दोहोरी
कविता :
देख्दैछु,
नेताजीहरू सदनमा
गोटीजीहरू सामाजिक सञ्जालमा
दोहोरी खेल्दैछन्।
हेर्दै छु तमासा,
कहिले सदन तातेको
कहिले सडक बलेको।
के हुँदै छ,
अहँ, कसैलाई पनि थाहा छैन।
तर पनि,
के देखेर हो कुन्नि
कुकुरहरू भुक्दैछन्।
कहिले काँही त भुक्ने कुकुरहरूलाई
प्वाक्क ढुङ्गाले हानेर जिस्काउन मन लाग्छ।
तर सोच्छु,
ढुङ्गाले हानेर बसियो भने त
भुक्ने कुकुर र ढुङ्गाले हान्ने कुकुरमा
के नै फरक हुने भयो र!
अनि चुपचाप आफ्नो बाटो हिड्छु।
सम्झदा पनि हाँसो लाग्छ,
कुकुरहरूको झगडामा जित्ने पनि
कुकुर नै त हो नि!….