सउलमा यही आइतबार जात्रा लाग्ने, बैंकको खाता पनि खोल्न पाइने
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियाको राजधानी सउलमा आगामी आइतबार (जनवरी १५ तारिख ) नेपाली कथानक चलचित्र जात्रा प्रदर्शनी गरिने भएको छ । हाँख्य कलाकारलाई समेत हसाउन सफल नेपालमा सफल्तापूर्वक चलिरहेको चलचित्र जात्रा कोरियामा पनि हेर्न पाउने अवसर जुटाएको छ पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ।
आपतकालिन राहत कोष स्थापनार्थ कल्याणकारी कार्यको लागि सो चलचित्र कोरियामा प्रदर्शन गर्न लागिएको शाखाले जनाएको छ । कोरियाको भुसान, थेगु छिन्जु लगायतका विभिन्न शहरमा प्रदर्शन भइसकेका चलचित्र जात्राका दर्शकले हप्ताभरीको थकान मेटाउदै पुर्ण मनोरञ्जन दिलाउन चलचित्र सफल भएको प्रतिक्रिया दिएका छन् ।
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र जात्रालाई शतकोन आर्टस प्रोडक्सनले प्रस्तुत गरेको हो ।रविन्द्र सिंह बानियाको मुख्य लागनी रहेको चलचित्र जात्रामा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, वर्षा राउत, प्रेक्ष बज्रचार्य, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ ।
सोही अवसरमा ग्लोबल आइएमइ बैंक को खाता पनि खोलिने छ । कोरियामा हाल सेवा विस्तार गरिरहेका सो बैंकका खाता खोल्न इच्छुकले २ प्रति पास फोटो , राहदानी र एलाइन कार्ड लिएर आउनुपर्ने ।
मुद्यती खाता खोलेमा नेपालका क वर्गका कमर्शियल बैंकहरुमध्ये सबैभन्दा बढी ८.५ प्रतिशत व्याज उपलब्ध गारउदै आएको कोरिया प्रतिनिधी नविन सुवेदीले जानकारी गारउनुभयो ।
चलचित्र प्रदर्शन गरिने स्थान र मिति निम्न अनुसार रहेको छ
स्थान :- जोग्येसा गुम्बा हाल , सउल
मिति :- २०१७ जनवरी १५ तारिख आइतबार
समय :- अपराहन्न १२ बजे
पुग्ने तरिका लाइन नं. १ को जोंगाक स्टेशन, गेट नं. बाट २०० मिटर अगाडी