व्यापारी,विभिन्न संघ सस्थाका पदाधिकारी, मजदुर, बिध्यार्थी पत्रकार सबैलाइ हार्दिक निमन्त्रणा गर्दै उपस्थित जनाउनको लागि अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले बिनम्र अनुरोध समेत गरेको छ ।